धनगढी । कैलालीमा भारतीय दर्शनार्थी चढेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । कैलारी गाउँपालिका–५ को मनिकापुरमा बेहडाबाबा मन्दिरको दर्शन गरेर फर्किरहेका भारतीय दर्शनार्थी चढेको नम्बर नखुलेको ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशि ले दुर्घटनामा एक जनाको मृत्यु भएको पुष्टि भैइसकेको र २७ जना घाईते को उपचार भई रहेको बताईको छ । मृतक लखिमपुर खिरि बस्ने ११ बर्षिय आयुश बर्मा रहेको बताईएको छ । अन्य घाइतेहरुको सेती प्रादेशिक अस्पताल र धनगढीकै निसर्ग हस्पिटलमा उपचार भइरहेको छ ।

