भुटानमा भइरहेको ८ औं दक्षिण एसियाली कराँतेमा गौरीगंगाकी मनिषाले दिलाइन् स्वर्ण पदक
गौरीगंगा - भुटानको राजधानी थिम्पुमा भइरहेको ८ औं दक्षिण एसियाली कराँते प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै कैलालीको गौरीगंगा नगरपालिकाकी खेलाडी मनिषा बोहराले स्वर्ण पदक प्राप्त गरेकी छिन् ।
यसै अवसरमा आज गौरिगंगा नगरपालिकाले मनिषा बोहरा र कोचलाई बधाई तथा सम्मान कार्यक्रम गरेको छ । उक्त सम्मान कार्यक्रममा बोल्दै गौरीगंगा नगरपालिकाका उपप्रमुख भोज बहादुर बमले जुनसुकै खेल खेल्ने खेलाडी रास्ट्रका गहना भएको र यसको लागि राज्यका हरेक तहका सरकारले सहयोग र हौसला बढाउनु पर्ने बताए ।
सम्मान कार्यक्रममा उपप्रमुख बमले थप्दै " गौरीगंगा बाट प्रतिनिधि गर्ने एक सामान्य घरपरिवारमा जन्मिएकी बहिनीले आज नेपाललाई बिश्व माझ चिनाउन सफल बाएकी छन् । बहिनीलाई अझै प्रगतिको शुभकामना छ ।" स्थानीय सरकार र ब्यक्तिगतरुपमा सधै रास्ट्रका गहनाका रुपमा परिचीत खेलाडीहरुलाइ सदैब सहयोग गर्ने उनले प्रतिबद्...



