कैलालीमा विषादी सेवन गरेका आमा र छोरीको मृत्यु भएको छ । जिल्लाको कैलारी गाउँपालिका–२ बस्ने ३५ वर्षीया मिना चौधरी र उनकी १९ वर्षीया छोरी सुस्मिता चौधरीको विषादी सेवनबाट मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले शुुक्रबार दिउँसो कैलारी गाउँपालिकास्थित घरमै नाम नखुुलेको विषादी सेवन गरेको अवस्थामा आमा र छोरी भेटिएको थिए ।
मृतकका छोराले दुुवै जनालाई उपचारका लागि धनगढीको कैलाली अस्पताल ल्याएका थिए तर उनीहरुको उपचारकै क्रममा मृत्यु भएको डीएसपी बोहराले जानकारी दिए । उनीहरुको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
घटनाबारे अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

