Advertisement

Day: २०८१ चैत्र ६, बुधबार २३:५०

बैतडीको पुर्चौडी बहुमुखी क्याम्पस स्ववियु सभापतिमा महरा निर्वाचित

बैतडीको पुर्चौडी बहुमुखी क्याम्पस स्ववियु सभापतिमा महरा निर्वाचित

Breaking News 1, Breaking News 2, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बैतडीको पुर्चौडी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा उत्तरा महरा निर्वाचित भएकी छन । बुधबार भएको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) की  महरा सभापति पदमा निर्वाचित भएकी हुन् । निर्वाचित महराले १ सय १९ प्राप्त गरिने भने उनका प्रतिद्वन्द्वी  अनेरास्ववियुका विष्णु दत्त अवस्थीले १ सय ३ मत पाए  । अखिल क्रान्तिकारीकी गीता भण्डारीले ९३ मत मात्रै प्राप्त गरिन्  । सचिवमा पनि नेविसंघकै सन्दीप भण्डारी १ सय १७ मत सहित निर्वाचित भएका छन् , भने कोषाध्यक्षमा अनेरास्ववियुकी बबिता साउँदले १ सय २५ मत पाएर निर्वाचित भइन् । उक्त क्याम्पसमा ५ सय ५७ विद्यार्थी रहेकोमा ३ सय ३० मत मात्रै  खसेकाे थियोे । जसमा १५ मत बदर भएका छन । बैतडीमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त पाँच वटा क्याम्पसमा चैत ५ गते  निर्वाचन भएको थियोे । मंगलबार निर्वाचन भ...
कञ्चनपुरमा वनका अध्यक्ष पक्राउ,, काठ तस्करी गरेको आरोप

कञ्चनपुरमा वनका अध्यक्ष पक्राउ,, काठ तस्करी गरेको आरोप

Breaking News 1, Breaking News 2, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कञ्चनपुरमा सामुदायिक वनका अध्यक्ष पक्राउ परेका छन् । जिल्लाको लालझाडी गाउँपालिका–४ स्थित जयदुर्गा सामुदायिक वनबाट सालको रुख कटानी गरेको आरोपमा वनका अध्यक्ष दानसिंह कार्की पक्राउ परेका हुन् । लालझाडी सवडिभिजन वन कार्यालयले अध्यक्ष कार्कीलाई पक्राउ गरेको हो । कार्कीले सामुदायिक वन क्षेत्रबाट  सालको रुख काटेर काठ तस्करी गरेको वन कार्यालयको दाबी छ । सामुदायिक अध्याक्षकै संलग्नतामा सालको रुख काटिएपछि उनलाई पक्राउ गरिएको लालझाडी सवडिभिजन वन कार्यालयका प्रमुख करुणकर जोशीले जानकारी दिए । उनका अनुसार उनीसँगै सालको २८.३४ क्यूफिट काठ बरामद गरिएको छ। उनलाई वन ऐन २०७६ तथा वन नियमावली २०७९ अनुसार कारबाही गरिने वन अधिकृत जोशीले बताए ।...
बैतडीका गाउँगाउँमा भाइरल ज्वरोका बिरामी

बैतडीका गाउँगाउँमा भाइरल ज्वरोका बिरामी

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बैतडीका गाउँगाउँमा भाइरल ज्वरोका बिरामी बढेका छन्। मौसममा आएको परिवर्तनसंगै जिल्लाका अधिकांश गाउँघरमा भाइरल ज्वरोका बिरामी बढेका हुन् । अहिले अस्पताल,स्वास्थ्यसंस्थामा आउने बिरामीमध्ये अधिकांस भाइरल ज्वरोका हुने गरेका स्वास्थ्यकर्मीहरुले बताएका छन्। सदरमुकामस्थित जिल्ला अस्पतालमा मात्रै दैनिक ५० जना भन्दा बढी भाइरल ज्वरोका बिरामी उपचारको लागि पुग्ने गरेका छन्। अस्पातालका सूचना अधिकारी हरिश पन्तका अनुसार दैनिक १५० जना उपचारका लागि आउने बिरामीमध्ये सबैभन्दा बढी भाइरल ज्वरोका बिरामी रहेका छन्। जिल्लाको तल्लोसोराड क्षेत्रको रेफरल सेन्टरको रुपमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा पनि भाइरल ज्वरोका बिरामी बढेका छन्। जिल्लाका अन्य स्वास्थ्यसंस्थामा पनि भाइरल ज्वरोको बिरामी बढेका छन्। गाउँगाउँमा बिरामी बढेपछि त्यहाँका स्वास्थ्यसंस्थाहरुमा पनि बिरामीको चाप बढ्न थालेको छ ।...
सेती लोकमार्गको भोकाधिकार र रुख कटान आदेश दिने सहमति

सेती लोकमार्गको भोकाधिकार र रुख कटान आदेश दिने सहमति

Breaking News 1, Breaking News 2, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- सुदूरपश्चिम प्रदेशको सेती लोकमार्गको भोकाधिकार र रुख कटानको आदेश दिने सहमति जुटेको छ। प्रदेशको कैलाली, डोटी, अछाम, बाजुरा, बझाङ हुँदै उरै भञ्ज्याङसम्म पुग्ने सेती लोकमार्गको भोकाधिकार र रुख कटानको आदेश दिने सहमति जुटेको हो । मंगलवार वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी र वन मन्त्रालयका सचिव डा दीपक खराल लगायतका अधिकारीहरूबीच मन्त्रालयमा भएको छलफलमा भोकाधिकार र रुख कटानको आदेश दिने सहमति भएको जनाइएको छ । यही चैत ३ गते प्रतिनिधिसभाको विशेष समयमा पूर्वमन्त्री आलेले वन तथा वातावरण मन्त्रालयले भोकाधिकार र रुख कटान आदेश नदिँदा सेती लोकमार्गको काम ठप्प भएको भन्दै ध्यानाकर्षण गराएका थिए।...
कैलालीमा एक युवती बलात्कृत, आरोपित पक्राउ

कैलालीमा एक युवती बलात्कृत, आरोपित पक्राउ

Breaking News 1, Breaking News 2, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीमा एक युवतीलाई  करणी गरेको आरोपमा १ जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित बी गाउँका २४ वर्षीय राजेश बिष्ट पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराका अनुसार सोही ठाउँकी २१ वर्षीया युवतीले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्। ‘उजुरीपछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ नै बिष्टलाई पक्राउ गरेको हो ।...
बान्निगढी जयगढ गाउँपालिकाको दोहोरो चरित्र: सूचना लुकाएर सुशासनको ढोल

बान्निगढी जयगढ गाउँपालिकाको दोहोरो चरित्र: सूचना लुकाएर सुशासनको ढोल

Breaking News 1, Breaking News 2, Breaking News 3, अछाम, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
अछाम: पारदर्शिता र सुशासनको नारा लगाउने बान्निगढी जयगढ गाउँपालिकाले व्यवहारमा संविधान र कानुनको उल्लंघन गर्दै आएको छ। नागरिकले सूचना माग्दा अस्वीकार गर्ने र सञ्चारमाध्यमले तथ्य सार्वजनिक गरेपछि उल्टै धम्की दिने प्रवृत्तिले गम्भीर प्रश्न खडा गरेको छ। पत्रकार तथा रेडियो बान्निगढी एफएमका सञ्चालक धनराज साउँदले पुरानो डोजर मर्मतसम्बन्धी खर्च विवरण माग्दा गाउँपालिकाले सूचना दिन अस्वीकार गर्यो। तीन वर्षअघि नयाँ डोजर खरिद गरिसकेको अवस्थामा समेत पुरानो डोजर मर्मतमा लाखौँ खर्च भएको भन्दै सूचना मागिएको थियो। तर, संविधानको धारा ३ को उपधारा ३ को गलत व्याख्या गर्दै पालिकाले जानकारी दिन अस्वीकार गर्‍यो। पत्रकार धनराज साउँदले सुचना माग गरेको निवेदन  पत्रकार धनराज साउँदले माग गरेको सुचना बान्निगढी जयगढ गाउँपालिकाले कानुन संवत् दिन नमिल्ने भनेर काटिएको पत्र संविधानको धारा २७ अनुसार प्रत्ये...
औषधि ब्यबस्था बिभागका काम प्रति फार्मेशि सघं को आपत्ति

औषधि ब्यबस्था बिभागका काम प्रति फार्मेशि सघं को आपत्ति

समाचार
काठमाडौं, नेपाल – नेपाल फार्मेसी संघले हालै औषधि व्यवस्था विभागद्वारा जारी गरिएको ‘Reserve Antibiotics’ सम्बन्धी सूचनाप्रति आपत्ति जनाउँदै, यसको कार्यान्वयनमा आवश्यक सुधार गर्न माग गरेको छ। संघका अनुसार विभागले सार्वजनिक गरेको सूचना अस्पष्ट, आधिकारिकता बिहीन र आत्मघाती प्रवृत्तिको भएकोले यसले समुदायस्तरका फार्मेसी व्यवसायलाई अन्योलमा पार्ने खतरा रहेको छ। संघले विभागले औषधि वितरण प्रक्रियामा असहजता ल्याउने जुनसुकै निर्णयलाई समर्थन गर्न नसक्ने स्पष्ट पारेको छ। नेपाल फार्मेसी संघले फार्मासिष्टहरूका हकहित र औषधि आपूर्तिको सन्तुलन कायम राख्नुपर्ने कुरामा जोड दिँदै, औषधि ऐन, २०३५ अनुरूप उचित ढंगबाट नीतिहरू लागू गर्न सरकारलाई आग्रह गरेको छ। संघले स्वास्थ्य सेवा प्रदायक संस्थाहरूसँग समेत छलफल गरी उचित नीति निर्माण गर्नुपर्नेमा जोड दिएको छ। संघका महासचिव युवराज भुसालले हस्ताक्षर गरेको विज्ञप्तिम...
डडेल्धुराको एक वडा कार्यालयद्वारा एसईई अवधिभर मदिरा बिक्री वितरणमा रोक

डडेल्धुराको एक वडा कार्यालयद्वारा एसईई अवधिभर मदिरा बिक्री वितरणमा रोक

समाचार
धनगढी- डडेल्धुराको एक वडा कार्यालयले मदिरा बिक्री वितरणमा रोक लगाएको छ । जिल्लाको आलिताल गाउँपालिका- ४ नम्बर वडा कार्यालयले एसईई परिक्षा अवधिभर मदिरा बिक्री वितरणमा रोक लगाएको हो । भोली बिहिबार चैत्र ७ गतेबाट माध्यमिक शिक्षा परिक्षा (एसईई) वडा नम्बर ४ को कृष्ण कालिका माध्यामिक विद्यालयमा सञ्चालन हुँदैछ । परिक्षालाई शान्तिपूर्ण तथा भयरहित वातावरणमा सम्पन्न गर्न मदिरा बिक्रीवितरणमा रोक लगाएको वडा कार्यालयले जारी गरेको सूचनामा भनिएको छ। मदिराजन्य पदार्थ सेवन गरि जथाभावि हो-हल्ला तथा झै-झगडा भए परिक्षाको वातावरण प्रभावित हुनसक्ने अवस्थालाई मध्यनजर गरि उक्त अवधिभर मदिरा बिक्रीवितरणमा रोक लगाएको जनाएको छ । उक्त परिक्षा केन्द्रमा टाढा टाढाबाट परिक्षार्थी बालबालिकाहरु परिक्षा दिनको लागि आउने क्रम जारी रहेको छ।...
दार्चुलामा पैसा राख्ने गल्ला भित्र चरेश राख्ने महिला पक्राउ

दार्चुलामा पैसा राख्ने गल्ला भित्र चरेश राख्ने महिला पक्राउ

Breaking News 1, ताजा अपडेट, दार्चुला, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- दार्चुलामा चरेशसहित एक महिला पक्राउ परेकी छन। जिल्लाको महाकाली नगरपालिका-१ छापरीमा सोही ठाउँ बस्ने ४६ वर्षीया जानकी कार्की चरेशसहित पक्राउ परेकि हुन्  । कार्कीले संञ्चालन गरेको किराना पसलमा खानतलासी गर्दा पैसा राख्ने गल्ला भित्र १ सय ३६ ग्राम चरेश फेला पारी उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । चरेशसहित उनलाई सामुदायिक प्रहरी सेवा केन्द्र बाङ्गाबगर, दार्चुलाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।...
सुनिता र बुच नौ महिनापछि अन्तरिक्षबाट पृथ्वीमा फर्किए

सुनिता र बुच नौ महिनापछि अन्तरिक्षबाट पृथ्वीमा फर्किए

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाचार
एजेन्सी- अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर नौ महिना अन्तरिक्षबाट फर्किएका छन् । भारतीय समयअनुसार बिहान ३ बजेर २७ मिनेटमा चार अन्तरिक्ष यात्री बोकेको क्याप्सुल फ्लोरिडाको तटनजिकै समुद्रको तटमा अवतरण गरिएको हो । अन्तरिक्षयानबाट बाहिर निस्किदा उनीहरुको अनुहारमा मुस्कान देखिएको थियो । उनीहरु १७ घण्टापछि जमिनमा पुगेका हुन् । सुनिता विलियम्स र बुच विल्मोर ५ जुन २०२४ मा स्टारलाइनर परीक्षण यानबाट आईएसएस गएका थिए । त्यहाँ आठ दिन बिताएपछि उनीहरू फर्कने तयारी थियो । तर, अन्तरिक्षयानमा गडबडीका कारण फर्किन पाएका थिएनन् ।...
ऐश्वर्य बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका भट्ट निर्वाचित

ऐश्वर्य बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका भट्ट निर्वाचित

Breaking News 1, Breaking News 2, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको धनगढीस्थित ऐश्वर्य बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु ) सभापतिमा नेपाल विद्यार्थी संघ (नेविसंघ) दीपकराज भट्ट निर्वाचित भएका छन् । मंगलबार भएको स्ववियु चुनावमा ५ सय ३३ मत ल्याएर सभापतिमा भट्ट निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका दिपेन्द्र भट्टले ४ सय २५ मत र अखिल क्रान्तिकारीका विकास बिष्टले ४ सय २ मत प्राप्त गरे । यस्तै, सचिवमा देवेन्द्र बोहरा ५ सय ५४ मत र कोषाध्यक्षमा सन्चिताकुमारी चौधरी ५ सय ६९ मत प्राप्त गरी निर्वाचित भएका छन् । यी दुबै नेविसंघ नेतृत्वको प्यानलका उम्मेदवार थिए। दुई हजार एक सय विद्यार्थी रहेको उक्त क्याम्पसमा मंगलबार भएको मतदानमा एक हजार ४०३ मत खसेको थियो। यसअघि ऐश्वर्य बहुमुखी क्याम्पसमा तीन पटक स्ववियु निर्वाचन भएको थियो। १५ वर्षअघि भएको निर्वाचनमा नेविसंघका राजेन्द्र भट्ट सभापति निर्वाचित भएका थिए। ...
बैतडीका ५ क्याम्पसको नतिजा सार्वजनिक, अनेरास्ववियु ३, नेविसंघ २,  एक क्याम्पसमा आज निर्वाचन हुँदै

बैतडीका ५ क्याम्पसको नतिजा सार्वजनिक, अनेरास्ववियु ३, नेविसंघ २, एक क्याम्पसमा आज निर्वाचन हुँदै

Breaking News 1, Breaking News 2, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बैतडीमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तरगतका ५ वटा क्याम्पसमा स्ववियु निर्वाचनको अन्तिम नजिता सार्वजनिक भएको छ । सार्वजनिक नतिजा अनुसार ३ क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियु र २ क्याम्पसमा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) विजयी भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिकामा रहेको श्रीकोट बहुमुखी क्याम्पसमा अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानलबाट अनेरास्ववियुका नवीन कपाडी स्ववियु सभापतिमा निर्वाचित भएका छन् । शिवनाथ गाउँपालिकामा रहेको ग्राम प्रकाश बहुमुखी क्याम्पसमा नेविसंघबाट कविता साउँद सभापतिमा विजयी भएकी छिन । डिलाशैनी गाउँपालिका-६ गोकुलेश्वरमा रहेको सेटिगाउँ बहुमुखी क्याम्पसको सभापतिमा नेविसंघका कृष्णसिंह रावल विजयी भएका छन् । यस्तै दशरथचन्द नगरपालिकामा रहेको शिक्षा क्याम्पस शाहीलेकको स्ववियु सभापतिमा अनेरास्ववियुका अक्बर चन्द निर्विरोध निर्वाचि...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज