Advertisement

Day: २०८१ चैत्र १४, बिहीबार २२:०८

काभ्रेपलाञ्चोकमा सातौं ब्याचको स्कुल नर्स तालिम सम्पन्न

काभ्रेपलाञ्चोकमा सातौं ब्याचको स्कुल नर्स तालिम सम्पन्न

समाचार
काभ्रेपलाञ्चोकमा स्कुल नर्स तालिमको सातौं ब्याच कार्यक्रम सम्पन्न भएको छ। विद्यालय स्वास्थ्य सेवाको सुदृढीकरणका लागि स्वास्थ्य शिक्षा चेतना तथा अधिकार नेपाल (हियर नेपाल ) द्वारा सञ्चालित उक्त तालिम सम्पन्न भएको हो । दिनसम्म चलेको तालिममा विद्यालय स्वास्थ्य सेवाका लागि आवश्यक ज्ञान, सीप र व्यवहारिक पक्षहरू बारे व्यापक प्रशिक्षण दिइएको थियो। कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश स्वास्थ्य तालिम केन्द्रका निर्देशक रहनु भएको थियो । । उनलेे विद्यालयमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न नर्सहरूको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै, तालिमले विद्यालय नर्सहरूलाई व्यवहारिक रूपमा दक्ष बनाउने विश्वास व्यक्त गरे । त्यस्तै उनलेे विद्यालय स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकारी निकाय, विद्यालय प्रशासन, नर्सहरू र सरोकारवालाहरूबीच समन्वय आवश्यक रहेको उल्लेख गरेका थिए । तालिमका विशेष अतिथि ...
महिला शाखाद्वारा ७ दिने सीप बिकास तालिम सञ्चालन

महिला शाखाद्वारा ७ दिने सीप बिकास तालिम सञ्चालन

समाचार
बझाङको जयपृथ्वी नगरपालिकाको महिला बिकास शाखाले ७ दिने सीप बिकास तालिम सञ्चालन गरेको छ । शाखाले १३ गते देखि नगरपालिकाकाे सभाहलमा महिलाहशरका लागि सीप विकास तालिम सञ्चालन गरिएको हो । नगर भित्रका ११ वटा वडाबाट २२ जना महिला सहभागी महिलाहरू सहभागी रहेका छन । एकल दलित सहित न्यून बर्गका महिलालाई आत्मनिर्भर बनाउने हेतुले चुरा,पाेते,औंठी,टप बनाउने तालिम सञ्चालन गरिएको जनाइएको छ ।...
कैलालीमा मोटरसाइकलको ठक्करबाट साकलयात्री घाइते

कैलालीमा मोटरसाइकलको ठक्करबाट साकलयात्री घाइते

समाचार
धनगढी- कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जना साकलयात्री घाइते भएका छन्।जिल्लाको कैलारी गाउँपालिका-४ भितरीया स्थित सुदूरपश्चिम प्रदेश ०१०१२ प ६८८१ नम्बरको मोटरसाइकलले अन्दाजी ६० वर्षीय एक पुरुषलाइ ठक्कर दिँदा उनी घाइते भएका प्रहरीले जनाएको छ। घाइतेको उपचार निसर्ग अस्पताल धनगढीमा भइरहेको जनाएको छ।...
मकवानपुरमा देवरले गरे भाउजुको हत्या

मकवानपुरमा देवरले गरे भाउजुको हत्या

समाचार
मकवानपुरमा देवरले भाउजुको हत्या गरेका छन् । बुधबार राति ९ बजे हेटौंडा उपमहानगरपालिका-१ चौकीटोलकी गुडिया दासको खुकुरी प्रहार गरी उनका आफ्नै देवर रमेश दासले हत्या गरेको प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । “दाइलाई खुकुरी प्रहार गरेपछि घरका आफन्तले बुहारीलाई नदेखेपछि खोजी गरेका थिए,” जिल्ला प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले भने, “खोजी गर्दै जाँदा घरको माथिल्लो तलामा पहिला नै भाउजुको हत्या गरेर ढोका लगाएको पाइयो ।” रमेशलाई नियन्त्रणमा लिइएको सापकोटाले जानकारी दिए । घटनाबारे अनुुसन्धान भइरहेको उनले बताए । “किन यो घटना घट्यो केही फरक तरिकाले अनुसन्धान गर्ने प्रयास गरिरहेका छौँ,” निरीक्षक सापकोटाले भने । रमेशको आक्रमबाट उनका दाजु रुपेश दास गम्भीर घाइते बनाएका छन् । उनको टाउको, हात, ढाडमा चोट लागेको छ ।...
गेटा अस्पतालमा दूरबिन प्रविधिबाट घुँडाको सफल शल्यक्रिया

गेटा अस्पतालमा दूरबिन प्रविधिबाट घुँडाको सफल शल्यक्रिया

समाचार
धनगढी- कैलालीको गोदावरी नगरपालिका स्थित गेटा अस्पतालमा पहिलो पटक दूरबिन प्रविधिबाट घुँडाको सफल शल्यक्रिया गरिएको छ । धनगढी उपमहानगरपालिकाको फूलबारीका १८ बर्षीय दिनेश गिरीको शल्यक्रिया गरिएको हो । ती बिरामीलाई सेती प्रादेशिक अस्पताल धनगढीबाट रेफर गरिएको थियो । गेटा गिरीको घुँडाको एसिएल इन्जुरीको शल्यक्रिया गरिएको अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीले जानकारी दिए । अस्पतालका हाडजोर्नी रोग विशेषज्ञ डा।मोहन नाथ र मोहनचन्द्र जोशी तथा एनेस्थेसिया विशेषज्ञ डा।आशीष तिवारी र ओटी नर्सहरु रोशिना शाही, रेबिका बिष्टको समूहले दूरबिन प्रविधिबाट शल्यक्रिया गरेको सूचना अधिकारी कार्कीले बताए । सेती प्रादेशिक अस्पतालबाट रेफर गरेपछि कता गएर उपचार गर्ने भन्ने अन्यौल भइरहेकाले बेला गेटामा त्यो उपचार सम्भव भएको जानकारी पाएपछि गेटामै उपचार गराएको गिरीले बताए । गिरी मंगलबार अस्पतालबाट डिस्चार्ज भएका छन् ।...
शिक्षक सेवा आयोगद्वारा ६ सय ८६ कोटामा निमावि तहको शिक्षक पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगद्वारा ६ सय ८६ कोटामा निमावि तहको शिक्षक पदका लागि आवेदन माग

समाचार
काठमाडौँ— शिक्षक सेवा आयोगले विभिन्न विषयका लागि ६ सय ८६ कोटामा निमावि तहको शिक्षक पदको लागि आवेदन खुला गरेको छ । सामुदायिक विद्यालयको निम्न माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले आवेदन आह्वान गरिएको सूचनामा उल्लेख छ । न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणालीबाट अनलाइन दरखास्त दिन आग्रह गरिएको छ । सूचना    ...
कारमा २५ प्रतिशत कर लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

कारमा २५ प्रतिशत कर लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

समाचार
वाशिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले आयात गर्ने सबै कार र कारका पाटपुर्जामा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन्। राष्ट्रपति ट्रम्पले यो निर्णय २ अप्रिलबाट लागू हुने बताएका छन्। ट्रम्प यो निर्णयले अमेरिकामा कारको व्यवसाय फस्टाउने तथा रोजगारीको अवसर सिर्जना गर्ने बताउँछन्। विश्लेषकले भने तत्काल यो निर्णय कार्यान्वयन हुँदा कार व्यवसायमा प्रतिकुल प्रभाव पार्नसक्ने बताएका छन्। उनीहरुले निकटस्थ देशसँगको सम्बन्धमा पनि यसले असर गर्न सक्ने बताएका छन्। अमेरिकाले गत वर्ष ८० लाख कार आयात गरेको थियो। साथै कारको बिक्री वितरणमा २४० अर्ब अमेरिकी डलर बराबरको कारोबार भएको थियो। मेक्सिकोबाट अमेरिकामा सबै भन्दा धेरै कार पुग्ने गरेका थिए भने त्यसपछि दक्षिण कोरिया, जापान, र जर्मनीबाट अमेरिकामा कार पुग्ने गरेका थिए। ट्रम्पले अहिले लिएको बाटो यथावतै रहने समेत उनले बताएका छन्। राष्ट...
कैलालीमा चालु आर्थिक वर्षको आठ महिनामा ५ अर्ब ३४ करोड राजस्व सङ्कलन

कैलालीमा चालु आर्थिक वर्षको आठ महिनामा ५ अर्ब ३४ करोड राजस्व सङ्कलन

समाचार
धनगढी- कैलाली भन्सार कार्यालय धनगढीले चालु आर्थिक वर्षको आठ महिनामा ५ अर्ब ३४ करोड १९ लाख बराबर राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि फागुन मसान्तसम्म उक्त राजस्व सङ्कलन गरेको हो । कार्यालयका सूचना अधिकारी खिमप्रसाद अर्यालका अनुसार यस अवधिमा भन्सार महसुलतर्फ दुई अर्ब ५९ लाख, मूल्य अभिवृद्धि करतर्फ दुई अर्ब ४१ लाख, अन्तःशुल्कतर्फ १३ करोड ८२ लाख र अन्यतर्फ एक अर्ब १९ करोड ३५ लाख राजस्व सङ्कलन गरिएको हो । चालु आवमा ११ अर्ब १६ करोड २६ लाख राजस्व सङ्कलनको वार्षिक लक्ष्य रहेकामा आठ महिनामा सो लक्ष्यको ४७ दशमलव ८६ प्रतिशतमात्रै सङ्कलन भएको उले जानकारी दिए । चालु आवको साउनमा ५७ करोड ५० लाख, भदौमा ५३ करोड ८४ लाख, असोजमा ६७ करोड २४ लाख र कात्तिकमा ६२ करोड ७८ लाख राजस्व सङ्कलन भएको छ । यस्तै, मङ्सिरमा ८१ करोड १३ लाख, पुसमा ६५ करोड ८७ लाख, माघमा ७३ करोड दुई लाख र फा...
आईपीएलमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ८ विकेटले हरायो

आईपीएलमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ८ विकेटले हरायो

समाचार
भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई हराएको छ । गए राति भएको खेलमा कोलकाताले राजस्थानलाई ८ विकेटले हराएको हो । पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५१ रन बनाएको थियो । जबाफी ब्याटिङमा उत्रिएको कोलकाताले १७ दशमलब ३ ओभरमा २ विकेटको क्षतिमा १ सय ५३ रन बनाउँदै लक्ष्य पूरा गरेको थियोे । राजस्थानका लागि यसश्वी जयसवालले २९, सन्जु सामसनले १३, रियान परागले २५, ध्रुव जुरेलले ३३ तथा जोफ्रा अर्चरले १६ रन बनाए । बलिङतर्फ पनि राजस्थानका वाइनिन्दु हसरंगाले १ विकेट लिए भने अन्य बलर विकेटविहीन रहे । कोलकाताका लागि क्विन्टन डिककले अविजित ९७ रनको पारी खेल्दा अजिङ्क्या राहाणेले १८ तथा अङ्गकृष रघुवंशीले २२ रन जोडेका थिए । बलिङतर्फ कोलकाताका लागि वैभव अरोरा, हर्षित राना, मोइन अली र वरुण चक्रवर्तीले २/२ विकेट लिँदा स्पेन्सर ज...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज