Advertisement

आजबाट नयाँ वर्ष २०८२ सुरु, शुभकामनासहित देशभर उत्सव

Advertisement

आज वैशाख १ गते, विक्रम संवत् २०८२ सालको पहिलो दिन। नेपालभर नयाँ वर्षको अवसरमा शुभकामना आदान–प्रदान गरी हर्षोल्लासका साथ यो पर्व मनाइँदैछ।

वैशाख सङ्क्रान्तिका रूपमा चिनिने आजको दिन सूर्यले मीन राशि छोडेर मेष राशिमा प्रवेश गर्छ। यही कारण यो दिनलाई मेष सङ्क्रान्ति पनि भनिन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष माधव भट्टराईका अनुसार सूर्यको गतिमा आधारित भएकाले विक्रम संवत् शाश्वत मानिन्छ। “विक्रम संवत् आदित्य सूर्यसँग सम्बन्धित संवत्सर हो। यसमा शक संवत्का विशेषता र इस्वी संवत्का व्यावहारिक पक्षहरू पनि समावेश छन्,” भट्टराई बताउँछन्।

विद्वानहरू भन्छन्— सूर्य मेष राशिमा प्रवेश गरेपछि नयाँ वर्ष सुरु हुने भएकाले यो वैज्ञानिक पनि छ। सौरमान (सूर्य आधारित) र चान्द्रमान (चन्द्रमा आधारित) दुवैको सन्तुलन यस संवत्मा गरिएको छ। विक्रम संवत् कलियुग सुरु भएको ३०४४ वर्षपछि सुरु भएको हो।

आजको दिन धेरैले बिहानै उठेर स्नान गर्ने, घर आँगन सफा गर्ने, मन्दिरमा पूजा–दर्शन गर्ने र मिठा परिकार खाएर आफन्त–साथीसँग भेटघाट गरी शुभकामना साटासाट गर्छन्। विदेशमा रहेका नेपालीहरूले पनि यही दिनलाई नयाँ वर्षका रूपमा मनाउने चलन छ।

चान्द्रमानअनुसार भने नयाँ संवत्सर चैत्र शुक्ल प्रतिपदादेखि नै सुरु भइसकेको छ, जुन यस वर्ष चैत १७ गते परेको थियो। उक्त दिनदेखि ‘सिद्धार्थी’ नामक संवत्सर सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए।

वैदिक सनातन हिन्दू परम्पराअनुसार कुल ६० संवत्सर छन्, जुन घुम्दै–फिर्दै दोहोरिइरहन्छन्। अहिले चलिरहेको सिद्धार्थी संवत्सर ५३ औं हो।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढी- चार दिनदेखि अनशनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता सुरु गरेको छ। प्रधानमन्त्रीका ...
बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपाल...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७, खोरीस्थित खोलापारी कृषक समूहका लागि ५ दिने गोलभेडा प्रशोधन तथा सस (चट्नी) बनाउने तालिम प्र...
भक्तपुरमा प्रथम कर्णाली फुटसल कप हुँदै, विजेतालाई ५५ हजार ५५५ रुपैयाँ पुरस्कार

भक्तपुरमा प्रथम कर्णाली फुटसल कप हुँदै, विजेतालाई ५५ हजार ५५५ रुपैयाँ पुरस्कार

धनगढी- कर्णाली र सुदूरपश्चिम प्रदेशका खेलाडी तथा खेल प्रतिभालाई लक्षित गर्दै भक्तपुरमा ‘प्रथम कर्णाली फुटसल कप २०८३’ आयोजना हुने भ...
प्रधानमन्त्री शाहको सचिवालयमा २७ जना नियुक्त, दुई सल्लाहकारलाई मन्त्रीसरह सुविधा

प्रधानमन्त्री शाहको सचिवालयमा २७ जना नियुक्त, दुई सल्लाहकारलाई मन्त्रीसरह सुविधा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो सचिवालयमा २७ जनालाई नियुक्त गरेको खुलेको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांस...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज