Advertisement

Day: २०८० फाल्गुन १, मंगलवार ११:१०

आज विश्व रेडियो दिवस मनाइँदै

समाचार
काठमाण्डौं – आज विश्व रेडियो दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।  संयुक्त राष्ट्रसंघको आहृवानमा सन् २०१२ देखि विश्व रेडियो दिवस मनाउन शुरु गरिएको हो ।  यसवर्षको नारा ‘रेडियोको एक शताब्दी, जानकारी, मनोरञ्जन र शिक्षा’ रहेको छ । सन् १८९४ मा इटालीका वैज्ञानिक जी मार्कोनीले रेडियोको आविष्कार गरेपछि आजसम्म रेडियो र यसका संरचनाहरूले धेरै प्रविधिमय आयाममा परिवर्तन ल्याइसकेको छ ।  रेडियोलाई आमसञ्चारको प्रभावकारी माध्यमका रुपमा लिइन्छ । बढ्दो प्रविधिसँगै सञ्चार क्षेत्रमा अन्य धेरै विकल्पहरु थपिएका छन् । तर रेडियोको महत्व र योगदान अझै पनि सान्दर्भिक नै छ । चेतना प्रवाह, हरेक राजनीतिक परिवर्तन, विकास निर्माण, शिक्षा, स्वास्थ्यसँगै भूकम्पजस्ता विपद्मा रेडियोको भूमिकालाई महत्वपूर्ण मानिन्छ । तर पछिल्लो पटक रेडियोका लागि पनि आर्थिक सङ्कट चुनौतीपूर्ण बनेको छ । त्यसै का...

कैलालीमा भलाकुसारी गर्न शान्ति सङ्ग्रहालय निर्माण

समाचार
धनगढी - एकल महिलाले भलाकुसारी गर्नका लागि कैलाली जिल्लाको कैलारी गाउँपालिका–६ स्थित वनकट्टामा शान्ति सङ्ग्रहालय निर्माण गरिएको छ ।  यस सङ्ग्रहालयमा एकल महिला र द्वन्द्वपीडित जमघट भएर आआफ्ना दुःखसुखका कुरा आपसमा साटासाट गर्ने जनाइएको छ । सङ्ग्रहालयमा डिजिटल बोर्डसमेत लगाइएको छ ।  सङ्ग्रहालयमा आएर एकल महिलालाई एक अर्काबिच भलाकुसारी र दुःखसुख साटासाट गर्न सहयोग पुग्ने मानव अधिकार एकल महिला समूह सुदूरपश्चिम अध्यक्ष सुमन शर्माले बताइन् । वडा कार्यालयको आर्थिक सहयोगमा सङ्ग्रहालय भवन निर्माण गरिएको हो । वडा कार्यालयले १० लाख रुपियाँ सहयोग गरेको वडाध्यक्ष प्रेम चौधरीले जानकारी दिए ।  सङ्ग्रहालयको सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले उद्घाटन गरेका  हुन् । उनले एकल महिलालाई सहयोग गर्न प्रदेश सरकार तयार रहेको प्रतिबद्धता जनाए ।...

फागुन १ गते सार्वजनिक बिदा नहुने

समाचार
काठमाडौं - सरकारले फागुन १ गते मङ्गलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको जनाएको छ ।  गृह मन्त्रालयले सोमबार सूचना जारी गर्दै जनयुद्ध दिवसको बिदा कायम नरहेको जनाएको हो । गृहका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले सर्वोच्च अदालतको फैसलाका आधारमा मन्त्रिपरिषद्को २०८० माघ २५ गते बसेको बैठकको निर्णय अनुसार जनयुद्ध दिवसको सार्वजनिक बिदा नदिइएको जानकारी दिए । नेपाल राजपत्र (खण्ड ७२, सङ्ख्या ६५, भाग ५ र मिति २०७९–१२–०२ मा प्रकाशित संवत् २०८० फागुन १ गते मङ्गलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको जारी सूचनामा उल्लेख छ ।...

आजको मौसम : पहाडी भूभागमा आंशिक बदली

समाचार
धनगढी - हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ।  आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ। देशको पहाडी भूभागका एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ।  देशको पहाडी भूभागका एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।...

पेलाको ‘के लत बस्यो मलाई’ करोड क्लबमा प्रवेश

समाचार
काठमाडौं - तिलकसिंह पेलाको स्वर र संगीतमा रहेको गजल गीत‘के लत बस्यो मलाई’ करोड क्लबमा प्रवेश गरेको छ ।  सार्वजनिक भएको १ वर्षपछि यो गजल करोड क्लवमा पुगेको हो । यस गजललाई डा. प्रदीप कुमार मैनालीले रचना गरेका हुन् ।  गजलमा तिलक सिंह पेलाको संगीत र स्वर रहेको छ । रिदम कंडेलले गजलको एरेन्ज गरेका हुन् । रेकर्डिङ स्टुडियोमा नै भिडियोको छायाँकन गरेर सार्वजनिक गरिएको हो । सरस शब्दावली र शेर बुनिएको यो गजल अत्याधिक रुचाईने गजलमध्येको एक हो । https://youtu.be/OEDTv4zs1Q4?si=fArmweBqQn78hDvL...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज