Advertisement

Day: २०८२ बैशाख ७, आईतवार २०:५९

निजामती कर्मचारी संगठनद्वारा स्थापना दिवसमा बिरामीलाई फलफूल वितरण, कार्यालयहरूमा भित्तेपात्रो बाँड्यो

निजामती कर्मचारी संगठनद्वारा स्थापना दिवसमा बिरामीलाई फलफूल वितरण, कार्यालयहरूमा भित्तेपात्रो बाँड्यो

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
सत्यराज सिंह, बझाङ— नेपाल निजामती कर्मचारी संगठन बझाङले आफ्नो ३५ औं स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल बझाङमा रहेका बिरामीहरूलाई फलफूल वितरण गरेको छ। साथै, सदरमुकाम चैनपुरस्थित विभिन्न सरकारी कार्यालयहरूमा भित्तेपात्रो पनि वितरण गरिएको छ। संगठनका अध्यक्ष मुकेश थापाका अनुसार, अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरियो। उनले यो दिवस सामाजिक उत्तरदायित्वसहित मनाइएको जानकारी दिए। कार्यक्रममा नेकपा एमाले बझाङका उपसचिव तथा जनसंगठन विभाग संयोजक पंकज भण्डारी, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य लक्ष्मी रावल, दिनेश धामी, स्वास्थ्यकर्मी महासंघ बझाङ अध्यक्ष नरजित खड्का, संगठनका उपाध्यक्ष धर्मराज जोशी, सचिव दीपक बोहरा, पेशागत महासंघका कोषाध्यक्ष विजय रजत लगायतका नेता–कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।...
सिंहदरबारभित्रै प्रदर्शन, लिङ्देन र शाहीसहितका नेता प्रहरीको नियन्त्रणमा

सिंहदरबारभित्रै प्रदर्शन, लिङ्देन र शाहीसहितका नेता प्रहरीको नियन्त्रणमा

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं — राप्रपाका नेताहरू सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ। तीनकुने घटनाको न्यायिक छानबिन र पक्राउ परेका आफ्ना नेताहरूको रिहाइको मागसहित पम्प्लेट बोकेर प्रदर्शन गरेका कारण अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाहीसहितका नेताहरूलाई प्रहरीले पक्राउ गरेको हो। राप्रपाले आज बिजुलीबजार क्षेत्रमा प्रदर्शनको कार्यक्रम राखेको थियो। तर अध्यक्ष लिङ्देनलगायतका नेता सिंहदरबारस्थित संसदीय दलको कार्यालयमै थिए। त्यहाँ उनीहरूले पम्प्लेटसहित प्रदर्शन गर्न थालेपछि प्रहरीले रोक्ने प्रयास गर्‍यो। पार्टी नेताहरू भने सिंहदरबारको दक्षिण गेट हुँदै बाहिर निस्केर तीनकुने घटनाको छानबिन र वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र तथा महामन्त्री धवलशम्शेर राणाको रिहाइको माग गर्न खोजिरहेका थिए। प्रहरीले पम्प्लेट खोसेर उनीहरूलाई त्यहीँबाट नियन...
सात महिनापछि मात्रै बाढीपहिरोको विस्तृत क्षति आँकलन सुरु

सात महिनापछि मात्रै बाढीपहिरोको विस्तृत क्षति आँकलन सुरु

Breaking News 1, मुख्य समाचार, समाचार
काभ्रे— गएको असोज १०, ११ र १२ गतेको अविरल वर्षाले काभ्रेपलाञ्चोकमा ठूलो जनधनको क्षति पुर्‍याएको सात महिनापछि बल्ल विस्तृत क्षति मूल्यांकन सुरु भएको छ। सरकारले सबैभन्दा बढी प्रभावित क्षेत्र रोशी गाउँपालिकाबाट विस्तृत क्षति आँकलन सुरु गरेको हो। गृहमन्त्री रमेश लेखकले रोशी गाउँपालिका–२ नारायणटारमा तीन जना पीडित — धनसिंह लामा, राजन बोहोरा क्षेत्री र शुभद्रा सेञ्चुरीलाई निस्सा (प्रमाणपत्र) हस्तान्तरण गर्दै औपचारिक रूपमा क्षति मूल्यांकनको प्रक्रिया थालेका हुन्। मन्त्री लेखकले बाढीपहिरोपीडितको निजी आवास पुनर्निर्माणमा भएको ढिलाइप्रति असन्तोष जनाउँदै पुनर्निर्माण कार्यमा अब तीव्रता ल्याइने बताए। सरकारले अस्थायी आवास निर्माणका लागि पहिलो चरणमा ५० हजार र स्थायी घर निर्माणका लागि चरणबद्ध रूपमा अनुदान उपलब्ध गराउने जनाएको छ। यसका लागि बुधबार काभ्रेमा सात करोड ३५ लाख रुपैयाँ निकासा गरिएको छ। व...
खोलामा डुबेर ११ वर्षीय बालकको मृत्यु

खोलामा डुबेर ११ वर्षीय बालकको मृत्यु

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर — कञ्चनपुरको लालझाडी गाउँपालिकामा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ। लालझाडी गाउँपालिका–ढक्का चानदेउका हरीश बिकका करिब ११ वर्षीय छोरा सिद्धार्थ बिकको शनिबार मछेली खोलामा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। साथीसँगै पौडी खेल्न गएका सिद्धार्थ डुबेर बेहोस भएपछि उनलाई तत्काल उद्धार गरी अस्पताल लगिएको थियो। तर उपचारको क्रममा मृत्यु भएको प्रहरीको प्रारम्भिक जानकारीमा उल्लेख छ।...
दार्चुलाको नेपाली भूमिमा भारतले धमाधम तटबन्ध निर्माण, स्थानीय आक्रोशित

दार्चुलाको नेपाली भूमिमा भारतले धमाधम तटबन्ध निर्माण, स्थानीय आक्रोशित

Breaking News 1, ताजा अपडेट, दार्चुला, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
दार्चुला— सदरमुकाम खलङ्गाको नेपाली भूमिमा भारतले तटबन्ध निर्माणको काम तीव्र रुपमा अगाडि बढाइरहेको छ। भारतीय डोजरले दैनिक रूपमा काम गरिरहे पनि स्थानीय प्रशासन र जनप्रतिनिधिहरू मौन बसेको भन्दै स्थानीयवासी आक्रोशित भएका छन्। २०७० सालको बाढीपछि महाकाली नदीले धार परिवर्तन गरेपछि पारी पुगेको करिब ५० रोपनी नेपाली भूमिमा भारतले तटबन्ध निर्माण गरिरहेको स्थानीयको भनाइ छ। कानुनी रूपमा नेपालकै नक्सामा उल्लेखित गल्फैस्थित बसपार्क क्षेत्र अहिले महाकालीको पारीतिर परेको छ। स्थानीय अनिल ठगुन्नाका अनुसार, सो क्षेत्र विगतमा नेपालकै वन तथा भू–संरक्षण कार्यालय र बासस्थान रहेको थियो। तर अहिले भारतले सो क्षेत्र कब्जा गर्दै डोजर प्रयोग गरेर बाँध निर्माण गरिरहेको छ। स्थानीय सुन्दरसिंह धामीले नापी विभागको टोलीले अघिल्लो समयमा सो क्षेत्रको नापजाँच गर्दा नेपालको भूमि भएको पुष्टि भए पनि रिपोर्ट अझै सार्वजनिक ...
आईपीएलमा गुजरात र लखनउ विजयी, आज दुई खेल हुँदै

आईपीएलमा गुजरात र लखनउ विजयी, आज दुई खेल हुँदै

Breaking News 2, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ — भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत हिजो सम्पन्न खेलहरूमा गुजरात टाइटन्स र लखनउ सुपर जायन्ट्स विजयी भएका छन्। पहिलो खेलमा गुजरातले दिल्ली क्यापिटल्सलाई ७ विकेटले पराजित गर्‍यो। दिल्लीले दिएको २०४ रनको लक्ष्य गुजरातले १९ ओभर ३ बलमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो। त्यसअघि, अहमदाबादमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले ८ विकेट गुमाएर २०३ रन बनाएको थियो। यो जितसँगै सात खेलमा १० अङ्क जोडेको गुजरात तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। समान अङ्क भए पनि दिल्ली दोस्रो स्थानमा छ। त्यस्तै, हिजोको अर्को खेलमा लखनउ सुपर जायन्ट्सले राजस्थान रोयल्सलाई २ रनले हरायो। जयपुरमा टस जितेर पहिले ब्याटिङ गरेको लखनउले ५ विकेट गुमाएर १८० रन बनायो। जवाफी इनिङमा राजस्थानले ५ विकेट गुमाएर २० ओभरमा १७८ रन मात्र बनाउन सक्यो। ८ खेल खेलेको लखनउ १० अङ्कसहित चौथो स्थानमा छ भने र...
स्कुल बसबाट खसेर एक शिक्षकको मृत्यु

स्कुल बसबाट खसेर एक शिक्षकको मृत्यु

Breaking News 1, ताजा अपडेट, दार्चुला, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडी— बैतडीमा स्कुल बसको ढोकाबाट खसेर एक शिक्षकको मृत्यु भएको छ । शनिबार दार्चुलाको शैल्यशिखर नगरपालिका–९, गोकुलेश्वरस्थित चौलानी बोर्डिङ स्कुलमा कार्यरत २८ वर्षीय विष्णुराज भट्टको मृत्यु भएको हो। उनी बैतडीको दोगडाकेदार गाउँपालिका–४, कपिन्नाका स्थायी बासिन्दा हुन्। विद्यार्थी भर्ना अभियान अन्तर्गत प्रचारप्रसारका क्रममा गोकुलेश्वरबाट पन्ज्युनयाँ जाँदै गरेका बेला महाकाली राजमार्गअन्तर्गत डिलासैनी गाउँपालिका–६, बाँगाबगरमा बसको ढोकाबाट खस्दा उनी गम्भीर घाइते भएका थिए। गोकुलेश्वर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए। घटनापछि बस चालक शैल्यशिखर नगरपालिका–५ का उत्तरसिंह डाँगालाई प्रहरीले नियन्त्रणमा लिएको छ।...
सम्झौता भएको ९ वर्षपछि दोदा नदीमा पुल निर्माण सुरु

सम्झौता भएको ९ वर्षपछि दोदा नदीमा पुल निर्माण सुरु

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर— कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका भुली पर्सिया जोड्ने दोदा नदीमा अन्ततः पुल निर्माण सुरु भएको छ। यो पुल निर्माणका लागि २०७२ सालको पुसमा लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी कैलालीसँग २४ करोड २२ लाख ५७ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार काम २०७५ को पुससम्म सम्पन्न हुनुपर्ने भए पनि विभिन्न प्राविधिक समस्याका कारण निर्माण सुरु हुन ९ वर्ष लाग्यो। डिभिजन सडक कार्यालयका सबइन्जिनियर भोजराज रानाका अनुसार काम सुरु भएको बेला तीनवटा पिलर निर्माण भएका थिए। तर, पिलरको फाउन्डेसनमा समस्या देखिएपछि लागत नबढाउने गरी डिजाइन परिवर्तन गरेर अर्को स्थानमा पुल सारिएको थियो। ‘फाउन्डेसनमै समस्या आएपछि पुल सार्नुपर्‍यो, अहिले तीव्र गतिमा काम भइरहेको छ, असारसम्म सक्ने योजना छ,’ सबइन्जिनियर रानाले बताए। पुल निर्माण कम्पनीका इन्जिनियर किशोरराज पाण्डेयका अनुसार...
कैलालीमा खैरो हेरोइनसहित एक युवक पक्राउ

कैलालीमा खैरो हेरोइनसहित एक युवक पक्राउ

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी— कैलालीको कैलारी गाउँपालिका–१, सडकपुरबाट खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय हसुलिया र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको संयुक्त टोलीले कैलारी गाउँपालिका–८, दुधिया बस्ने २५ वर्षीय सन्जु कुमार चौधरीलाई पक्राउ गरेको हो। उनको साथबाट ४३० मिलिलिटर खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।...
शिक्षकको आन्दोलन १९ औं दिनमा, आज बिहान ९ देखि १२ बजेसम्म प्रदर्शन

शिक्षकको आन्दोलन १९ औं दिनमा, आज बिहान ९ देखि १२ बजेसम्म प्रदर्शन

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौँ— विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै चैत २० गतेदेखि काठमाडौँमा आन्दोलनमा उत्रिएका शिक्षकहरूको संघर्ष १९ दिन पुग्दा पनि समाधान निस्किएको छैन। प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेसँग छुट्टाछुट्टै छलफल गरे पनि सहमति नजुटेपछि शिक्षकहरूले आन्दोलन जारी राखेका छन्। शिक्षा ऐन तत्कालै जारी हुनेमा सरकारबाट स्पष्ट आश्वासन नआएपछि आन्दोलनलाई निरन्तरता दिइएको हो। आन्दोलनका कारण माइतीघर–बबरमहल सडकखण्डमा यातायात सेवा प्रभावित हुँदै आएको छ। शिक्षकहरूले आज बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म प्रदर्शन गर्ने जनाएका छन्, जसले कार्यालय समयमा झनै समस्या उत्पन्न गराउने देखिएको छ। शिक्षक महासङ्घका अनुसार आज अर्को प्रदर्शनसमेत परेकाले प्रदर्शनको समय सारिएको हो। यसअघि उनीहरूले दिउँसो १२ बजेदेखि ३ बजेसम्म प्रदर्शन गर्दै आएका थिए।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज