Advertisement

Day: २०८१ बैशाख २, आईतवार २१:५५

अपिहिमाल गाँउपालिका मा ४ दिने निशुल्क स्वास्थ्य शिविर !

अपिहिमाल गाँउपालिका मा ४ दिने निशुल्क स्वास्थ्य शिविर !

समाचार
दार्चुलाको अपिहिमाल गाउँपालिकामा ४ दिने नि:शुल्क बृहत स्वास्थ्य शिविर सञ्चालनमा आएको छ । गाउँपालिकाको सहयोगमा नेपाल फार्मेसी संघ र सिपि अस्पताल धनगढीको संयुक्त आयोजनामा २०८० चैत ३० गतेदेखि २०८१ वैशाख ४ गतेसम्म उक्त शिविर सञ्चालन हुने भएको छ । उक्त शिविर आज दोस्रो दिन अपिहिमालको वडा नम्बर चारमा रहेको खण्डेश्वरी स्वास्थ्य चौकीमा गरिएको छ । वडा नम्बर चारका वडा अध्यक्ष एवम् गाउँपालिकाका प्रवक्ता रबिन्द्र सिंह बोहराको अध्यक्षता सम्पन्न भएको आज शिविरको दोस्रो दिन गाउँपालिकाकी उपाध्यक्ष देवकी देवि बोहराको प्रमुख आतिथ्यता रहेको थियो । आज भएको शिविरमा २४३ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन् । शिविरमा महिला रोग सम्बन्धी विषेश उपचार तथा परामर्श सेवा, दन्त उपचार सेवा र अन्य सामान्य चेकजाँचहरु गरिने जनाइएको छ । त्यस्तै पहिलो दिन चैत ३० गते अपिहिमाल गाउँपालिकाको ...
बझाङ उपनिर्वाचन: माओवादीका जनक बुढालाई चुनाव जित्ने मौका

बझाङ उपनिर्वाचन: माओवादीका जनक बुढालाई चुनाव जित्ने मौका

बझाङ, मुख्य समाचार, राजनीति
बझाङ : निर्वाचन यहीँ १५ गते हुदै छ । जसमा जिल्ला भरि ११ वटा दलहरु चुनावी मैदानमा देखिन्छन । यसै विच मुख्य प्रतिस्पर्धामा नेकपा माअाेवादी केन्द्र,नेकपा एमाले नेपाली काङ्ग्रेस नेकपा समाजवादी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा मुख्य प्रतिस्पर्धाकाे मैदानमा देखिन्छन । यतिबेला नेकपा माअाेवादी केन्द्र बाट जनक बुढा नेकपा एमाले बाट दमन भण्डारी नेपाली काङ्ग्रेस बाट अभिषेश सिँह,समाजवादी बाट दिलबहादुर सिँह र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बाट किशोर खड्का चुनावी मैदानमा देखिन्छन भने अन्य दलहरु पनि रहेका छन । माथिल्लो भेग अर्थात क्षेत्र नम्बर (१) क मा नेकपा एमाले मतदाताको हिसाबमा बलियाे रहेको देखिन्छ भने,नेपाली काङ्ग्रेस दाेस्राेमा रहेको छ । पछिल्लो समय नेकपा माअाेवादी केन्द्रीयमा जनताको चासाे रहेको प्रस्टै देख्न सकिन्छ । नेकपा माअाेवादीका उम्मेदवार जनक बुढा युवा मात्र हैनन उनमा राजनी...
आजदेखि विद्यार्थी भर्ना अभियान शुरु : नियमितबाहेक ७ लाख १३ हजारलाई भर्ना गर्ने लक्ष्य

आजदेखि विद्यार्थी भर्ना अभियान शुरु : नियमितबाहेक ७ लाख १३ हजारलाई भर्ना गर्ने लक्ष्य

मुख्य समाचार, शिक्षा
नयाँ शैक्षिक सत्रका लागि आजदेखि विद्यार्थी भर्ना अभियान शुरु भएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ नाराका साथ अभियान शुरु भएको हो । अभियानको पहिलो हप्ता विद्यार्थी भर्ना र दोस्रो हप्तादेखि वैशाख मसान्तसम्म नियमित पठनपाठन, घरदैलोलगायतका कार्यक्रम हुनेछन् अभियानमा नियमितबाहेकका ७ लाख १३ हजार विद्यालय उमेर समूहलाई विद्यालयमा ल्याउने सरकारको लक्ष्य छ । विद्यालय जाने उमेर समूह ५ वर्षका ५ लाख र ५ वर्ष उमेर पुगेका तर विद्यालय छोडेका २ लाख १३ हजार विद्यार्थीलाई विद्यालयमा ल्याउन र टिकाइराख्न अभियान केन्द्रित हुनेछ । अभियानको पहिलो दिन आज देशभरका पालिकाका शिक्षा शाखा प्रमुख, एकाइ प्रमुख, नगरपालिका सङ्घ, गाउँपालिका महासङ्घ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा मातहतका निकायबीच भर्चुअल अन्तक्रिया हुँदैछ । मन्त्रालयको शिक्षा तथा मानव स्रोत ...
यस्तो छ आज सुदूरपश्चिमको मौसम

यस्तो छ आज सुदूरपश्चिमको मौसम

मुख्य समाचार, सुदूरपश्चिम
धनगढीः हाल पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ आज दिउँसो र राति राति सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधरणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेशमा हुरीबतासको संभावना नरहेको पूर्वानुमान महाशाखाले बताएको हो।
सुदूरपश्चिममा नयाँ सरकार गठनको अन्तिम समयसीमा आज

सुदूरपश्चिममा नयाँ सरकार गठनको अन्तिम समयसीमा आज

मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
धनगढीः नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि पद रिक्त छ प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दिएको अन्तिम समयसीमा आज सकिँदैछ। प्रदेश सरकार गठनका लागि यहाँ नागरिक उन्मुक्ति पार्टी निर्णायक छ। तर नागरिक उन्मुक्ति समेत दुई भागमा देखा परेपछि सहजै रुपमा नयाँ सरकार बनिहाल्ने यो समाचार तयार पार्दासम्म छाँटकाट देखिदैन्। नागरिक उन्मुक्तिभित्रको विवादले सरकार गठनबारे गठनबन्धनमा औपचारिक छलफल नै भएको छैन्। बुहमतका लागि निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीभित्रको विवादका कारण सत्तागठबन्धनबिच सरकार गठनबारे प्रदेश तहमा औपचारिक छलफलसमेत हुन नसकेको हो। प्रदेश प्रमुख नरिज मियाँले सरकार गठनका लागि २ वैशाख अर्थात आज बेलुकी ५ बजेसम्मको समय दिएका छन्। गठबन्धनबिच सुदूरपश्चिममा कुन पार्टीको नेतृत्वमा सरकार गठन गर्ने भन्ने टुंगिएको छैन। यसअघ...
डोटीको एक घरमा आगलागी

डोटीको एक घरमा आगलागी

डोटी, मुख्य समाचार, सुदूरपश्चिम
डोटीः डोटीको एक घरमा आगलागी भएको छ। जिल्लाको बडिकेदार गाँउपालिका–२ कोटकेनीका टेकबहादुर मगरको खरले छाएको भान्सा घरमा आगलागी भएको हो चुलोमा बालेको आगोबाट शनिबार बिहान आगलागी हुँदा भान्सा घर र भित्र रहेका भाँडा, अन्न गरि करिब ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको हो। आगलागी स्थानीयको सहयोगमा नियन्त्रणमा ल्याउने काम भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।...
बैतडीको झुलाघाट नाका मङ्गलबारदेखि बन्द हुने

बैतडीको झुलाघाट नाका मङ्गलबारदेखि बन्द हुने

बैतडी, मुख्य समाचार, सुदूरपश्चिम
भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका मङ्गलवारदेखि बन्द हुने भएको छ भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सीमानाका बन्द गर्न लागिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए। अप्रिल १९ तारिख अर्थात वैशाख ७ गते उत्तराखण्ड राज्यमा निर्वाचन हुँदैछ। उक्त निर्वाचनलाई मध्यनजर गर्दै वैशाख ४ गते साँझ ७ देखि वैशाख ७ गते साँझ ७ बजेसम्म झुलाघाट नाका बन्द रहने जिल्ला अधिकारी शर्माले बताए। सुरक्षा संवेदनशीलताको कारण नाका बन्द हुन लागेको हो।  सीमा बन्द रहेको अवधिमा आकस्मिक रूपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज