पशु स्वास्थ तथा सेवा ब्यवसायी परिषद निर्वाचनमा भुगोल तर्फ सुदुर पश्चिममा लाल बहादुर बोहरा बिजयी बनेका छन
नेकपा एमाले र नेपाली कांग्रेस निकट गठबन्धन बाट उपाध्यक्षका उम्मेदवार काजिबहादुर श्रेष्ठ नेतृत्वको प्यानल बाट बोहरा उम्मेदवार बनेका हुन् । उनले निकटम प्रतिद्वन्दी धन बहादुर चौधरी लाई ९० मतको अन्तरले पछि पार्दै निर्बाचित भएका छन। बोहराले ४१७ मत र चौधरीले ३२७ मत प्राप्त गरेका छन भने कुल जम्मा मत ७४९ मत खसेको थियो।
एमाले -कांग्रेस गठबन्धन बाट भुगोल तर्फ सुदुर पश्चिम् प्रदेश सदस्यमा उम्मेदवार दिएका बोहरा नेल्टा नेपालका सुदुर पश्चिम् प्रदेश संयोजक हुन । सुदुर पश्चिम् प्रदेशमा कुल १ हजार ६ सय ६७ जना मतदाता रहेका थिए।
बोहराले भूगोल तर्फ सुदुर पश्चिम् प्रदेश सदस्यमा निर्बाचित भएपछि आफ्नो प्राथमिकता पशु स्वास्थ तथा पशु सेवा ब्यवसायलाई कानुनी मान्यताका लागि ब्यवस्थित,मर्यादित र गुणस्तरीय बनाउन रहने,एक गाउँ एक प्राबिधिक तथा तिनै तहमा करार सेवामा कार्यरत पशु सेवा प्राबिधिकहरुको निरन्तरता र दिगो रूपम...



