Advertisement

Day: २०८२ बैशाख ११, बिहीबार १९:०५

डिएसपी भट्टको रक्तदानले सुत्केरीको ज्यान जोगियो, छोराको जन्मले परिवारमा खुसी छायो

डिएसपी भट्टको रक्तदानले सुत्केरीको ज्यान जोगियो, छोराको जन्मले परिवारमा खुसी छायो

समाचार
उत्तमकुमार थापा | बझाङ बझाङ जिल्ला अस्पतालमा उपचाररत बुङगल नगरपालिका–७ की मदरा जाग्रीको ज्यान डिएसपीको सहायताले जोगिएको छ। अप्ठ्यारो अवस्थामा पुगेकी सुत्केरीलाई सशस्त्र प्रहरी बल नेपाल बझाङका डिएसपी दुर्गाप्रसाद भट्टले रक्तदान गरी जीवनदान दिएका छन्। गाउँकी दुर्गम बासिन्दा जाग्री हालसम्म सात सन्तानकी आमा भइसकेकी छन्, जसमध्ये दुई छोरीको बाल्यकालमै मृत्यु भइसकेको छ। पछिल्ला केही दिनदेखि बझाङ जिल्ला अस्पतालमा छटपटाइरहेकी जाग्रीलाई चिकित्सकले तत्काल रगत आवश्यक भएको बताएपछि उनका श्रीमान् निकै तनावमा थिए। जिल्ला अस्पतालका प्रमुख डा. नवराज जोशीले ढाडस दिए पनि उपयुक्त रक्तदाता तत्काल भेटिँदैन भन्ने त्रास थियो। त्यही क्रममा उनका श्रीमान्ले डिएसपी भट्टलाई सम्पर्क गरेका थिए। संयोगवश, डिएसपी भट्टको रगत समूह ‘ए पोजेटिभ’ भएकाले तुरुन्तै रक्तदानका लागि अस्पताल पुगे। रक्तदानपछि डा. जोशीको नेतृत...
बझाङको बित्थडचिरमा प्रथम “जय नेपाल वडा अध्यक्ष कप २०८२ हुँदै, युवाको प्रतिभा उजागर गर्ने उद्देश्य

बझाङको बित्थडचिरमा प्रथम “जय नेपाल वडा अध्यक्ष कप २०८२ हुँदै, युवाको प्रतिभा उजागर गर्ने उद्देश्य

Breaking News 1, खेलकुद, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा प्रथम जय नेपाल वडाध्यक्ष कप २०८२ हुने भएको छ। बित्थडचिर गाउँपालिका वडा नं. ९ को आयोजनामा “जय नेपाल वडा अध्यक्ष कप २०८२( खुल्ला वडा स्तरीय पुरुष क्रिकेट प्रतियोगिता) हुने भएको हो । सामाजिक सद्भाव, सहकार्य र युवाहरूको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगिताका विजेताहरूलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामा प्रथम हुने टिमले ५१ हजार १ सय ५१ , ट्रफी मेडल र प्रमाणपत्र र ,द्वितीय टिमले नगद २५ हजार १ सय ५१ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने वडाध्यक्ष तथा प्रवक्ता हरिचन्द्र जोशीले जानकारी दिए । साथै, उत्कृष्ट खेलाडी, बलर, ब्याट्सम्यान, फिनिसर तथा उदाउँदो खेलाडीलाई पनि नगद पुरस्कार दिइनेछ। प्रतियोगिताका लागि टिम दर्ता शुल्क  ५ हजार तोकिएको छ, भने टिम दर्ताको अन्तिम मिति बैशाख १५ गतेसम्म रहेको छ। खेलमा टेन्स ...
घोडाघोडी नगरपालिका टनकपुरमा बस र ट्र्याक्टर ठोक्किँदा १३ जना घाइते

