Advertisement

क्रिकेटर सन्दीप लामिछानेले जबर्जस्ती करणी मुद्दामा सफाइ पाएका छन्।

Advertisement

क्रिकेटर सन्दीप लामिछानेले जबर्जस्ती करणी मुद्दामा सफाइ पाएका छन्।

जिल्ला अदालतले गत १३ पुसमा बलत्कार मुद्दामा दोषी ठहर गरेपछि उच्च पुगेका सन्दीपको मुद्दामा मंगलबार र बुधबारको निरन्तर बहसपछि सफाइ दिइएको हो।सन्दीपले पुनरावेदनबाट सफाइ पाएसँगै उनी अब विश्वकप खेल्ने बाटो खुलेको छ।

पाटन उच्च अदालतमा मंगलबार पेसीमा चढेको मुद्दा न्यायाधीश सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले उनलाई निर्दोष ठहर गरेको हो। मंगलबार दिनभर बहस भएपनि बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो। बुधबार मुद्दामा बहस सकिएसँगै मुद्दाको फैसला भएको हो।

सन्दीपलाई बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले गत १३ पुसमा दोषी ठहर गरेको थियो। न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई ८ वर्ष कैद, ३ लाख जरिवाना र २ लाख क्षतिपुर्ति भराउन आदेश दिएको थियो।

त्यसपछि उनी गत १० फागुनमा जिल्ला अदालतको आदेश विरुद्ध पुनरावेदन गर्न उच्च अदालत पाटन पुगेका थिए। त्यस्तै गत १ चैतमा सरकारी पक्षपनि पीडित ‘गौशाला २६’ नाबालिक रहेको भन्दै उच्च अदालत पुगे।

दुबैको मुद्दालाई २३ चैतमा उच्च अदालतका न्यायाधीश नृपधोज निरौला र कृष्णराम कोइरालाको संयुक्त इजलासले प्रारम्भिक सुनुवाइ गर्दै दुबैपक्षको पुनरावेदन दर्तासँगै मुद्दा औपचारिक रुपमा उच्च अदालतमा प्रवेश दिएका थिए।

त्यसपछि ३ वैशाख न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुङ्गेलको इजलासले गौशाला २६ ले जन्मदर्ता प्राप्त गर्नका लागि दिएको सक्कली निवेदन र जन्मदर्ता प्रमाणपत्रको स्पष्ट बुझिने प्रति माग गरेको थियो। त्यसपछि अर्को पेशी १० वैशाखमा रहेपनि सन्दीपको मुद्दा हेर्न नभ्याइनेमा पर्‍यो।

तर १६ वैशाखमा न्यायाधीश धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ गर्ने समय नपुग्ने भन्दै सुनुवाइ भएन। यद्यपि उनीहरुले मुद्दालाई प्राथमिकतामा राख्न आदेश दिए।

त्यसपछि क्रिकेटर सन्दीप लामिछानेको मुद्दा २३ वैशाखमा पहिलो नम्बरमै भएपनि उच्चका मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासले मुद्दा हेर्न नमिल्नेमा राखेको थियो।

राकेश खड्का

राकेश खड्का कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकाको व्यवस्थापक हुनुहुन्छ । उहाँ समसामयिक विषयवस्तु तथा विभिन्न विषयमा रहेर कलम चलाउनुहुन्छ ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

गलत भए मलाई जेल हाल: मेयर बालेन

गलत भए मलाई जेल हाल: मेयर बालेन

काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले आफूलाई गलत जेल हाल्न संघीय सरकारलाई चुनौती दिएका छन्। कानून मिच्ने भ्रष्टाचार...
डोटीमा भालुको आक्रमणबाट २ जना घाइते

डोटीमा भालुको आक्रमणबाट २ जना घाइते

धनगढी- डोटीमा भालुको आक्रमणबाट २ जना घाइते भएका छन् । जिल्लाको सायल गाउँपालिका- ६ स्वाडाका अन्दाजी ६२ वर्षीय करी साउँद र उनकी श्री...
बझाङमा क्षयरोगका ४७ प्रतिशत बिरामी मात्र उपचारको दायरामा

बझाङमा क्षयरोगका ४७ प्रतिशत बिरामी मात्र उपचारको दायरामा

बझाङ– बझाङमा राष्ट्रिय क्षयरोग प्रसार सर्वेक्षण २०१९ (Prevalence Survey 2019) का आधारमा वार्षिक रूपमा करिब ४ सय १५ जना नयाँ क्षयरो...
अछाममा करेन्ट लागेर एक किशोरीको मृत्यु

अछाममा करेन्ट लागेर एक किशोरीको मृत्यु

धनगढी- अछाममा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ । जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका-६, दर्ना चन्डालीकी १८ वर्षीया सुनिता कडा...
कार्यकारी निर्देशकबाट कुलमानलाई हटाउने निर्णयको चौतर्फी विरोध

कार्यकारी निर्देशकबाट कुलमानलाई हटाउने निर्णयको चौतर्फी विरोध

काठमाण्डौ – कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयको चौतर्फी विरोध भएको छ । सत्तारुढ कां...
प्रेस चौतारी नेपालको अध्यक्षमा पाण्डे सर्वसम्मत

प्रेस चौतारी नेपालको अध्यक्षमा पाण्डे सर्वसम्मत

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत चयन भएका छन । सोमबार बिराटनगरमा सम्पन्न १० औँ राष्ट्रिय अधिवेशनले पाण्डेको अ...
आज कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ - हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको प...
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य नियुक्त

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य नियुक्त

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र देव शाक्य नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज