Advertisement

नेरुडे मिर्मिरे लघुवित्त वित्तिय सस्था मा लगाइयो तालाबन्दी

Advertisement

काठमाडौँ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थामा कर्मचारी आन्दोलन उत्कर्षमा पुगेको छ । मर्जरपछि साबिकको मिर्मिरेका कर्मचारीको पद घटुवा गरिएको भन्दै कर्मचारी पुनः आन्दोलित बनेका हुन् ।

७ साउन (मंगलबार)मा शाखा कार्यालयहरुमा तालाबन्दी गरेका नेरुडे मिर्मिरेका कर्मचारीहरुले आज (बुधबार) लघुवित्तको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन् । कर्मचारीको पद व्यवस्थापनका विषयमा गरिएका माग सम्बोधनमा संस्थाको व्यवस्थापन पक्षले चासो नदेखाएको भन्दै आन्दोलनरत कर्मचारीहरुले काभ्रेपलाञ्चोकस्थित लघुवित्तको केन्द्रीय कार्यालयमा ताला लगाएका हुन् ।अहिले साबिकको मिर्मिरेमा २०७६ सालदेखि कनिष्ठ सहायक ‘ख’ पदमा भित्रिएका २ सय ४८ जना (स्थायी र करार) कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । मर्जरअघि उक्त पद खारेज गरेर कर्मचारीको व्यवस्थापन गरिने भनिए पनि मर्जरपछि कनिष्ठ सहायक ‘ख’ भन्दा तल्लो दर्जाको केन्द्र व्यवस्थापक पद सृजना गरी कर्मचारीको मनोबल घटाउने काम भएपछि आन्दोलन गर्न बाध्य भएको संस्थाको केन्द्र व्यवस्थापक पदमा कार्यरत एक कर्मचारीले बताएका छन् ।

‘साबिकको मिर्मिरेका कर्मचारीलाई हेप्ने शैलीमा पद नै घटुवा गरेपछि असार २० गते सीईओलाई ज्ञापन पत्र बुझाएका थियौँ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै ती कर्मचारीले भने, ‘साउनको पहिलो साता समस्या समाधान गर्ने भनिएको थियो । तर, आज ८ गते पुग्दा पनि केही नभएपछि केन्द्रीय कार्यालयमा ताला लगाएका छौँ ।’

त्यस्तै, ती कर्मचारीले आफूहरुको आन्दोलनको उद्देश्य सेवाग्राहीलाई सास्ती दिने नभएर कर्मचारीको अधिकार प्राप्ति रहेको पनि उल्लेख गरेका छन् ।

‘हाम्रो उद्देश्य सेवा ठप्प पारेर सेवाग्राहीलाई दुःख दिने होइन । हामीले माग पूरा गर्न पटकपटक केन्द्रीय कार्यालयमा पत्राचार गरेका थियौँ । तर, माग सुनुवाइमा कसैले चासो नै नदिएपछि आन्दोलन गर्न बाध्य भएका हौँ ।’, ती कर्मचारीले भने, ‘हाम्रो मागप्रति संस्थाले चसो नदिएको भान भयो र मनोबल बढाउनुपर्ने ठाउँमा उल्टै आवाज दबाउन खोज्ने गतिविधि भएपछि बाध्य भएर सेवा ठप्प पारेका हौँ ।’

आन्दोलनरत कर्मचारीहरुले मर्जरपछि सृजना गरिएको केन्द्र व्यवस्थापक पद खारेज गर्नुपर्ने, कनिष्ठ सहायक पद सरह नै कायम गरिनुपर्ने, एउटै फिल्डमा सँगै काम गर्ने कर्मचारीबीच विभेदपूर्ण व्यवहार गर्न नहुने लगायतका माग राखेका छन् । ती मागहरु पूरा नभएसम्म सेवा ठप्प रहने र आन्दोलन चलिरहने कर्मचारीहरुले चेतावनीसमेत दिएका छन् ।

हाल नेरुडे मिर्मिरे लघुवित्तमा कर्मचारी आन्दोलनका कारण देशभर सेवा ठप्प भएको छ । सबै शाखाका कर्मचारीहरुले कार्यालयमा तालाबन्दी गरेर हड्ताल सुरु गरेपछि लघुवित्तको सेवा प्रभावित भएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

बेङ्लोर/भारत: प्रवासमा रहेर पनि मातृभूमिप्रतिको माया, नेपाली समुदायप्रतिको समर्पण र निरन्तर सामाजिक सक्रियताका कारण परिचित सुदूरपश...
सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

बझाङ- जिल्लामा सवारी दुर्घटना बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले सवारीसाधनको सुरक्षा व्यवस्थापनमा कडाइ गरेको छ। ट्र...
धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढी- चार दिनदेखि अनशनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता सुरु गरेको छ। प्रधानमन्त्रीका ...
बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपाल...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७, खोरीस्थित खोलापारी कृषक समूहका लागि ५ दिने गोलभेडा प्रशोधन तथा सस (चट्नी) बनाउने तालिम प्र...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज