Advertisement

सुदूरपश्चिममा नयाँ सरकार गठनको अन्तिम समयसीमा आज

Advertisement

धनगढीः नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि पद रिक्त छ

प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दिएको अन्तिम समयसीमा आज सकिँदैछ। प्रदेश सरकार गठनका लागि यहाँ नागरिक उन्मुक्ति पार्टी निर्णायक छ। तर नागरिक उन्मुक्ति समेत दुई भागमा देखा परेपछि सहजै रुपमा नयाँ सरकार बनिहाल्ने यो समाचार तयार पार्दासम्म छाँटकाट देखिदैन्।

नागरिक उन्मुक्तिभित्रको विवादले सरकार गठनबारे गठनबन्धनमा औपचारिक छलफल नै भएको छैन्। बुहमतका लागि निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीभित्रको विवादका कारण सत्तागठबन्धनबिच सरकार गठनबारे प्रदेश तहमा औपचारिक छलफलसमेत हुन नसकेको हो। प्रदेश प्रमुख नरिज मियाँले सरकार गठनका लागि २ वैशाख अर्थात आज बेलुकी ५ बजेसम्मको समय दिएका छन्।

गठबन्धनबिच सुदूरपश्चिममा कुन पार्टीको नेतृत्वमा सरकार गठन गर्ने भन्ने टुंगिएको छैन। यसअघि सुदूरपश्चिम सरकारको नेतृत्व एकीकृत समाजवादीले गर्ने केन्द्रमा गठबन्धनको शीर्ष तहमा सहमति भएको सार्वजनिक भएको थियो। तर, नागरिक उन्मुक्ति पार्टीले पनि नेतृत्व दाबी गरेपछि केन्द्रमा यसबारे औपचारिक निर्णय नभएको नेताहरूले बताएका छन्। यसअघि प्रदेश सरकारमा सहभागिताको विषयमा नागरिक उन्मुक्तिभित्र विवाद चर्किएको थियो। अहिले मुख्यमन्त्री को बन्ने भन्ने विवाद बढेको छ।

नागरिक उन्मुक्तिका बहुमत प्रदेश सांसदको समर्थनका बीच विश्वासको मत पाउन सक्ने अवस्था नभएपछि मुख्यमन्त्री कमलबहादुर शाहले गत २२ चैतमा राजीनामा दिएका थिए। पार्टीका संरक्षक रेशम चौधरीको उपस्थितिमा नागरिक उन्मुक्ति सांसदबीच २८ चैतमा भएको छलफलमा एमाले–माओवादीसहितको गठबन्धन सहभागी हुने र सरकारको नेतृत्वमा दाबी गर्ने समझदारी बनेको थियो। तर, सरकारको नेतृत्व कसले गर्ने भन्ने विवाद चर्किएको छ।

संसदीय दलका बहुमत सांसदले लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेका छन्। ६ जना प्रदेश सांसदमध्ये रेशमनिकट चारजनाले यस्तो निर्णय गरेका हुन्। विवाद बढेपछि पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय दलका नेता घनश्याम चौधरीलाई तीन महिनाका लागि निलम्बन गरेकी छिन्। उनले आफ्ना विश्वास पात्र सांसद कैलाश चौधरीलाई मुख्यमन्त्री बनाउन चाहेकी छिन्। सुदूरपश्चिममा नागरिक उन्मुक्तिलाई मुख्यमन्त्री दिने गठबन्धनको शीर्ष तहमा सहमति भएको उनको दाबी छ।

नागरिक उन्मुक्तिले नेतृत्व पाए कैलाश मुख्यमन्त्री बन्ने सम्भावना बलियो छ। ६ सदस्यमध्ये सांसद कैलाश चौधरी र टीका थापा अध्यक्षनिकट हुन्। घनश्याम चौधरी, लक्ष्मणकिशोर चौधरी, रामेश्वर चौधरी र खुसीराम डगौरा थारू रेशमनिकट हुन्। शाह नेतृत्वको सरकारमा उनीहरू चारैजना मन्त्री छन्। अध्यक्ष श्रेष्ठ र उनका पति रेशमबिच गठबन्धनलाई समर्थनको विषयमा तीव्र मतभेद छ।

हाल ५२ सदस्यीय रहेको प्रदेश सभामा सरकार गठनका लागि २७ मत आवश्यक पर्छ। गठबन्धनसँग अहिले एमालेका १० र माओवादीका सभामुखसहित ११ तथा एकीकृत समाजवादीका चार गरी २४ मत मात्र छ। कांग्रेसका १८, नागरिक उन्मुक्तिका सात (हाल ६), राप्रपाका एक र एकजना स्वतन्त्र सांसद छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढी- चार दिनदेखि अनशनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता सुरु गरेको छ। प्रधानमन्त्रीका ...
बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपाल...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७, खोरीस्थित खोलापारी कृषक समूहका लागि ५ दिने गोलभेडा प्रशोधन तथा सस (चट्नी) बनाउने तालिम प्र...
भक्तपुरमा प्रथम कर्णाली फुटसल कप हुँदै, विजेतालाई ५५ हजार ५५५ रुपैयाँ पुरस्कार

भक्तपुरमा प्रथम कर्णाली फुटसल कप हुँदै, विजेतालाई ५५ हजार ५५५ रुपैयाँ पुरस्कार

धनगढी- कर्णाली र सुदूरपश्चिम प्रदेशका खेलाडी तथा खेल प्रतिभालाई लक्षित गर्दै भक्तपुरमा ‘प्रथम कर्णाली फुटसल कप २०८३’ आयोजना हुने भ...
प्रधानमन्त्री शाहको सचिवालयमा २७ जना नियुक्त, दुई सल्लाहकारलाई मन्त्रीसरह सुविधा

प्रधानमन्त्री शाहको सचिवालयमा २७ जना नियुक्त, दुई सल्लाहकारलाई मन्त्रीसरह सुविधा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो सचिवालयमा २७ जनालाई नियुक्त गरेको खुलेको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांस...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज