Advertisement

Day: २०८१ माघ ५, शनिबार १६:५८

नोभा अस्पतालद्वारा १ दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

नोभा अस्पतालद्वारा १ दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

समाचार
शनिबार , २०८० माघ ५ गते शुक्लाफाटा नगरपालिका -१ स्थित श्री कृष्ण आधारभूत विद्यालयमा नोभा अस्पताल प्रा.लि. धनगढीको आयोजनामा १ दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। यस शिविरमा भारतका प्रख्यात मेडिकल कलेजबाट विशेषज्ञता हासिल गरेका बरिष्ठ फिजिसियन डा. रामचन्द्र पौडेल (MBBS, MD-Internal Medicine) सहितको अनुभवी टोलीले बिरामीहरूको परीक्षण र उपचार गरेका थिए। शिविरमा जम्मा ३०९ जना बिरामीले सेवा लिएका थिए, जसमा १२९ पुरुष र १८० महिला रहेका थिए। बिरामीहरूलाई सामान्य रोगहरूको परीक्षण, परामर्श, तथा औषधि वितरण गरिएको थियो। फार्मेसी इन्चार्ज दिपेन्द्र कठरियाले शिविरमा सहभागी सबै बिरामीलाई आवश्यक औषधि नि:शुल्क वितरण गरिएको जानकारी दिएका छन्। यसले बिरामीहरूको आर्थिक भार कम गर्न ठूलो सहयोग पुर्‍याएको छ। कार्यक्रम शुक्लाफाटा नगरपालिकाको वडा नम्बर १ को कार्यालय तथा युनाइटेड डाईग्नोष्टि...
साईपाल खेलकुद विवाद: राजेन्द्र धामीको गल्ती ढाकछोप गर्न कांग्रेसले निकाल्यो विज्ञप्ति

साईपाल खेलकुद विवाद: राजेन्द्र धामीको गल्ती ढाकछोप गर्न कांग्रेसले निकाल्यो विज्ञप्ति

Breaking News 1, Breaking News 2, Breaking News 3, खेलकुद, घटना, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : साईपाल गाउँपालिकामा राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा भएको विवादले बझाङमा मात्र होइन, राष्ट्रिय स्तरमै चर्चा पाएको छ। खेलकुदका क्रममा धलौन माविका विद्यार्थीमाथि अन्यायपूर्ण व्यवहार गरेको आरोप खेपिरहेका साईपालका पूर्व अध्यक्ष तथा नेपाली कांग्रेसका जिल्ला उपसचिव राजेन्द्र धामीलाई बचाउन नेपाली कांग्रेस जिल्ला कार्यसमितिले जारी गरेको विज्ञप्तिले थप विवाद र आक्रोश निम्त्याएको छ। "स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद" भन्ने नाराका साथ आयोजित राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा काँडा र धलौन माविका विद्यार्थीबीच विवाद भएपछि धलौन माविका विद्यार्थीलाई घर पठाउने निर्णय गरिएको थियो। सो घटनामा राजेन्द्र धामीको प्रत्यक्ष संलग्नता रहेको स्थानीयहरूको भनाइ छ। तर, खेलकुदमा विद्यार्थीहरूलाई प्रोत्साहित गर्नुको सट्टा विवादलाई झन् उचालेर आफ्नो स्वार्थ पूरा गर्न खोजेको आरोप धामीमाथि लाग्दै आएक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज