Advertisement

Day: २०८१ फाल्गुन २२, बिहीबार २२:३५

लोकसेवा विधेयकविरुद्ध विद्यार्थी संगठनको धर्ना, धनगढीमा तनाव

लोकसेवा विधेयकविरुद्ध विद्यार्थी संगठनको धर्ना, धनगढीमा तनाव

Breaking News 1, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
धनगढी— प्रदेश सरकारले स्थानीय तहका करार कर्मचारीलाई स्वतः स्थायी गर्ने विधेयक अघि बढाएपछि विद्यार्थीहरू आन्दोलित भएका छन्। उक्त विधेयकको विरोधमा संयुक्त विद्यार्थी संगठनले धनगढीस्थित प्रदेशसभा भवन अगाडि धर्ना दिएपछि स्थिति तनावग्रस्त बनेको हो। विरोध प्रदर्शनलाई नियन्त्रणमा लिन खोज्दा विद्यार्थी र सुरक्षाकर्मीबीच धकेलाधकेल भएको प्रत्यक्षदर्शीहरू बताउँछन्। केही विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने आन्दोलनरत विद्यार्थीहरूले उनीहरूको रिहाइको माग गरेका छन्। विद्यार्थी संगठनहरूले उक्त विधेयकलाई लोकसेवाको मर्मविपरीत भन्दै तत्काल फिर्ता लिन माग गरेका छन्। उनीहरूले प्रदेश सरकारले आफ्नो माग बेवास्ता गरे आन्दोलन थप चर्काउने चेतावनीसमेत दिएका छन्।...
बझाङमा ढुंगा संकलन गर्ने क्रममा माथिबाट खसेको ढुंगा लाग्दा महिला घाईते

बझाङमा ढुंगा संकलन गर्ने क्रममा माथिबाट खसेको ढुंगा लाग्दा महिला घाईते

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङमा माथिबाट खसेको ढुंगा लाग्दा एक महिला घाईते भएकी छन । जिल्लाको सुर्मा गाउँपालिका–२ डोगडीकी २७ वर्षीया छायाँं बोहरा माथिबाट खसेको ढुंगा लाग्दा गम्भीर घाइते भएकी हुन । बिहिवार दिउँसो करिब १ बजे गिट्टी (ढुंगा) संकलन गर्ने क्रममा माथिबाट खसेको ढुंगाले निधारमा गम्भीर चोट लागेर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनलाई जिल्लामा उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी रेफर गरिएको जिल्ला प्रहरीले जनाएको छ ।...
कैलालीको अत्तरियामा विद्युतका कर्मचारी माथि खुकुरी प्रहार ,  प्रहार गर्ने समुह फरार

कैलालीको अत्तरियामा विद्युतका कर्मचारी माथि खुकुरी प्रहार , प्रहार गर्ने समुह फरार

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको गोदावरी नगरपालिका-१ मा नेपाल विद्युत प्राधिकरणका कर्मचारीमाथि अज्ञात समूहले खुकुरी प्रहार गरेको छ । विहिबार बिहान कार्यालय अगाडि अज्ञात समूहले कर्मचारी सुन्दरलाल चौधरी माथी खुकुरी प्रहार गरेको हो । खुकुरीले चौधरीको टाउकोमा चोट लागेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । घाईते चौधरीलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा पठाईएको डिएसपी गंगा बहादुर थापाले बताए । उनको अनुसार खुकुरी प्रहार गर्ने फरार रहेको र, खोजी कार्य जारी रहेको बताए । स्थानीयका अनुसार ३ मोटरसाइकलमा आएका ६ जनाले कार्यालय अगाडि उभिएका चौधरी माथी खुकुरी प्रहार गरेका थिए ।...
सीप तथा रोजगार मेलामा २५ जनालाई बेतबाँसको तालिम,,स्वरोजगार बन्ने सहभागिको अपेक्षा

सीप तथा रोजगार मेलामा २५ जनालाई बेतबाँसको तालिम,,स्वरोजगार बन्ने सहभागिको अपेक्षा

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको धनगढी उपमहानगरपालिकामा सीप तथा रोजगार मेला जारी छ । स्वदेशी उत्पादनको प्रबद्र्धन गर्ने उद्देश्य सहित धनगढी उपमहानगरपालिकाले आयोजना गरेको सिप तथा रोजगार मेला खुलामञ्चमा चलिरहेको छ उक्त मेलामा २५ जनालाई बेतबाँसको तालिम दिइदै आएको छ । रोजगार ब्यवसायी महासंघ सगंको सहकार्यमा उपमहानगरपालिकाले बिभिन्न २९ बिधामा तालिम दिइरहेको छ । सोही मेलामा उपमहानगरले २२ जना महिला र ३ जना पुरुषलाई बेतबाँसको तालिम दिइरहेको हो । हालसम्म तालिममा सहभागीहरुले मुडा, र्याक लगायतका सामग्री बनाउन सिकिसकेका छन् । घर आगन तथा जगंलमा रहेको बेतबाँसको उपयोग नगरी बिभिन्न ठाउँमा काठबाट भनेका कुर्सी टेवल प्रयोग गर्ने प्रचलन बढ्दो छ । आफ्नै ठाउँमा रहेको बेतबाँसको प्रयोग गर्न नजान्दा घरमा आवश्यक पर्ने फर्निचरका लागी महगों शुल्क तिर्नुपर्ने बाध्यता छ । यसै बाध्यतालाई मध्यनजर गर्दै धनगढी उपमहानगरपालिकाले सिप तथ...
दार्चुलामा जिप दुर्घटना हुँदा चालकको मृत्यु

दार्चुलामा जिप दुर्घटना हुँदा चालकको मृत्यु

Breaking News 1, ताजा अपडेट, दार्चुला, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- दार्चुलामा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्लाको महाकाली नगरपालिका–२ मैखोलीमा बुधबार जिप दुर्घटना हुँदा चालक महाकाली नगरपालिका–२ का २७ वर्षीय महेश भुलको उपचारका क्रममा मृत्युु भएको हो । जिपमा सवार सुशान्त भुल र सागर भुलको भने जिल्ला अस्पतालमा उपचार भइरहेको छ। नौगाड गाउँपालिकाको दल्लेकबाट सदरमुकाम खलङ्गातर्फ आइरहेको सुदूरपश्चिम प्रदेश–००१–ज–०००५ नम्बरको जिप बुधबार ४ः ३० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरक्षक छत्रबहादुर रावतले जानकारी दिए। जिप सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो। दुर्घटनाका कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
कुलमान घिसिङलाई स्पष्टीकरण सोधिने

कुलमान घिसिङलाई स्पष्टीकरण सोधिने

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधिने भएको छ । ऊर्जामन्त्री दीपक खड्काको प्रस्तावमा मन्त्रिपरिषद्ले स्पष्टीकरण सोध्ने अधिकार दिएको हो । बैठकले तीन दिनको म्याद दिएर स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सरकारलाई थाहै नदिई भारतबाट नेपाल आयात हुने विद्युतमा महसुल दर बढाएको भन्दै गएको हप्ता ऊर्जा मन्त्रालयले घिसिङलाई २४ घन्टे स्पष्टीकरण सोधेको थियो । घिसिङले आफूलाई स्पष्टीकरण सोध्ने र पदमुक्त गर्ने अधिकार मन्त्रालयसँग नरहेको दाबी गर्नुभएको थियो । यसअघि पनि ऊर्जा मन्त्रालयले घिसिङलाई ‘पदबाट किन नहटाउने ?’ भन्दै स्पष्टीकरण सोधेको थियो । घिसिङले कार्यसम्पादन सम्झौताअनुसार भदौ महिनाभित्र कार्यसम्पादन मूल्याङ्कन गराइसक्नुपर्नेमा त्यसका लागि आवश्यक विवरण नै बुझाउनुभएको थिएन । तेस्रो वर्ष कार्यसम्पादन मूल्याङ्कनमा ५० प्रतिशतभन्दा कम अङ्क ल्याएको अवस्थामा क...
प्रधानमन्त्री ओलीको विज्ञ सल्लाहकारमा खरेल

प्रधानमन्त्री ओलीको विज्ञ सल्लाहकारमा खरेल

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
धनगढी- प्रधानमन्त्री केपी शर्मा ओलीको विज्ञ सल्लाहकारमा अग्नि खरेल नियुक्त भएका छन् । बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले खरेललाई विज्ञ सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । ‘प्रधानमन्त्रीको विज्ञ सल्लाहकारमा अग्नि खरेललाई नियुक्त गर्ने निर्णय गरिएको छ,’ ती मन्त्रीले भने । खरेल यसअघि पूर्वमहान्यायाधिवक्ता पनि थिए । झापाको गौरादह स्थायी घर भएका खरेललाई त्यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले महान्यायाधिवक्ता नियुक्त गरेकि थिइन् । ०६४ र ०७० मा संविधानसभा सदस्य रहेका खरेल प्रधानमन्त्री ओलीको पहिलो कार्यकालमा कानुनमन्त्री थिए । उनी हाल नेकपा एमालेको स्थायी कमिटी सदस्य छन् । खरेलले ०४७ सालको संविधान निर्माणमा माधव कुमार नेपालको कानुनी सल्लाहकारको रुपमा भूमिका निर्वा...
भाडाको कोठा

भाडाको कोठा

ताजा अपडेट, बझाङ, सूचना प्रविधि
दिपेन्द्र धामी- बझाङ । सुन्दर नौलो बिहानको कथा बुनेर, हजारौं सपनाहरू लिएर मानिसहरू शहर पस्छन्। उज्यालो भविष्यको खोजीमा गाउँ छोडेर आएका यी अनुहारहरू हरेक बिहान आफ्नो भाग्य कोर्न निस्कन्छन्। कसैले पढ्न, कसैले काम गर्न, त कसैले परिवारको बोझ बोक्न, तर गन्तव्य एउटै रहेछ सफलताको सहर। तर यो सहर उनीहरूलाई सहजै अंगालो हाल्दैन। घरैघरको भीडमा उनीहरूका लागि एउटा थलो खोज्नु ठूलो संघर्ष बन्छ। "कता जाऊँ? के गरूँ? कता बसूँ?" यिनै प्रश्नहरूले दिनभर मनलाई घोच्छ। कोठा खोज्दै हिँड्दा कहिले घरबेटीको शर्तहरू, कहिले महँगो भाडा, त कहिले अपरिचित शहरको एक्लोपनले मन भारी बनाउँछ। कोठा पाउनु मात्रै जित होइन रहेछ त्यसलाई टिकाइराख्नु अझ कठिन छ। कसैको बुवा, कसैको आमा, दाजुभाइ र दिदीबहिनीको पसिनाले कमाएको पैसा,बाँच्ने संघर्ष कति पीडादायी हुन्छ, त्यो भोग्नेहरूलाई मात्र थाहा हुन्छ। महिनाको अन्त्य आउनुअगावै भाडा तिर...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज