Advertisement

Day: २०८१ चैत्र १९, मंगलवार २०:०५

नयाँ साल पो आएछ

नयाँ साल पो आएछ

ताजा अपडेट, विचार
पुराना पानाहरू पल्टिएछ। सपना भित्र रंगिन चित्रहरू, मनभित्र आशाका दियो बलिएछ। नयाँ किरण, नयाँ आशा, फेरी जुर्मुराउँदै जीवन बग्छ। सुख-दुःखका सेता-काला दिनहरू, नयाँ पालोमा फेरि मिसिन्छ। नयाँ साल पो आएछ, हिजोका गल्तीहरू भुलेछ। नयाँ अँगालोमा समेट्दै आशा, समृद्धिको बाटो समाएछ। आउँदै गरेको नयाँ वर्ष २०८२ सालको शुभकामना । लेखक:- दिपेन्द्र धामी         धनगढी ...
तीनकुनेमा राजावादी समूहले गरेको आन्दोलनमा ७ सय ४६ राउन्ड अश्रुग्यास प्रहार, ६० राउन्ड गोली

तीनकुनेमा राजावादी समूहले गरेको आन्दोलनमा ७ सय ४६ राउन्ड अश्रुग्यास प्रहार, ६० राउन्ड गोली

Breaking News 3, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- काठमाडौंको तीनकुनेमा राजावादी समूहले गरेको आन्दोलनमा ७४६ राउन्ड अश्रुग्यास प्रहार गरेको पाइएको छ । १९२ राउण्ड ब्ल्यांक राउण्ड चलेको प्रहरी स्रोतले जानकारी दिएको छ । यसमा गोलीको जस्तो आवाज मात्रै आउने प्रहरी अधिकारीहरु बताउँछन् । कार्टिज (छर्रा) भने २ सय ३९ पटक प्रहार भएको पाइएको छ । त्यसैगरी ६० राउन्ड गोली चलेको पाइएको छ । जसमा हवाई फायरदेखि घुँडामुनि भन्दै प्रहरीले गोली हानेको थियो । यही ६० राउण्ड मध्ये एक राउन्ड गोली लागेर कीर्तिपुरका २९ वर्षीय सविन महर्जनलाई लागेर उनको मृत्यु भएको थियो । ५० राउन्ड गोली मध्ये २ राउण्ड पेस्तालबाट चलेको थियो । राजावादी प्रदर्शनमा प्रहरी ५५ जना , सशस्त्र प्रहरी २२ जना र प्रदर्शनकारी ५२ जना घाइते भएका थिए ।...
कुलमान र हितेन्द्रको मुद्दा हेर्दाहेर्दैमा राखियो

कुलमान र हितेन्द्रको मुद्दा हेर्दाहेर्दैमा राखियो

Breaking News 3, ताजा अपडेट, समाचार
काठमाडौं- कुलमान र हितेन्द्रको मुद्दा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा परेका छन् । यही चैत १५मा न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा परेको मुद्दामा अन्तरिम आदेशका लागि दुवै पक्षलाई डाक्ने आदेश भएको थियो । मंगलबार न्यायाधीशद्वय डा: कुमार चुडाल र नित्यानन्द पाण्डेको इजलासमा परेको मुद्दामा सुनुवाइ लम्बिएपछि अन्य ३० मुद्दा हेर्न नभ्याइनेमा परेका थिए । मंगलबार पनि सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । अब अन्तरिम आदेश हुनेरनहुने निर्णय न्यायाधीशद्वय चुडाल र पाण्डेको इजलासले नै गर्नेछ । सरकारले १२ गतेको मन्त्रिपरिषद्को निर्णयबाट कुलमानलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो । त्यसका विरुद्ध कुलमानले १४ गते रिट दायर गरी आफूलाई पदमुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय, आफूलाई दिएको अवकाशको पत्र र हितेन्द्रदेवको नियु...
बाजुराको झुगोलामा निर्माणाधीन पुलको कार्य तीन वर्षको अवधिमा ३० प्रतिशत मात्रै

बाजुराको झुगोलामा निर्माणाधीन पुलको कार्य तीन वर्षको अवधिमा ३० प्रतिशत मात्रै

Breaking News 1, डडेल्धुरा, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
बाजुरा- बाजुराको हिमाली र मुगुको खत्याड गाउँपालिका बिचमा पर्ने कर्णाली नदीको झुगोलामा निर्माणाधीन पुलको ३० प्रतिशत मात्र काम भएको छ। उक्त पुल निर्माण कार्य तीन वर्षको अवधिमा जम्मा ३० प्रतिशत मात्र काम भएको हो । सो पुल निर्माणका लागि कुशेश्वर कन्ट्रक्सन प्रालिले २०८१ साल मंसिरमा काम सम्पन्न गर्ने गरी २०७९ मंसिरमा ठेक्का सम्झौता भएको थियोे । सम्झौता भए अनुसार सो कम्पनीले त्यस ठाउँमा एक सय पाँच मिटर लम्बाई पक्की पुल निर्माण गर्नुपर्ने हो। त्यसका लागि सो कम्पनीले १४ करोड ४९ लाख रुपीयाँमा सम्झौता गरेको पूर्वाधार विकास कार्यालय मुगुले जनाएको छ। बाजुरा र मुगुलाई जोड्ने गरी भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय कर्णाली प्रदेश सरकारले रकम विनियोजन गरेको थियो। यो पुल निर्माण भएपछि यहाँको बाजुरादेखि मुगु रारा हुँदै कर्णाली प्रदेशका सबै जिल्ला जोडिने भएका छन्। यो योजना प्रदेश सरकारबाट आएकोले ...
आत्महत्या गर्न पनि बढो हिम्मत चाहिन्छ

आत्महत्या गर्न पनि बढो हिम्मत चाहिन्छ

ताजा अपडेट, विचार
मुक्तक बाहिर देखाउन चोट चाहिन्छ खत चाहिन्छ । मनमा पिर अनि छाति भत भत चाहिन्छ । कायर रहेछ भन्छन भन्नेले सजिलै ,के थाहा,, आत्महत्या गर्न पनि बढो हिम्मत चाहिन्छ ।। लेखक:- सपना कुँवर धादिङ
प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान

प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान

Breaking News 2, ताजा अपडेट, समाचार
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड प्रस्थान गरेका छन्। एक दिने औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ‘बिमस्टेक’को छैटौँ शिखर सम्मेलनमा भाग लिन उनी थाई एयरलाइन्सको बिमानबाट बैंकक प्रस्थान गरेका हुन्। प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखकलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका छन्। औपचारिक भ्रमणका क्रममा बुधबार प्रधानमन्त्रीस्तरमा द्विपक्षीय वार्ता भइ पर्यटन र संस्कृतिका सन्दर्भमा दुई र गैरसरकारी क्षेत्रबीच छ वटा समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ। द्विपक्षीय वार्तापछि थाइल्याण्डका प्रधानमन्त्री पेटोङटार्न सिनावात्रासँगै प्रधानमन्त्री ओलीले संयुक्त प्रेस ब्रिफिङमा भाग लिनेछन्। चैत २२ गते बिमस्टेक शिखर सम्मेलनमा सहभागी भइ प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्य...
प्रधानमन्त्री ओली आज थाइल्याण्ड जाँदै

प्रधानमन्त्री ओली आज थाइल्याण्ड जाँदै

Breaking News 3, ताजा अपडेट, समाचार
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार आज दिउँसो थाइल्याण्डको औपचारिक भ्रमण जाँदैछन्। प्रधानमन्त्री ओली थाइल्याण्ड भ्रमणसँगै बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौं शिखर सम्मेलनमा सहभागी हुने कार्यक्रम छ। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार मंगलबार दिउँसो १२:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारसँग भेट गरेर ओली थाइल्याण्ड जाने छन्। ओलीले थाइल्याण्डको औपचारिक भ्रमण र बिम्स्टेकको छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रमम छ। बैंककमा रहँदा उनले शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। मंगलबार थाइल्याण्ड गएर प्रधानमन्त्री ओली २३ गते शनिबार स्वदेश फर्किने कार्यक्रम रहेको छ। प्रधानमन्त्री ओली थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावात (पैटोङ्टार्न शिनावात्रा)को मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक भ...
कञ्चनपुरको टेंढुवा गाउँबाट नियन्त्रणमा लिइएको पाटेबाघलाई निकुञ्जमा छाडियो

कञ्चनपुरको टेंढुवा गाउँबाट नियन्त्रणमा लिइएको पाटेबाघलाई निकुञ्जमा छाडियो

Breaking News 3, कन्चनपुर, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर- कञ्चनपुरको बेलौरी नगरपालिका–२ टेंढुवा गाउँबाट नियन्त्रणमा लिइएको बयस्क भाले पाटेबाघलाई गएराति शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छाडिएको छ । डिभिजन वन कार्यालयका प्रमुख रामविचारी ठाकुरका अनुसार बाघलाई निकुञ्जको कोर एरिया (भित्री भाग)को सुरक्षित प्राकृतिक बासस्थानमा छाडिएको हो । आइतबार गहुँबारीबाट सुरक्षित रुपमा उद्धार गरी ल्याएको बाघको स्वास्थ्य परीक्षण गरिएको थियो । बाघ स्वस्थ्य रहेको पाइएपछि निकुञ्ज क्षेत्रमा छाडिएको हो । डिभिजन वन कार्यालय कञ्चनपुर, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, जिल्ला प्रशासन कार्यालयलगायत सुरक्षा निकायसँगको छलफलपछि बाघलाई निकुञ्ज क्षेत्रमै छाड्ने निर्णय गरिएको प्रमुख ठाकुरले बताए । रासस...
बैतडीको दशरथचन्द नगरपालिकाले नगर बस सञ्चालन गर्दै

बैतडीको दशरथचन्द नगरपालिकाले नगर बस सञ्चालन गर्दै

Breaking News 2, ताजा अपडेट, बैतडी, समाचार, सुदूरपश्चिम
बैतडी- बैतडीको एक स्थानीय तहले नगरबस सञ्चालन गर्ने तयारी गरेको छ । जिल्लाको दशरथचन्द नगरपालिकाले बस खरिद गरेर ल्याइसकेको र यहीँ चैत २४ देखि सञ्चालनको तयारी भएको हो । दशरथचन्द नगरपालिकाका सूचना अधिकारी राजेन्द्र विष्टले जिल्लामा दशरथचन्द नगरबस सञ्चालन गर्ने पहिलो नगरपालिका बन्ने बताए । उनले भने, 'बस खरिद गरेर ल्याइसकिएको छ । चैत २४ गते औपचारिक रूपमा उद्घाटन गरेर नियमित सञ्चालन गर्नेछौँ ।' नगर प्रमुख पुष्करराज जोशी आफ्नो चुनावी नारामा गरिएको प्रतिबद्धताअनुसार नगरबस सञ्चालनको तयारी गरेको बताए । बस सञ्चालनमा आएपछि पालिकासम्म आवतजावत गर्ने सर्वसाधारणलाई सहज हुने उनले विश्वास व्यक्त गरे । उनका अनुसार उक्त बस काठमाडौंको सिपर्दी टेडिङ प्रालीले बोलपत्र आह्वानमार्फत ४३ लाख ९८ हजार २२९ मा खरिद गरिएको हो । न्यूनतम भाडामा सतबाँझ–झुलाघाट नियमित रूपमा सेवा दिने गरी नगरबस सञ्चालन हुनेछ । यसका साथ...
आज पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव

आज पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव

Breaking News 1, ताजा अपडेट, समाचार
काठमाडौँ- हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अ...
बझाङमा डेढ वर्षभित्र बन्नुपर्ने सडक र पुल ६ वर्षसम्म अधुरै, ठेकदार सम्पर्कविहीन

बझाङमा डेढ वर्षभित्र बन्नुपर्ने सडक र पुल ६ वर्षसम्म अधुरै, ठेकदार सम्पर्कविहीन

Breaking News 3, ताजा अपडेट, बझाङ, समाचार, सुदूरपश्चिम
बझाङ— बझाङमा ठेक्का सम्झौता भएको ६ वर्ष पुगिसक्दा पनि सडक र पुल नबनेपछि स्थानीयलाई समस्या भएको छ । जिल्लाको मष्टा गाउँपालिका(१, लाछीगाड खोलामा निर्माणाधीन पुल लामोसमयदेखि अलपत्र भएको हो । पुल नहुँदा प्रत्येक बर्खामा गाउँपालिकाका वडा नं २ देखि ७ सम्मका ६ वटा वडामा सडक सम्पर्क विच्छेद हुने गरेको छ । ‘सबै गाउँमा सडक पुगिसकेको छ । अरु बेला गाडीको यात्रा गर्न पाए पनि पुल नहुँदा बर्खामा टाढासम्म हिँडेरै आउजाउ गर्नुपर्छ, मष्टा-४ का बिर्ख बोहराले भने, ‘कोही बिरामी भयो भने पनि डोकोमा बोकेर ६-७ घण्टा लगायर अस्पताल पुर्‍याउनुपर्छ । पुल नबन्दा पालिकाको दुर्गममा रहेका लटौन, ठकुन्ना, रिलु, दय लगायतका गाउँका बासिन्दाले बर्खामा बढी सास्ती बेहोर्नु परिरहेको उनले बताए । डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी पूर्वाधार विकास कार्यालय बैतडीले २०७५ असोजमा पुष्पाञ्जली कन्स्ट्रक्सनलाई निर्माणको जिम्मा दिएको ...
डिजेल मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो

डिजेल मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो

Breaking News 1, ताजा अपडेट, समाचार
काठमाडौं- नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आजलेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँ र हवाई इन्धन (आन्तरिक)तर्फ सात रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर ५१ ले घटाएको हो । मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा डिजेल र मट्टितेल क्रमशः प्रतिलिटर एक सय ४६ रुपैयाँ ५० पैसा, एक सय ४८ रुपैयाँ र एक सय ४९ रुपैयाँ तथा आन्तरिकतर्फको हवाई इन्धन प्रतिलिटर एक सय २५ रुपैयाँ कायम भएको छ । यसैगरी निगमले अन्तरराष्ट्रियतर्फको हवाई इन्धन प्रतिकिलोलिटर काठमाडौँमा अमेरिकी डलर नौ सय ५२, पोखरामा सात सय ८२ र भैरहवामा सात सय ६७ तोकेको छ । इन्डियन आयल कर्पोरेसशनबाट आज प्राप्त नयाँ मूल्यसूचीअनुसार डिजेल, मट्टितेल र हवाई इन्धनको नयाँ खरिद मूल्य घटेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज