बझाङमा १४ वर्षीया बालिकामाथि राति १० बजे करणी, एकजना पक्राउ
धनगढी- बझाङमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
जिल्लाको जयपृथ्वी नगरपालिका-७ बस्ने २१ वर्षीय अक्कल बोहरा ती बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् ।
बोहराले फागुन ४ गते राति करिब १० बजेको समयमा मष्टा गाउँपालिका-५ द्वारीकी १४ वर्षीया बालिकालाई घर नजिकै बोलाएर जबरजस्ती करणी गरेका थिए । पीडित पक्षले घटना भएको दुई दिनपछि फागुन ६ गते प्रहरीमा जाहेरी दिएका थिए। अहिले प्रहरीले आरोपी बोहरालाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ।...