घोडाघोडी नगरपालिका टनकपुरमा बस र ट्र्याक्टर ठोक्किँदा १३ जना घाइते

समाचार
  कैलाली, बैशाख ११। कैलालीको घोडाघोडी नगरपालिका–२ टनकपुरमा पूर्व–पश्चिम राजमार्गमा बस र ट्र्याक्टर ठोक्किँदा १३ जना यात्रु घाइते भएका छन्। आज बिहान करिब ६:२५ बजे पूर्वबाट पश्चिमतर्फ गइरहेको बसले ट्र्याक्टरलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ। दुर्घटनामा सुदूरपश्चिम यातायातको काठमाडौंबाट बझाङ जाँदै गरेको (ना.प्र. ०१००१ ख ३३८५) नम्बरको बस र सोही दिशातर्फ गइरहेको (ना.प्र. ०१००२ त ४६४०) नम्बरको ट्र्याक्टर एकआपसमा ठोक्किएका थिए। बस बझाङको बित्थडचिर गाउँपालिका–४ का २४ वर्षीय विनोद बोहराले चलाएका थिए भने ट्र्याक्टर कैलालीको बर्दगोरिया गाउँपालिका–४ का ४५ वर्षीय भासु डगौरा थारुले चलाएका थिए। दुर्घटनामा बसमा सवार ३६ यात्रुहरूमध्ये ८ महिला, ४ पुरुष र १ बालकसहित १३ जना घाइते भएका छन्। घाइतेहरूलाई तत्काल घोडाघोडी अस्पताल र सि.यस अस्पताल, सुखडमा उपचार...
बैतडीले सुरु गर्यो अनलाइन नागरिकता सिफारिस

बैतडीले सुरु गर्यो अनलाइन नागरिकता सिफारिस

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडी-  बैतडीका स्थानीय तहहरूले ‘अनलाइन’ प्रणालीबाट नागरिकता प्रमाणपत्रको सिफारिस दिन थालेका छन्। दश स्थानीय तहमध्ये हालसम्म छ वटाले अनलाइनमार्फत सिफारिस दिन थालेका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए। उनका अनुसार शिवनाथ र पञ्चेश्वर गाउँपालिका, मेलौली, पाटन, दशरथचन्द र पुर्चौडी नगरपालिकाले अनलाइनबाट नागरिकता सिफारिस दिन थालेका हुन्। कार्यालयका सेवा प्रवाह र सेवाग्राहीहरुरूको सहजताका लागि प्रविधिमैत्री बनाउने क्रममा नागरिकताको सिफारिस अनलाइन प्रणालीबाट दिन सुरु गरिएको प्रजिअ उपाध्यायको भनाइ छ। ुस्थानीय तहहरूले वडाबाटै अनलाइनबाट नागरिकता प्रमाणपत्र बनाउन सिफारिस दिने काम गरेका छन्। यसले सेवाग्राहीलाई कागजात नमिलेर प्रशासन कार्यालयमा पुगेर खाली हात फिर्ता हुने झन्झटको अन्त्य भएको छु, उनले भने। अनलाइन प्रणाली सुरु भएपछि अभिलेखीकरणमा सहजता, सेवा प्रवाहमा छरितो र प्रविधिम...
नीति कार्यक्रम तथा बजेटको तयारीमा सुदूरपश्चिम प्रदेश सरकार

नीति कार्यक्रम तथा बजेटको तयारीमा सुदूरपश्चिम प्रदेश सरकार

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२र८३ को नीति कार्यक्रम तथा बजेट तयारी प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढीमा आयोजित बैठकमा नीति तर्जुमाका विषयमा विस्तृत छलफल भएको हो। मुख्यमन्त्री कमलबहादुर शाहले बैठकमा सम्बोधन गर्दै दीर्घकालीन प्रभाव पार्ने, व्यावहारिक तथा कार्यान्वयन योग्य नीति तथा योजनाहरू चयन गर्न मातहतका मन्त्रालयहरूलाई निर्देशन दिएका छन्। उनले १५ दिनभित्र नीति तथा प्राथमिकता क्षेत्रको प्रतिवेदन पेस गर्न आग्रह गरे। बैठकमा विकासमा सुशासन, नागरिक सहभागिता, उपभोक्ता समितिको भूमिकालगायतका विषयमा पनि छलफल भएको थियो। साथै, चालु खर्च घटाउने र पुँजीगत खर्च बढाउने रणनीतिमा जोड दिइएको छ। गत वर्ष सत्ता समीकरण परिवर्तनका कारण असारमा प्रस्तुत बजेट पास हुन नसकी नयाँ सरकारले भदौमा संशोधित बजेट ल्याएको थियो। यसप...
आज देशका केही पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

आज देशका केही पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं— जल तथा मौसम पूर्वानुमान महाशाखाले देशमा हाल स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रहँदा बाँकी क्षेत्रको मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । ती क्षेत्रका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुने अनुमान गरिएको छ । आज राति पनि यिनै प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य स्थानहरूमा मौसम मुख्यतया सफा रहनेछ । महाशाखाले मेघगर्जन, चट्याङ, वर्षा र हिमपातसँगै गर्मीको प्रभावले कृषि, जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । आज सूर्योदय बिहान ५:३० बज...
मुम्बई इन्डियन्सको शानदार जीत, अंक तालिकामा तेस्रो स्थानमा उक्लियो

मुम्बई इन्डियन्सको शानदार जीत, अंक तालिकामा तेस्रो स्थानमा उक्लियो

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ— भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गर्दै पाँचौं जित दर्ता गरेको छ । यससँगै मुम्बई १० अंकसहित अंक तालिकाको तेस्रो स्थानमा पुगेको छ । हिजो भएको खेलमा हैदराबादले दिएको १४४ रनको लक्ष्य मुम्बईले १५.४ ओभरमै ३ विकेट गुमाएर पूरा गर्‍यो । कप्तान रोहित शर्माले ७० रनको विस्फोटक इनिङ खेले भने सूर्यकुमार यादव ४० रनमा अविजित रहे । हैदराबादका जयदेव उनादकट, इशान मालिङ्गा र जिशन अन्सारीले समान रूपमा एक–एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १४३ रन बनाएको थियो । सुरुआतमै कमजोर प्रदर्शन गरेको हैदराबादले १३ रनमै ४ विकेट गुमाएको थियो । उसका हेनरिक क्लासेनले ७१ रनको संघर्षपूर्ण इनिङ खेले । मुम्बईका तर्फबाट ट्रेन्ट बोल्टले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए भने दीपक चाहरले...
कञ्चनपुरका वेदकोटमा बेहाेस् भेटिएका वडाध्यक्षको मृत्यु

कञ्चनपुरका वेदकोटमा बेहाेस् भेटिएका वडाध्यक्षको मृत्यु

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर— कञ्चनपुरको वेदकोट नगरपालिका–९ का वडाध्यक्ष जनकबहादुर बिष्टको निधन भएको छ। बुधबार दिउँसो वेदकोट ताल नजिकै उनी बेहोस अवस्थामा फेला परेका थिए। पारिवारिक स्रोतका अनुसार, उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा उनको साँझ मृत्यु भएको हो। बिष्ट नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष थिए। निधनअघि उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै “हासो भित्रको पीडा” उल्लेख गरेका थिए। उनले एक जना आफन्तलाई फोन गरेर आफू संसारबाट बिदा हुन लागेको र छोराछोरीको ख्याल गरिदिन आग्रह गरेका थिए। आत्महत्या आशंका गरिएको छ, र उनले विषादी सेवन गरेको हुन सक्ने अनुमान गरिएको छ। यद्यपि, शव परीक्षणपछि मात्र यथार्थ खुल्ने चिकित्सकको भनाइ छ।...
कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि, संशोधित तालिका सार्वजनिक

कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि, संशोधित तालिका सार्वजनिक

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, शिक्षा, समाचार
काठमाण्डाै– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि सञ्चालन गर्ने भएको छ। बोर्डले नयाँ तालिका सार्वजनिक गर्दै परीक्षा जेठ २ गतेसम्म सञ्चालन हुने जानकारी दिएको छ। यसअघि परीक्षा वैशाख ११ गतेदेखि सुरु गर्ने भनिएको थियो। तर, काठमाडौंमा जारी शिक्षक आन्दोलनका कारण बोर्डले पूर्वनिर्धारित मितिमा परीक्षा नगर्ने निर्णय गरेको हो।  ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज