Advertisement
Sunday, July 13

आजको आवश्यकता प्रजातन्त्र , गणतन्त्र वा राजतन्त्र

Advertisement

लवदेब धामी, धनगढी 

हाम्रो देश नेपाल मात्रै विश्वमा यस्तो छ जहाँ जसले पनि आफू अनुकूलको शासन प्रणाली आलम्बन गर्न पाउँछन् । 

यहाँ स्वतन्त्रताका लागि १०४ बर्षे लामो जाहानीया राणा शासन फाल्न कतिले के के गुमाए इतिहास साँची छ । कुनै बेला राज्य राज्यमा विभक्त नेपाल एक बनाउन मारिनु पर्यो, कुनै वेला आफूमाथिकै शासकको दमनबाट पिडीत हुनु पर्यो त कुनै बेला विदेशीको चङ्गुलबाट देशलाई बचाउन रगतको खोलो बगाउनु पर्यो । कुनै पनि समयमा आखिरमा सोझा नेपाली जनताले नै पिडा खेप्न बाध्य भएका तथ्यहरु पनि भेटिन्छन् । 

जाहानीया राणा शासन फाल्न सुरुमा वि. सं १९९७ सालमा ४ जनाको बलि चढाएर त्यस पछिको महासंघर्ष पश्चात मात्रै वि.सं २००७ सालमा प्रजातन्त्र स्थापना गरी राणा र जनाता दुवै शासन गर्ने सहमति भयो । 

समय  बित्दै जाँदा सत्ताका भोका रहेकाहरुकै कारण प्रथम जन निवार्चित प्रधानमन्त्री विवेश्रप्रसाद कोइरालालाई पतच्युत गरी राजा महेन्द्रले दल विहिन शासन प्रणाली आलम्बन गरे । 

राजनीतिक पार्टी माथि प्रतिबन्ध लगाई शासन गर्दा राजाले थुप्रै चुनौतिको  समानासमेत गर्नु पर्यो, तथापि जनाताको हितमा शासन गरेको भन्ने कुरा वि. सं २०३६ सालको जनमतको नतिजाले प्रस्ट हुन्छ । आफू सत्तामा पुग्ने सोझा जनातालाई आफ्नो रबाफ देखाउन नपाएको पिडा भने राजनीतिक पार्टीका नाइकेहरुलाई दिनानु दिन बढ्दै गयो । 

फेरी प्रजातन्त्र पुर्नबहालीका लागि आन्दोलन गर्न सुरु भै हाल्यो । यसरी यस बेलाको आन्दोलनमा पनि कति बलि चढाए लेखाजोखा हुन सकेन तर आन्दोलनको सफलता स्वरुप वि.सं २०४७ सालमा फेरी प्रजातन्त्र आयो र सोही अनुरुप शासन प्रणाली लागु भयो । 

प्रजातन्त्रको बहालीले ठुलो फाइदा हुने सपना देखाउनेहरुकै पदको भोक नमेटिए पछि फेरी वि.सं २०५२ सालबाट केही भुमिगत आन्दोलन गर्न गएका खबर बाहिरन थाले । बिस्तारै आन्दोल गर्न जंगल पसेकाहरु सर्वसाधरणका लागि ठूलो पिडाका स्रोत बन्न पुगे । अनेकन पिडा खेप्न नसकेर सर्वसाधरण जनता भिडको बाटोमा जान बाध्य भए । 

जब भिडमा जान तयार भए तब पिडा त झन हुन थाल्यो । एक तर्फी शासक त एक तर्फी भुमिगत आन्दोलनकारी यस बेला पनि कति के के गुमाए सबै न म भन्न सक्छु न कोही सुन्न सक्छन् । तर जताबाट पनि सोझा नेपाली जनताले पिसिनु पर्यो । 

यसरी लामो जनयुद्धलाई बिराम गर्न सहमति गर्ने निर्णय गरियो । फलस्वरुप राजतन्त्र फालेर वि. सं २०६५ सालमा प्रजातन्त्रसहितको गणतन्त्रलाई स्थापना गरियो । नेपाली जनताले तिहारमा जस्तै घर घरमा ठूलो दिपावली मनाए । 

यति बेला देशमा सबै फेरिएको थियो । ठुलै परिवर्तन हुने सपना बाँड्नेहरुले शासन गरे । तर पनि जनताको अवस्था ज्युका त्यु रहन गयो । बिस्तारै यो शासन प्रति पनि बितिष्णा पैदा हुन थाल्यो । यसरी अनेकन शासक फेरीए , तर न नेपाल फेरियो । न नेपाली फेरिए । समस्या दिनानु दिन बढ्दै गएको यहाँहरुलाई अवगत भएको कुरा जो आजभोली पनि निरन्तर बढ्दै गएका छन। 

अब तपाई भन्नुस् सबै शासन प्रणाली लागु गरेका हामीलाई चाहिएको के हो राजतन्त्र, प्रजातन्त्र वा गणतन्त्र ?

हामीलाई न हिजो आफ्नाहरुसँगै दुस्मनी गरेर प्रजातन्त्र चाँहिएको हो । न राजतन्त्र हटाएर गणतन्त्र । हामी सिकारीको पासोमा बारम्बार परिरहेका सिकार हौँ । हाम्रो बलबुतामा कति के के पाएँ जो लेखाजोखा गर्नै सकिदैन । अझै पनि हाम्रो नामको नारा गाउन छोडेको छैनन् । यहाँ अझै पनि धेरै भोकाइसकेका छन् । तर अब हामी काही पनि सिकार बन्ने छैनौँ भन्दै प्रजातन्त्र दिवसको सबैलाई शुभकामना ।

बचन राज जोशी

बचन राज जोशी यस कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकाका अध्यक्ष तथा सञ्चालक हुनुहुन्छ । उहाँ विभिन्न समसामयिक विषयवस्तु, भाषा कला साहित्य तथा अन्य राजनीतिक र समाजमा भईरहेका विभिन्न विषयवस्तुमा रहेर पत्रकारिता गर्नुहुन्छ । उहाँ संग न्यूज २४ टेलिभिजन तथा अन्य रेडियोमा ५ वर्ष बढी काम गरेको अनुभव छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

छाउगोठको अँध्यारोमा सर्पले लियो कमलाको ज्यान

छाउगोठको अँध्यारोमा सर्पले लियो कमलाको ज्यान

कञ्चनपुर- २८ वर्षीया कमला दमाई दुई महिनाअघि मात्रै भारतबाट थाकेको शरीर, थिचिएको आत्मा लिएर घर फर्किएकी थिइन्। गाउँको धूलो, माइतीको...
अछामी सम्पर्क समिति युएईको पहिलो अधिवेशन सम्पन्न, १६ सदस्यीय नयाँ कार्यसमिति चयन

अछामी सम्पर्क समिति युएईको पहिलो अधिवेशन सम्पन्न, १६ सदस्यीय नयाँ कार्यसमिति चयन

गोविन्द बोहरा, युएई- अछामी सम्पर्क समिति युएईको पहिलो अधिवेशन आइतबार सम्पन्न भएको छ। अधिवेशनले प्रेमबहादुर बोगटी (भीम) को अध्यक्षत...
आज आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती विविध कार्यक्रमसहित मनाइँदै

आज आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती विविध कार्यक्रमसहित मनाइँदै

काठमाडौँ- नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देश तथा विदेशमा विविध कार्यक्रम आयोजना गरी श्रद्धापूर्वक म...
देशभर मनसुन सक्रिय, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुन सक्रिय, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वी नेपालमा सरदर स्थानको आसपास र पश्चिमी नेपा...
बैतडी जीप दुर्घटना: घाइतेमध्ये दुई जनाको मृत्यु, ६ जना उपचाररत

बैतडी जीप दुर्घटना: घाइतेमध्ये दुई जनाको मृत्यु, ६ जना उपचाररत

बैतडी– बैतडीमा भएको जीप दुर्घटनामा परि घाइते भएका दुई जनाको मृत्यु भएको छ । धनगढीबाट दार्चुलाको गन्ना तर्फ जाँदै गरेको सुप प्र ०४ ...
बुङ्गल हाइड्रो लिमिटेडले स्थानीयका लागि सेयर निष्कासन गर्ने

बुङ्गल हाइड्रो लिमिटेडले स्थानीयका लागि सेयर निष्कासन गर्ने

बझाङ- बुङ्गल हाइड्रो लिमिटेडले प्रभावित क्षेत्रका स्थानीयवासीलाई लक्षित गर्दै साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ। कम्पनीले ...
भारतमा भएको एअर इन्डिया विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक

भारतमा भएको एअर इन्डिया विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक

भारतमा एअर इन्डियाको विमान दुर्घटनासम्बन्धी प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिवेदनमा इञ्जिन कट–अफ स्थिति अर्थात इञ्जिनक...
बैतडीमा जीप दुर्घटना : चालकसहित ८ जना घाइते, तीनको अवस्था गम्भीर

बैतडीमा जीप दुर्घटना : चालकसहित ८ जना घाइते, तीनको अवस्था गम्भीर

बैतडी- बैतडीको पाटन–६ खिपालीमा जीप दुर्घटना हुँदा चालकसहित ८ जना घाइते भएका छन्। धनगढीबाट दार्चुलाको गन्ना जाँदै गरेको सुप प्र ०४–...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज