Advertisement

कैलाली जिल्लाका दुई स्थानमा भएका आगलागी घटनामा लाखौँ रुपैयाँको क्षति

Advertisement

धनगढी, चैत्र १५ – धनगढी उपमहानगरपालिका–३ मा सञ्चालित विवेक फिड इन्डष्ट्रिज प्रा.लि. मा आज दिउँसो १:०० बजे पानी बोइलर मेशिनबाट आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटना भएलगत्तै अस्थायी प्रहरी पोष्ट चटकपुरबाट प्रहरी टोली खटिएको थियो। दमकल तथा स्थानीयको सहयोगमा १:३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो। आगलागीबाट उद्योगको मेसिन तथा १ ट्रक बराबरको दाउरा जलेर करिब १६/१७ लाख रुपैयाँ बराबरको क्षति भएको छ। तर, कुनै मानवीय तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ।

यस्तै, भजनी नगरपालिका–७ पृथ्विपुर गौडीमा बेलुका ५:०० बजे मटरु यादवको कच्ची भान्साबाट हावाका कारण आगलागी भएको छ। घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय पृथ्विपुर र भजनीबाट प्रहरी टोली परिचालित भएको थियो। हावाका कारण आगो आसपासका ४/५ वटा कच्ची गोठ र गहुँबारीमा समेत फैलिएको छ। हालसम्म मानवीय तथा चौपाया क्षति नभएको र आगो निभाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।

यसैबीच, जिल्ला प्रहरी कार्यालय कैलालीका सहप्रवक्ता प्रहरी निरीक्षक लोक राज जोशि का अनुसार दुबै घटनामा मानवीय क्षति नभए पनि ठूलो आर्थिक नोक्सानी भएको छ। उनले भने, “धनगढीमा भएको आगलागी करिब आधा घण्टामा नियन्त्रणमा ल्याइएको थियो भने भजनीमा भइरहेको आगलागी नियन्त्रणका लागि प्रहरी, स्थानीयवासी र दमकलको टोली जुटिरहेको छ।”

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

दिनेश बि.सि-  कैलालीको घोडाघोडी नगरपालिका-१० पहलमानपुरस्थित कलम बम मेमोरियल ई. स्कूलले शैक्षिक सत्र २०८३ का लागि छात्रवृत्ति आवेदन...
बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बझाङ - बझाङको माथिल्लो बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कप यु १९ पुरुष क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । बित्थडचिर गाउँपालिका...
बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

धनगढी- बझाङका विभिन्न स्थानीय तहका विद्युत् सेवाबाट वञ्चित बस्तीहरूमा यथाशीघ्र राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न माग गरिएको छ। ...
मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

दिपक राज जोशी धनगढि: नवलपरासी जिल्ला स्थित पुर्व पश्चिम राजमार्ग को अरुण खोला नजिक टिप्पर ले मोटरसाइकल लाई ठक्कर दिदा एकजनाको मृत...
रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बझाङ–कैलाली सम्पर्क समिति गठन गरेको छ। धनगढीस्थित जियन होटलमा आज आयोजित एक कार्यक्...
बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङ - बझाङको बित्थडचिर गाउँपालिका- ९ स्थित सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका वडा नम्बर ७, ८ र ९ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा...
बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङ - बझाङको बित्थडचिर गाउँपालिकामा आयोजित ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८३ सम्पन्न भएको छ। बित्थडचिर गाउँ...
बालबालिका तथा युवाका समस्या समाधानका लागि प्रहरी

बालबालिका तथा युवाका समस्या समाधानका लागि प्रहरी

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना ले नगर बाल सञ्जालका प्रतिनिधिहरूसँग बालबालिका तथा युवाहरूक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज