नेकपा एमाले र नेपाली कांग्रेस निकट गठबन्धन बाट उपाध्यक्षका उम्मेदवार काजिबहादुर श्रेष्ठ नेतृत्वको प्यानल बाट बोहरा उम्मेदवार बनेका हुन् । उनले निकटम प्रतिद्वन्दी धन बहादुर चौधरी लाई ९० मतको अन्तरले पछि पार्दै निर्बाचित भएका छन। बोहराले ४१७ मत र चौधरीले ३२७ मत प्राप्त गरेका छन भने कुल जम्मा मत ७४९ मत खसेको थियो।
एमाले -कांग्रेस गठबन्धन बाट भुगोल तर्फ सुदुर पश्चिम् प्रदेश सदस्यमा उम्मेदवार दिएका बोहरा नेल्टा नेपालका सुदुर पश्चिम् प्रदेश संयोजक हुन । सुदुर पश्चिम् प्रदेशमा कुल १ हजार ६ सय ६७ जना मतदाता रहेका थिए।
बोहराले भूगोल तर्फ सुदुर पश्चिम् प्रदेश सदस्यमा निर्बाचित भएपछि आफ्नो प्राथमिकता पशु स्वास्थ तथा पशु सेवा ब्यवसायलाई कानुनी मान्यताका लागि ब्यवस्थित,मर्यादित र गुणस्तरीय बनाउन रहने,एक गाउँ एक प्राबिधिक तथा तिनै तहमा करार सेवामा कार्यरत पशु सेवा प्राबिधिकहरुको निरन्तरता र दिगो रूपमा ब्यवस्थापन गर्ने,पशु सेवामा संग्लन रहेका निजि क्षेत्र एबम प्राईभेट ब्यवसायीलाई दर्ता र नवीकरणमा सरलता ल्याउन र परिषदमा प्रत्यक्ष सरोकार राख्ने ६ वटै पेसागत संस्थाका सदस्यहरु आफ्नो योग्यता,अनुभव र सीपका आधारमा पेसागत कार्य गर्न गराउने सुनिस्चितताका लागि आफु सदैब पहल गर्न लाग्ने प्रतिबद्धता ब्यक्त गरेका नेल्टा सुदुर पश्चिम् प्रदेश कार्यसमिति सचिब हेमन्त जैशी ले जानकारी दिएका छन ।

