Advertisement

Day: २०८१ फाल्गुन १०, शनिबार २२:२२

विद्यावारिधि गरेका ५ जना प्राध्यापकलाई स्ववियुको सम्मान 

विद्यावारिधि गरेका ५ जना प्राध्यापकलाई स्ववियुको सम्मान 

कैलाली, दैनिक, राजनीति, शिक्षा, समाचार, सुदूरपश्चिम
धनगढी - विगत २ वर्षयता विद्यावारिधि गरेका कैलाली बहुमुखी क्याम्पसमा अध्यापनरत ५ जना प्राध्यापक हरुलाई स्वतन्त्र विद्यार्थी युनियन कैलाली बहुमुखी क्याम्पसले सम्मान गरेको छ। एक कार्यक्रमका विच देशकै अग्रणी शैक्षिक संस्था कैलाली बहुमुखी क्याम्पसमा यसवर्ष भर्ना भएका झण्डै २ हजार बढी विद्यार्थीहरुलाई स्वागत गर्दै स्वतन्त्र विद्यार्थी युनियनद्वारा यो दुईवर्षको अवधिमा विद्यावारिधि गरेका कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक डा. शिवराज जोशी  सह प्राध्यापक डा. शिव प्रसाद सापकोटा सह प्राध्यापक डा. प्रयागराज जोशी उप प्राध्यापक डा. मान बाहादुर जोरा डा. बासुदेव विष्ट डा. नारायणी भट्ट सङ्गै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन २०७९ सम्पन्न गर्न संयोजकको भूमिकामा रहनुभएका सह प्राध्यापक अम्बिकेश्वर प्रसाद जोशीलाई समेत सम्मान गरिएको स्ववियु अध्यक्ष यमराज जोशीले जानकारी दिनुभएको छ। स्वतन्त्र विद्यार्थी ...
खप्तडछान्नामा मष्टा मन्दिर पुनःनिर्माणका लागि सर्वेक्षण

खप्तडछान्नामा मष्टा मन्दिर पुनःनिर्माणका लागि सर्वेक्षण

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
उत्तमकुमार थापा- बझाङ बझाङको खप्तडछान्ना गाउँपालिका ६ मा रहेको मष्टा मन्दिर (माणु) पुनःनिर्माणका लागि सर्वेक्षण गरिएको छ । खप्तडछान्ना बडाकाेटकाे डाँडा माणुमा रहेको मष्टा मन्दिर (माणु) काे निर्माण कार्यकालागि जिल्लाबाट गएको इन्जिनियर  र प्राविधिकहरुकाे टाेलीले सर्वेक्षण गरेको हाे । मष्टा मन्दिर विगत अढाइ सय बर्ष पहिला निर्माण भएको स्थानीय तथा छबिसपाथिभेरा गाउँपालिकाका लेखापाल मुकेश थापाले बताए । जीर्ण अवस्थामा रहेको मष्टा माणु निर्माणका लागि स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकारसम्म धाउँदा पनि कसैको ध्यान नभएपछि स्थानीयहरुकाे बैठकबाट भेटि स्वरुप उठेकाे पैसाले मन्दिर निर्माण गर्ने निर्णय भएर पुनःनिर्माणको कार्य अघि बढाइएको हो । पाचागाई बयानीकाे मुख्य मानिएकाे मष्टा माणु भेटि स्वरुप उठेकाे करिव २७ लाख बढी रुपैयाँमा निर्माण हुन लागेको शिक्षक नन्द थापाले जानकार दिए । मन्दिर...
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ कैलालि को चौथो जिल्ला अधिवेशन सम्पन्न

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ कैलालि को चौथो जिल्ला अधिवेशन सम्पन्न

समाचार
  राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ  कैलालि को चौथो जिल्ला अधिवेशन कैलाली बौनियाँ मा सम्पन्न भएको छ। यस अधिवेशनबाट अध्यक्ष विक्रम बहादुर बोहराको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ। कार्यक्रमको अध्यक्षता जयकला रावलले गरेकी थिइन् भने प्रमुख अतिथि महासंघका केन्द्रीय  उपमहासचिब हिमालय तिवारी रहनुभएको थियो। विशिष्ट अतिथिका रूपमा बर्दगोरियाका मेयर कर्ण कुँवर , नेकपा एमाले कैलालि अधक्ष्य यज्ञ ढुंगाना   तथा अन्य अतिथि केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज सिद्ध ढुंगाना, केन्द्रीय सदस्यहरू भरत खाती र ईश्वरी भुसाल रहनुभएको थियो। नवगठित कार्यसमितिमा अध्यक्ष विक्रम बहादुर बोहरा, उपाध्यक्ष बिज्ञान भट्ट, महिला उपाध्यक्ष सृजना चन्द, सचिव अनिल सिंह, उप-सचिव सागर बम र अन्य सदस्यहरू नृप बिक, अम्बिका कुमारी कार्की, सान्ती लामा, गोमा रोक्का, कर्ण बहादुर बिष्ट, भुवन शाह, बल बह...
कैलालीमा आमा छोरीले गरिन् विषादी सेवन, दुवैजनाको  मृत्यु

कैलालीमा आमा छोरीले गरिन् विषादी सेवन, दुवैजनाको मृत्यु

Breaking News 1, कैलाली, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कैलालीमा विषादी सेवन गरेका आमा र छोरीको मृत्यु भएको छ । जिल्लाको कैलारी गाउँपालिका–२ बस्ने ३५ वर्षीया मिना चौधरी र उनकी १९ वर्षीया छोरी सुस्मिता चौधरीको विषादी सेवनबाट मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले शुुक्रबार दिउँसो कैलारी गाउँपालिकास्थित घरमै नाम नखुुलेको विषादी सेवन गरेको अवस्थामा आमा र छोरी भेटिएको थिए । मृतकका छोराले दुुवै जनालाई उपचारका लागि धनगढीको कैलाली अस्पताल ल्याएका थिए तर उनीहरुको उपचारकै क्रममा मृत्यु भएको डीएसपी बोहराले जानकारी दिए । उनीहरुको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटन महोत्सव सुरु, पर्यटकलाई ‘नेचर गाइड’ निःशुल्क

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटन महोत्सव सुरु, पर्यटकलाई ‘नेचर गाइड’ निःशुल्क

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी-  कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटकलाई पथ प्रदर्शक (नेचर गाइड) निःशुल्क गरिएको छ । शुक्रबारदेखि भीमदत्त नगरपालिकाले आयोजना गरेको शुक्लाफाँटा पर्यटन महोत्सवमा महोत्सव अवधिभर निकुञ्ज भ्रमण गर्ने पर्यटकलाई पथ प्रदर्शक निःशुल्क गरिएको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको स्थापना दिवसको अवसर पारेर शुक्रबारदेखि १५ गतेसम्म शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा शुक्लाफाँटा पर्यटन महोत्सव आयोजना गरिएको छ । नगरपालिकाले निकुञ्जमा पर्यटक भित्र्याउन पर्यटन महोत्सव आयोजना गरेको भीमदत्त नगर पर्यटन विकास समितिका संयोजक राजेन्द्र केसीले जानकारी दिए । उनले पर्यटकका लागि शुक्लाफाँटा आकर्षक गन्तव्य भएकाले यसको प्रचारप्रसार गर्न महोत्सवको आयोजना गरेको बताए । “एक सातासम्म चल्ने महोत्सवमा निकुञ्ज भ्रमण गर्ने पर्यटकलाई निःशुल्क नेचर गाइडको व्यवस्था गरिएको छ ।” उनले भने, “पर्यटकल...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज