दाङ —नेकपा (बहुमत) का कार्यकर्ताहरुले बिहीबार मिटरब्याजी आरोपमा एक दम्पतीमाथि आक्रमण गरेका छन् ।घोराहीउपमहानगरपालिका १५ बीपी चोक निवासी धर्मबहादुर बस्नेत र उनकी श्रीमती माधवा बस्नेतको नाकमा धारिलो हतियार प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।
बीपीचोकस्थित एक जना ऋणीसँग पैसा मागेर फर्कँदै गरेका दम्पत्तीलाई सडकमै रोकेर आक्रमण गरेका थिए ।नेकपा (बहुमत) का जिल्ला सेक्रेटरी अमरले विज्ञप्ति जारी गरी घटनाको जिम्मा लिएका छन् ।
बस्नेत दम्पतीले सर्वसाधारणसँग मिटरब्याजका नाममा ठगी गरेको, नक्कली तमसुक बनाएर मुद्दा दिने गरेको र पीडितहरुलाई अत्याचारगरेकाले कारबाही गरेको विज्ञप्तिमा उल्लेख छ ।

ती दम्पतीलाई प्रहरीले गत साउनमा मिटरब्याजका नाममा ठगी गरेको आरोपमा पक्राउ गरेको थियो । २४ दिन हिरासतमा राखी मुद्दा दर्ता गरेकोमा अदालतबाट धरौटीमा छुटेको जिल्ला प्रहरी प्रमुख एसपी अर्जुनप्रसाद तिमिल्सिनाले बताए ।
आक्रमणबाट दम्पतीको नाकमागम्भिर चोट लागेको र उनीहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भैरहेको उनले बताए । शंकास्पद चार जनालाईनियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको उनले बताए ।

