धनगढी- डडेल्धुराको एक वडा कार्यालयले मदिरा बिक्री वितरणमा रोक लगाएको छ । जिल्लाको आलिताल गाउँपालिका- ४ नम्बर वडा कार्यालयले एसईई परिक्षा अवधिभर मदिरा बिक्री वितरणमा रोक लगाएको हो ।
भोली बिहिबार चैत्र ७ गतेबाट माध्यमिक शिक्षा परिक्षा (एसईई) वडा नम्बर ४ को कृष्ण कालिका माध्यामिक विद्यालयमा सञ्चालन हुँदैछ ।
परिक्षालाई शान्तिपूर्ण तथा भयरहित वातावरणमा सम्पन्न गर्न मदिरा बिक्रीवितरणमा रोक लगाएको वडा कार्यालयले जारी गरेको सूचनामा भनिएको छ।
मदिराजन्य पदार्थ सेवन गरि जथाभावि हो-हल्ला तथा झै-झगडा भए परिक्षाको वातावरण प्रभावित हुनसक्ने अवस्थालाई मध्यनजर गरि उक्त अवधिभर मदिरा बिक्रीवितरणमा रोक लगाएको जनाएको छ ।
उक्त परिक्षा केन्द्रमा टाढा टाढाबाट परिक्षार्थी बालबालिकाहरु परिक्षा दिनको लागि आउने क्रम जारी रहेको छ।


