Advertisement

काभ्रेपलाञ्चोकमा सातौं ब्याचको स्कुल नर्स तालिम सम्पन्न

Advertisement

काभ्रेपलाञ्चोकमा स्कुल नर्स तालिमको सातौं ब्याच कार्यक्रम सम्पन्न भएको छ। विद्यालय स्वास्थ्य सेवाको सुदृढीकरणका लागि स्वास्थ्य शिक्षा चेतना तथा अधिकार नेपाल (हियर नेपाल ) द्वारा सञ्चालित उक्त तालिम सम्पन्न भएको हो ।

दिनसम्म चलेको तालिममा विद्यालय स्वास्थ्य सेवाका लागि आवश्यक ज्ञान, सीप र व्यवहारिक पक्षहरू बारे व्यापक प्रशिक्षण दिइएको थियो।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश स्वास्थ्य तालिम केन्द्रका निर्देशक रहनु भएको थियो । । उनलेे विद्यालयमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न नर्सहरूको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै, तालिमले विद्यालय नर्सहरूलाई व्यवहारिक रूपमा दक्ष बनाउने विश्वास व्यक्त गरे । त्यस्तै उनलेे विद्यालय स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकारी निकाय, विद्यालय प्रशासन, नर्सहरू र सरोकारवालाहरूबीच समन्वय आवश्यक रहेको उल्लेख गरेका थिए ।

तालिमका विशेष अतिथि काभ्रेपलाञ्चोक जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख राघिश्री कक्षापती रहेका थिए। उनलेे विद्यालयहरूमा स्वास्थ्य सेवा प्रवर्धनका लागि योग्य र दक्ष नर्सहरूको आवश्यकताबारे प्रकाश पार्दै, सो तालिमले विद्यालय स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्ने बताए ।

तालिमको प्रमुख प्रशिक्षक मन्दिरा शाही र कुन्ज प्रशाद जोशीले सहभागी नर्सहरूलाई तालिममा सिकाइएका सीपहरू विद्यालयमा कार्यान्वयन गर्न निर्देशन दिए। प्रशिक्षकहरूले किशोराअवस्था तथा किशोरी स्वास्थ्य, प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य, पोषण, यौन दुर्व्यवहार तथा हिंसाबाट बच्ने उपाय, महिनावारी व्यवस्थापन र प्राथमिक उपचार जस्ता महत्वपूर्ण विषयहरूमा प्रशिक्षण प्रदान दिएका हुन् ।

सहभागी नर्सहरूले तालिममा सिकेका कुराहरू विद्यालयहशरमा लागु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

तालिम कार्यक्रमको समापन हियर नेपालका अध्यक्ष माधव जोशी अध्यक्षमा गरिएको हो । अध्यक्ष जोशीले सहभागी नर्सहरूलाई विद्यालय स्वास्थ्य कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सधैं प्रेरित रहन आग्रह गरे ।

स्वास्थ्य शिक्षा चेतना तथा अधिकार नेपालले आगामी दिनहरूमा थप जिल्लाहरूमा ,स्कुल नर्स तालिम सञ्चालन गर्ने योजना बनाएको छ, जसले विद्यालय स्वास्थ्य सेवाको दायरा फराकिलो पार्ने र विद्यार्थीहरूको समग्र स्वास्थ्य सुधारमा योगदान पुर्‍याउनेछ।

विद्यालय नर्सहरू विद्यालय स्वास्थ्य प्रणालीको मेरुदण्ड हुन्। यस्तो तालिमले उनीहरूलाई व्यवहारिक रूपमा दक्ष बनाउनुका साथै विद्यार्थीहरूलाई स्वास्थ्य सुरक्षाको पहुँचमा ल्याउन मद्दत गर्दछ। काभ्रेपलाञ्चोकमा सम्पन्न सातौं ब्याचको यो तालिमले विद्यालय नर्सहरूलाई सशक्त बनाएको छ, जसले आगामी दिनमा विद्यालय स्वास्थ्य सेवामा महत्वपूर्ण सुधार ल्याउनेछ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

नवज्योति कृषक बहुउद्देश्यीय सहकारीमाथि बाख्रा अनुदान कार्यक्रममा अनियमितताको आरोप

नवज्योति कृषक बहुउद्देश्यीय सहकारीमाथि बाख्रा अनुदान कार्यक्रममा अनियमितताको आरोप

धनगढी- कैलालीको मसुरियास्थित नवज्योति कृषक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमार्फत सञ्चालन गरिएको बाख्रा अनुदान कार्यक्रममा मूल्...
जन्मदिनको अवसरमा समाजसेवी रमेश ओडद्वारा विद्यार्थीलाई झोला वितरण

जन्मदिनको अवसरमा समाजसेवी रमेश ओडद्वारा विद्यार्थीलाई झोला वितरण

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका–६, दल्ली निवासी समाजसेवी तथा घटाल पोल्ट्री फर्मका सञ्चालक रमेश बहादुर ओडले आफ्नो जन्मदिनको अवसरम...
ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

धनगढी– धनगढी–पहाड रुटमा सञ्चालन हुँदै आएका ईभी हाइस तथा अन्य सवारी साधनका व्यवसायीहरूले आफूहरूलाई लागू गरिएको समयसीमा, नीति–नियम त...
केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज