शनिबार , २०८० माघ ५ गते शुक्लाफाटा नगरपालिका -१ स्थित श्री कृष्ण आधारभूत विद्यालयमा नोभा अस्पताल प्रा.लि. धनगढीको आयोजनामा १ दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
यस शिविरमा भारतका प्रख्यात मेडिकल कलेजबाट विशेषज्ञता हासिल गरेका बरिष्ठ फिजिसियन डा. रामचन्द्र पौडेल (MBBS, MD-Internal Medicine) सहितको अनुभवी टोलीले बिरामीहरूको परीक्षण र उपचार गरेका थिए।

शिविरमा जम्मा ३०९ जना बिरामीले सेवा लिएका थिए, जसमा १२९ पुरुष र १८० महिला रहेका थिए। बिरामीहरूलाई सामान्य रोगहरूको परीक्षण, परामर्श, तथा औषधि वितरण गरिएको थियो।
फार्मेसी इन्चार्ज दिपेन्द्र कठरियाले शिविरमा सहभागी सबै बिरामीलाई आवश्यक औषधि नि:शुल्क वितरण गरिएको जानकारी दिएका छन्। यसले बिरामीहरूको आर्थिक भार कम गर्न ठूलो सहयोग पुर्याएको छ।

कार्यक्रम शुक्लाफाटा नगरपालिकाको वडा नम्बर १ को कार्यालय तथा युनाइटेड डाईग्नोष्टिक महेन्द्रनगर कन्चनपुर को सहकार्यमा आयोजना गरिएको थियो। स्थानीय नागरिकहरूले यस प्रकारको नि:शुल्क स्वास्थ्य सेवाको प्रशंसा गर्दै आयोजकलाई धन्यवाद व्यक्त गरेका छन्।
“स्वास्थ्य सेवा तपाईँकै गाउँमा” भन्ने नाराका साथ आयोजित शिविरले समुदायमा स्वास्थ्य सचेतना वृद्धि गर्ने विश्वास लिइएको अष्पताल प्रमुख लोकराज भट्ट ले जानकारी दिनु भयो
यो अभियानले समुदायमा स्वास्थ्यको पहुँच वृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।

