सिपी अस्पतालको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न !
धनगढी : धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा निर्माणाधिन अवस्थामा रहेको सिपी अस्पतालले त्यस क्षेत्रका स्थानीयहरुसंग सार्वजनिक सुनुवाई गरेको छ ।
निर्माणाधिन अवस्थामा रहेको अस्पतालमा प्रभावित क्षेत्रका स्थानीयहरुको रायसुझाव लिइ सोही अनुसार अघि बढ्ने उद्देश्यसहित अस्पतालले सार्वजनिक सुनुवाई गरेको हो ।
सो अवसरमा स्थानीयहरुले रोजगारीका लागि त्यस क्षेत्रका मानिसलाई प्राथमिकता दिनुपर्ने, फोहोर व्यवस्थापन र सरसफाईमा अस्पतालले ध्यान दिनुपर्ने, सामाजिक कार्यमा लगानी गर्नुपर्ने लगायतका सुझाव राखेका थिए ।
सो अवसरमा बोल्दै धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजबहादुर ऐरले हरेक निकायले सार्वजनिक सुनुवाई गर्ने तर, आएका सुझावलाई कार्यान्वयन नगर्ने प्रवृति रहेको बताउँदै –‘प्रभावित क्षेत्रका मानिसबाट आएका सुझावहरुलाई सरोकारवाला निकायले सम्बोधन गर्न जरुरी छ ।
अस्पतालले सुनुवाईबाट...


