राजनीति किन उथलपुथलमा छ ?
दिपेन्द्र धामी, बझाङ- समय सधैं परिवर्तनशील हुन्छ। परिवर्तन नै समयको गतिशील स्वरूप हो, र राष्ट्र पनि यही परिवर्तनको लहरसँगै नयाँ भविष्यको खोजीमा अग्रसर हुँदै गएको देखिन्छ। गाउँ, समाज, जिल्ला र प्रदेशस्तरसम्म विविध रूपले परिवर्तन भइरहेको छ। तर यतिबेला सबैभन्दा धेरै चर्चा र चासोको विषय बनेको छ — राजनीति किन उथलपुथलमा छ?
राजनीति देशको भविष्य निर्माण गर्ने एउटा संयन्त्र हो। जब नेतृत्व सही दिशा र सोचसाथ अघि बढ्छ, राष्ट्र समृद्धितर्फ अग्रसर हुन्छ। तर यदि नेतृत्व दिशाविहीन भयो भने, देश अन्योल र अस्थिरताको दलदलमा फस्न सक्छ। हाल नेपालको राजनीतिक परिवेशमा देखिएको अस्थिरता, नेतृत्वको हेरफेर, गठबन्धनको बारम्बार परिवर्तन, एक-अर्कामाथि आरोप-प्रत्यारोप जस्ता घटनाक्रमहरूले जनतामा गहिरो निराशा र भ्रम पैदा गरिरहेको छ।राजनीतिक दलहरूप्रति विश्वासको संकट दिनानुदिन गहिरिँदै गएको छ। पुराना नेताहरूले नयाँ पुस्त...







