Advertisement

क्रिकेटर सन्दीप लामिछानेले जबर्जस्ती करणी मुद्दामा सफाइ पाएका छन्।

Advertisement

क्रिकेटर सन्दीप लामिछानेले जबर्जस्ती करणी मुद्दामा सफाइ पाएका छन्।

जिल्ला अदालतले गत १३ पुसमा बलत्कार मुद्दामा दोषी ठहर गरेपछि उच्च पुगेका सन्दीपको मुद्दामा मंगलबार र बुधबारको निरन्तर बहसपछि सफाइ दिइएको हो।सन्दीपले पुनरावेदनबाट सफाइ पाएसँगै उनी अब विश्वकप खेल्ने बाटो खुलेको छ।

पाटन उच्च अदालतमा मंगलबार पेसीमा चढेको मुद्दा न्यायाधीश सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले उनलाई निर्दोष ठहर गरेको हो। मंगलबार दिनभर बहस भएपनि बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो। बुधबार मुद्दामा बहस सकिएसँगै मुद्दाको फैसला भएको हो।

सन्दीपलाई बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले गत १३ पुसमा दोषी ठहर गरेको थियो। न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई ८ वर्ष कैद, ३ लाख जरिवाना र २ लाख क्षतिपुर्ति भराउन आदेश दिएको थियो।

त्यसपछि उनी गत १० फागुनमा जिल्ला अदालतको आदेश विरुद्ध पुनरावेदन गर्न उच्च अदालत पाटन पुगेका थिए। त्यस्तै गत १ चैतमा सरकारी पक्षपनि पीडित ‘गौशाला २६’ नाबालिक रहेको भन्दै उच्च अदालत पुगे।

दुबैको मुद्दालाई २३ चैतमा उच्च अदालतका न्यायाधीश नृपधोज निरौला र कृष्णराम कोइरालाको संयुक्त इजलासले प्रारम्भिक सुनुवाइ गर्दै दुबैपक्षको पुनरावेदन दर्तासँगै मुद्दा औपचारिक रुपमा उच्च अदालतमा प्रवेश दिएका थिए।

त्यसपछि ३ वैशाख न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुङ्गेलको इजलासले गौशाला २६ ले जन्मदर्ता प्राप्त गर्नका लागि दिएको सक्कली निवेदन र जन्मदर्ता प्रमाणपत्रको स्पष्ट बुझिने प्रति माग गरेको थियो। त्यसपछि अर्को पेशी १० वैशाखमा रहेपनि सन्दीपको मुद्दा हेर्न नभ्याइनेमा पर्‍यो।

तर १६ वैशाखमा न्यायाधीश धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ गर्ने समय नपुग्ने भन्दै सुनुवाइ भएन। यद्यपि उनीहरुले मुद्दालाई प्राथमिकतामा राख्न आदेश दिए।

त्यसपछि क्रिकेटर सन्दीप लामिछानेको मुद्दा २३ वैशाखमा पहिलो नम्बरमै भएपनि उच्चका मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासले मुद्दा हेर्न नमिल्नेमा राखेको थियो।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढी- चार दिनदेखि अनशनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता सुरु गरेको छ। प्रधानमन्त्रीका ...
बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपाल...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७, खोरीस्थित खोलापारी कृषक समूहका लागि ५ दिने गोलभेडा प्रशोधन तथा सस (चट्नी) बनाउने तालिम प्र...
भक्तपुरमा प्रथम कर्णाली फुटसल कप हुँदै, विजेतालाई ५५ हजार ५५५ रुपैयाँ पुरस्कार

भक्तपुरमा प्रथम कर्णाली फुटसल कप हुँदै, विजेतालाई ५५ हजार ५५५ रुपैयाँ पुरस्कार

धनगढी- कर्णाली र सुदूरपश्चिम प्रदेशका खेलाडी तथा खेल प्रतिभालाई लक्षित गर्दै भक्तपुरमा ‘प्रथम कर्णाली फुटसल कप २०८३’ आयोजना हुने भ...
प्रधानमन्त्री शाहको सचिवालयमा २७ जना नियुक्त, दुई सल्लाहकारलाई मन्त्रीसरह सुविधा

प्रधानमन्त्री शाहको सचिवालयमा २७ जना नियुक्त, दुई सल्लाहकारलाई मन्त्रीसरह सुविधा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो सचिवालयमा २७ जनालाई नियुक्त गरेको खुलेको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांस...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज