Advertisement

Day: २०८२ असार १०, मंगलवार २०:५७

सदरमुकाम चैनपुरबाट अवैध सामग्री बोकेको ट्रक गन्तव्यतर्फ हिँड्नै लाग्दा नियन्त्रणमा

सदरमुकाम चैनपुरबाट अवैध सामग्री बोकेको ट्रक गन्तव्यतर्फ हिँड्नै लाग्दा नियन्त्रणमा

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ— जिल्लाको सदरमुकाम चैनपुरबाट अवैध रूपमा विभिन्न सामग्री बाहिर लैजान खोजिएको एक ट्रक नियन्त्रणमा लिइएको छ । जिल्ला प्रशासन कार्यालय र सुरक्षाकर्मीको संयुक्त टोलीले आज साझ चैनपुरस्थित एक गोदामबाट गन्तव्यतर्फ लैजाँदै गर्दा पुरानो बसपार्क क्षेत्रबाट मल्ल सप्लायर्सको  ना. १ ख १५१५ नम्बरको  ट्रकलाई नियन्त्रणमा लिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी (सीडीओ) सत्यकुमारी जोशीका अनुसार ट्रकमा न्यून गुणस्तरको मदिरा, ड्यु, ट्युबर, ठेल्ला, सुकुटी लगायतका सामग्री राखिएको थियो। प्रहरी स्रोतका अनुसार, बरामद सामग्रीको परीक्षण र स्रोत पहिचानका लागि आवश्यक अनुसन्धान सुरु गरिएको छ। गोदाम सञ्चालक र संलग्न व्यक्तिहरूबारे पनि खोजी भइरहेको जनाइएको छ। जिल्ला प्रशासनले यस्ता अवैध कारोवारविरुद्ध निगरानी कडा पारिएको बताएको छ।...
मष्टा गाउँपालिका वाडा न -४ मा विकास र पारदर्शिताको संयोजन: अध्यक्ष एवं प्रवक्ता उत्तम जोशी

मष्टा गाउँपालिका वाडा न -४ मा विकास र पारदर्शिताको संयोजन: अध्यक्ष एवं प्रवक्ता उत्तम जोशी

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
बझाङ, मष्टा – मष्टा गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता उत्तम जोशीको नेतृत्वमा स्थानीय स्तरमा विकास निर्माणका काम तीव्र गतिमा अघि बढिरहेका छन्। सुशासन, पारदर्शिता र जनउत्तरदायित्वमा विशेष जोड दिँदै जोशीले वडा र गाउँपालिकाको दुबै तहमा सक्रिय भूमिका निर्वाह गरिरहेका छन्। अध्यक्ष जोशीको नेतृत्वमा वडा नं. ४ मा पछिल्लो दुई वर्षमा सडक विस्तार, योजना, शिक्षा सुधार, स्वास्थ्य सेवा सुदृढीकरण, तथा कृषि प्रवर्द्धन जस्ता कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन भएका छन्। शिक्षा क्षेत्रमा, विद्यालय भवन मर्मत, शैक्षिक सामग्री वितरण तथा छात्रवृत्ति कार्यक्रमहरू मार्फत अध्ययनलाई प्रेरणा दिइएको छ। स्वास्थ्य क्षेत्रमा, नियमित स्वास्थ्य शिविर, सुत्केरी भत्ता वितरण, र औषधि सहज पहुँचको लागि स्थानीय स्वास्थ्य चौकी सशक्त बनाइएको छ। कृषिमा, किसानलाई उन्नत बीउ, मल र प्रविधिमैत्...
खप्तड छेडेदह गाउँपालिकामा एम्बुलेन्स र जेसिभीको पूजा सम्पन्न, सेवा विस्तारमा नयाँ गति

खप्तड छेडेदह गाउँपालिकामा एम्बुलेन्स र जेसिभीको पूजा सम्पन्न, सेवा विस्तारमा नयाँ गति

Breaking News 2, ताजा अपडेट, दैनिक, बाजुरा, मुख्य समाचार, सुदूरपश्चिम
बाजुरा — बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज एक विशेष समारोहका साथ नयाँ एम्बुलेन्स र जेसिभी (JCB) को पूजा तथा उद्घाटन सम्पन्न गरिएको छ। गाउँपालिकाले सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्यले यी दुई महत्वपूर्ण सवारी साधन सञ्चालनमा ल्याएको हो। कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षहरू, स्थानीय जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। विधिपूर्वक पूजापाठ गरी एम्बुलेन्सलाई स्वास्थ्य सेवा तथा जेसिभीलाई भौतिक पूर्वाधार निर्माणका लागि सञ्चालनमा ल्याइएको घोषणा गरियो। गाउँपालिका अध्यक्ष दिल बहादुर रावत ले कार्यक्रममा बोल्दै भने, "हामी गाउँपालिकालाई आत्मनिर्भर, सुव्यवस्थित र सेवा–मुखी बनाउन लागि परेका छौं। आजबाट सञ्चालनमा ल्याइएको एम्बुलेन्सले दुर्गम बस्तीका नागरिकलाई आपत्कालीन स्वास्थ्य सेवामा सहज पहुँच दिनेछ ...
देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेकोले अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थान र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशसहित देशका पहाडी भूभागहरूमा सामान्य बदली रहनेछ भने अन्य भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ। यस क्रममा कोशी र बागमती प्रदेशका केही स्थान तथा अन्य प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना पनि छ। कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षासहित हिमपात हुन सक्ने देखिएको छ। अन्य प्रदेशका उच्च पहाडी र हिम...
दार्चुलामा हावाहुरीले विद्यालयको छाना उडाएको दुई वर्ष, मर्मत अझै बाकी

दार्चुलामा हावाहुरीले विद्यालयको छाना उडाएको दुई वर्ष, मर्मत अझै बाकी

Breaking News 1, ताजा अपडेट, दार्चुला, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
दार्चुला- जिल्लाको शैल्यशिखर नगरपालिका–७ मा रहेको भैरवनाथ आधारभूत विद्यालयको पठनपाठन हावाहुरीले उडाएको छाना दुई वर्षसम्म मर्मत नहुँदा गम्भीर रूपले प्रभावित बनेको छ। विद्यालय भवनको छाना, ढोका र झ्याल विहीन अवस्थाले बालबालिकालाई सुरक्षित र सहज वातावरणमा पढ्न नदिएको स्थानीयको गुनासो छ। दुई वर्ष अगाडि हावाहुरीले विद्यालयको छाना उडाएपछि हालसम्म मर्मत सम्भार हुन नसकेको हो। सम्बन्धित निकायबाट आवश्यक बजेट विनियोजन नहुँदा समस्या झनै चुलिएको विद्यालय प्रशासनले जनाएको छ। कक्षा कोठामा डेस्क–बेञ्चको समेत अभाव हुँदा बालबालिकाहरू कार्पेटमा बसेर पढ्न बाध्य छन्। “विद्यालयमा न त बस्ने कुर्सी छ, न छाना, न त ढोका नै। बच्चाहरू असुरक्षित र कष्टकर अवस्थामा पढिरहेका छन्,” एक अभिभावकले भने। विद्यालय २०६८ सालमा स्थापना भएको हो। हाल विद्यालयमा कक्षा ३ सम्म पढाइ हुँदै आएको छ। कागजमा विद्यार्थी संख्या ३४ जना रहे...
विद्युत् लाइन काटिएपछि अछामका बालबालिका सडकबत्तीको उज्यालोमा पढ्न बाध्य

विद्युत् लाइन काटिएपछि अछामका बालबालिका सडकबत्तीको उज्यालोमा पढ्न बाध्य

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
अछाम- अछामको बान्नीगढी जयगढ गाउँपालिका–६ दर्ना गाउँमा नेपाल विद्युत् प्राधिकरणले लाइन काटिदिएपछि बालबालिकाहरू सडकको सोलार बत्तीको सहारामा पढ्न बाध्य भएका छन्। स्थानीय विद्युत् समितिले ४२ लाख रुपैयाँ प्राधिकरणलाई तिर्न बाँकी रहेपछि प्राधिकरणले करिब ६६५ घरधुरीको लाइन काटेको हो। स्थानीय स्तरमा विद्युत् व्यवस्थापनका लागि गठन गरिएको समितिले नेपाल विद्युत् प्राधिकरणसँग तीन महिनाको करार सम्झौता गरी वितरण गर्दै आएको थियो। सम्झौता अनुसार ग्राहकले प्रतियुनिट १५ रुपैयाँ तिर्ने, जसमध्ये १२ रुपैयाँ प्राधिकरण र ३ रुपैयाँ समितिका कर्मचारी खर्चमा छुट्याउने सहमति थियो। बत्ती मात्र बाल्ने ग्राहकका लागि भने मासिक २५० रुपैयाँ लिने व्यवस्था गरिएको थियो। तर, प्राधिकरणको टीओडी मिटरमा देखिएको वास्तविक खपतअनुसार महसुल उठ्न नसक्दा समिति घाटामा गयो र बक्यौता ४२ लाख पुगेपछि प्राधिकरणले विद्युत् सेवा बन्द गर्‍यो...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज