बझाङको बित्थडचिरमा सुरु भयो तेस्रो कमल स्मृति भलिबल प्रतियोगिता
बझाङ- बझाङको बित्थडचिर गाउँपालिका वडा नं. ४ मा तेस्रो कमल स्मृति डेउडा सर्जक सम्मान तथा भलिबल प्रतियोगिता सुरु भएको छ। कमल स्मृति क्लबको आयोजनामा तथा वडा नम्बर ४ को मुख्य प्रायोजनमा तीन दिनसम्म चल्ने प्रतियोगिता देउलेखस्थित देवेश्वरी माविको खेलमैदानमा बिहीबारदेखि सुरु भएको हो।
प्रतियोगिताको उद्घाटन नेकपा एमालेका केन्द्रिय सदस्य तथा संविधानसभा सदस्य अफिलाल ओखेडाले गरेका थिए। उद्घाटन समारोहमा बोल्दै उनले स्वर्गीय कमल बोहराप्रति श्रद्धाञ्जली अर्पण गर्दै, जीवित रहँदा समाजका लागि योगदान दिने व्यक्तिहरूको इतिहास सधैं सम्झिइने बताए।
कार्यक्रमका विशिष्ट अतिथि तथा वडा नम्बर ४ का वडाध्यक्ष कलक बोहराले स्व. कमल बोहरा प्रतिभाशाली युवा भएको उल्लेख गर्दै २०७९ सालमा बितेको स्मरण गरे। उनले प्रतियोगिता भव्य र सभ्य रूपमा सम्पन्न हुनेमा विश्वास व्यक्त गरे।
कार्यक्रमको अध्यक्षता नेकपा एमाले बित्थडचिर...









