काठमाडौं – पश्चिमी र स्थानीय वायुले गर्दा देशको पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली भएको छ भने अन्य स्थानहरूमा मौसम प्रायः सफा देखिएको छ। कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसोको मौसम:
कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायतका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भूभागमा आंशिकदेखि मुख्यतया सफा मौसम रहने अनुमान गरिएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका केही स्थान र अन्य क्षेत्रका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्छ। साथै, उच्च पहाडी र हिमाली भेगमा एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको छ।
रातिको मौसम:
कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य स्थानहरूमा मौसम प्रायः सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा चट्याङसहित हल्का वर्षा हुन सक्छ। त्यस्तै, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना छ।