Advertisement

Day: २०८२ बैशाख १, सोमबार २३:१७

जाजरकोटको पैंक केन्द्रविन्दु बनाएर भूकम्प

जाजरकोटको पैंक केन्द्रविन्दु बनाएर भूकम्प

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ — जाजरकोटको पैंक आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आइतबार राति ९:३१ बजे ४ दशमलब १ रेक्टर स्केलको भूकम्प गएको हो। यसअघि चैत २२ गते पनि सोही क्षेत्र केन्द्रविन्दु बनाएर ५.५ रेक्टर स्केलको भूकम्प गएको थियो। नेपालमा पछिल्लो समय भूकम्पका घटना दोहोरिइरहेका छन्।...
सुदूरपश्चिमका भाषा लोप हुँदै, देउवाले दिए सचेत रहन आग्रह

सुदूरपश्चिमका भाषा लोप हुँदै, देउवाले दिए सचेत रहन आग्रह

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमका भाषा हराउँदै जान थालेकोप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। देउडा समाज केन्द्रीय कार्यालयले सोमबार प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको देउडाखेल तथा सम्मान कार्यक्रममा सम्बोधन गर्दै देउवाले भाषा हराउँदै जानु दुःखद र चिन्ताजनक भएको बताए। उनले भने, "जुन समाजको भाषा लोप हुन्छ, त्यो समाज कमजोर र विखण्डित बन्छ भन्ने भनाइ छ। हामी अहिले आफ्नै भाषा बोल्न छाड्दै गएका छौं। सबैजना नेपाली मात्र बोल्न थालेका छन्। केही त आफ्ना छोराछोरीसँग नेपाली होइन, सिधै अंग्रेजीमै बोल्न थालेका छन्।" पूर्वप्रधानमन्त्रीसमेत रहेका डडेल्धुरा निवासी देउवाले संसारभर आफ्ना भाषा जोगाउन विभिन्न संघर्षहरू भइरहेको उल्लेख गर्दै भने, "हामीले पनि सुदूरपश्चिमका भाषा बचाउन प्रयास गर्नैपर्छ। सबैको योगदान जरुरी छ।" उनले भाषा मात्र नभइ सुदूरपश्चिमको संस्कृति प...
सुदूरपश्चिमको मौलिक पर्व ‘बिसु’ आज उत्साहपूर्वक मनाइँदै

सुदूरपश्चिमको मौलिक पर्व ‘बिसु’ आज उत्साहपूर्वक मनाइँदै

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी— सुदूरपश्चिम प्रदेशमा आज नयाँ वर्षको पहिलो दिनलाई बिसु पर्वका रूपमा हर्षोल्लासका साथ मनाइँदैछ। सुदूरपश्चिमको मौलिक संस्कृति झल्काउने बिसु पर्व वैशाख १ गते विशेष रूपमा मनाइन्छ। यस पर्वमा आफन्त, छिमेकी र साथीहरूबीच सिस्नो (विषालु बोटको) खेल खेलिन्छ, जुन यस क्षेत्रको पुरानो परम्परा हो। बिसु पर्व मनाउन घर बाहिर रहेका मानिसहरूसमेत आफ्ना गाउँ फर्कने गर्छन्। परिवारसँग भेटघाट, रमाइलो र सिस्नो खेलको मजा लिनुको साथै, मिठा–मिठा परिकार पकाउने चलन पनि रहेको छ। बिहानै नुहाएर सिस्नो लगाउने चलनले विशेष महत्व राख्छ। यसरी सिस्नो लगाउँदा अघिल्लो वर्षको शरीरमा जमेको विष निस्कने र नयाँ वर्षमा रोग वा विषालु जीवबाट जोगिने विश्वास गरिन्छ। बिसु पर्व विशेष गरी देवर–भाउजू, नन्द–भाउजू, साली–भिनाजु, फुपू–सालीहरूबीच सिस्नो छ्याप्ने रमाइलो खेलको रूपमा मनाइन्छ। आजका दिन विभिन्न ठाउँमा लौरो नचाउने, बाघ–भ...
चीनद्वारा विश्वकै पहिलो अत्याधुनिक मेडिकल ड्रोन विकास, आपतकालीन उद्धारमा ल्याउनेछ क्रान्ति

चीनद्वारा विश्वकै पहिलो अत्याधुनिक मेडिकल ड्रोन विकास, आपतकालीन उद्धारमा ल्याउनेछ क्रान्ति

Breaking News 1, अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं– आपतकालीन उद्धारलाई अझ प्रभावकारी बनाउन चीनले विश्वकै पहिलो अत्याधुनिक मेडिकल ड्रोन सफलतापूर्वक विकास गरेको छ। यो ड्रोन चीनको हैशेन मेडिकल टेक्नोलोजी कम्पनी लिमिटेडले चीन राज्य पोत निर्माण निगम, चिनियाँ विज्ञान अकादमी र अन्य साझेदार संस्थाहरूको सहकार्यमा तयार गरेको हो। ड्रोनमा रिमोट भिडियो निगरानीलगायत अत्यावश्यक स्वास्थ्य उपकरणहरू जडान गरिएका छन्। कम्पनीका अध्यक्ष तथा प्रमुख इन्जिनियर हुआङ युहङका अनुसार यो ड्रोन उच्च चिसो तापक्रम र ५,००० मिटर उचाइसम्मका कठिन भूगोलमा पनि प्रभावकारी रूपमा खोज तथा उद्धार कार्य गर्न सक्षम छ। ६०० किलोग्राम तौल भएको यस ड्रोनले ३०० किलोग्रामसम्मको भार बोक्न सक्छ। यसमा स्वचालित उडान प्रणाली र टाढाबाट नियन्त्रण गर्ने सुविधा छ, जसले गर्दा विपद् वा महामारीका बेला उद्धार कार्य छिटो र प्रभावकारी बनाउन मद्दत पुर्‍याउँछ। हुआङले भने, “मेडिकल उपकरण, ड...
नयाँ वर्षको दिन आज देशका केही ठाउँमा पानी पर्ने सम्भावना

नयाँ वर्षको दिन आज देशका केही ठाउँमा पानी पर्ने सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाण्डौ–  नयाँ वर्षको दिन आज देशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै ठाउँहरु र बाँकी प्रदेशका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एक–दुई ठाउँमा हिमपातको समेत सम्भावना छ । यतिखेर भने देशका धेरै ठाउँको मौसम सफा छ ।...
आईपीएलमा मुम्बई र बैङ्गलुरुको शानदार जित

आईपीएलमा मुम्बई र बैङ्गलुरुको शानदार जित

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाण्डौ- भारतमा जारी इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स बैङ्गलुरुले जित निकालेका छन्। मुम्बईको १२ रनको जित अरुण जेटली स्टेडियममा दिल्ली क्यापिटल्सलाई मुम्बईले १२ रनले हराएको हो। मुम्बईले पहिलो ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाएर २०५ रन बनायो। तिलक वर्माले ५९, रायन रिक्लट्नले ४१ र सूर्य कुमार यादवले ४० रन बनाए। दिल्लीका विपराज निगम र कुलदीप यादवले दुई(दुई विकेट लिए। जवाफी ब्याटिङमा दिल्लीले १९ ओभरमै सबै विकेट गुमाएर १९३ रन मात्र बनाउन सक्यो। करुण नायरले सर्वाधिक ८९ रन बनाए भने अभिषेक पोरेलले ३३ रन जोडे। मुम्बईका करन शर्माले ३ विकेट र मिचेल सान्टनरले २ विकेट लिए। ५ खेलबाट ८ अङ्क जोडेको दिल्ली दोस्रो स्थानमा झरेको छ भने मुम्बई ६ खेलमा ४ अङ्कसहित सातौं स्थानमा उक्लिएको छ। बैङ्गलुरुको एकतर्फी जित हिजोको पहिलो खेलमा रोयल च्यालेन्जर्स...
रुसी आक्रमणमा युक्रेनी शहर सुमीमा ३४ जनाको मृत्यु, १५ बालबालिकासहित ११७ घाइते

रुसी आक्रमणमा युक्रेनी शहर सुमीमा ३४ जनाको मृत्यु, १५ बालबालिकासहित ११७ घाइते

Breaking News 3, अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- युक्रेनी शहर सुमीमा भएको रुसी आक्रमणमा ३४ जनाले ज्यान गुमाएका छन् भने १५ बालबालिकासहित ११७ जना घाइते भएका छन्। युक्रेनको राज्य आपतकालीन सेवाले उक्त जानकारी दिएको हो। बीबीसीका अनुसार आक्रमण त्यतिबेला भयो जब सर्वसाधारण चर्चमा भेला भएका थिए। अमेरिकाका युक्रेनका लागि विशेष दूत किथ केलाँगले उक्त आक्रमणलाई ‘सीमाभन्दा परको कार्य’ भन्दै आलोचना गर्नुभएको छ। उहाँले रुसको निरन्तर आक्रमणले युक्रेनलाई ठूलो जनधनको क्षति पुर्‍याएको बताउँदै युद्ध अन्त्यका लागि अमेरिका मध्यस्थकर्ताको भूमिकामा रहेको उल्लेख गर्नुभयो। आक्रमणपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जाल ‘एक्स’ मा प्रतिक्रिया दिँदै रूसले "भयानक आक्रमण" गरेको उल्लेख गर्नुभएको छ। उहाँले विश्व समुदाय अब चुप लागेर बस्न नहुने र रूसमाथि दबाब सृजना गरी युद्ध अन्त्यतर्फ लैजानुपर्ने माग गर्नुभएको छ।...
आजबाट नयाँ वर्ष २०८२ सुरु, शुभकामनासहित देशभर उत्सव

आजबाट नयाँ वर्ष २०८२ सुरु, शुभकामनासहित देशभर उत्सव

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
आज वैशाख १ गते, विक्रम संवत् २०८२ सालको पहिलो दिन। नेपालभर नयाँ वर्षको अवसरमा शुभकामना आदान–प्रदान गरी हर्षोल्लासका साथ यो पर्व मनाइँदैछ। वैशाख सङ्क्रान्तिका रूपमा चिनिने आजको दिन सूर्यले मीन राशि छोडेर मेष राशिमा प्रवेश गर्छ। यही कारण यो दिनलाई मेष सङ्क्रान्ति पनि भनिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष माधव भट्टराईका अनुसार सूर्यको गतिमा आधारित भएकाले विक्रम संवत् शाश्वत मानिन्छ। “विक्रम संवत् आदित्य सूर्यसँग सम्बन्धित संवत्सर हो। यसमा शक संवत्का विशेषता र इस्वी संवत्का व्यावहारिक पक्षहरू पनि समावेश छन्,” भट्टराई बताउँछन्। विद्वानहरू भन्छन्— सूर्य मेष राशिमा प्रवेश गरेपछि नयाँ वर्ष सुरु हुने भएकाले यो वैज्ञानिक पनि छ। सौरमान (सूर्य आधारित) र चान्द्रमान (चन्द्रमा आधारित) दुवैको सन्तुलन यस संवत्मा गरिएको छ। विक्रम संवत् कलियुग सुरु भएको ३०४४ वर्षपछि सुरु भएको हो...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज