
धनगढी – गायिका इब्सुल सञ्ज्याल उत्कृष्ट युवा पुरस्कारबाट सम्मानित भएकि छन् ।
कालिकोटको पचलझरना-६ घर भएकी इब्सुललाई राष्ट्रिय युवा सेवा कोषले नगद १० हजार सहित उत्कृष्ट युवा पुरस्कारबाट सम्मानित गरेको हो ।
गायन क्षेत्रमा मिठो कला, गला, आवाज र स्वरको माध्यमबाट हाँशीहाँसी दर्शक तथा श्रोतालाई मनोरन्जन दिदै हृदयस्पर्सी तथा मार्मिक गीतहरुको माध्यमबाट भाषा कला, तथा साहित्यको श्रीवृद्धि गर्न सफल भएको उनलाई सम्मानित गरिएको राष्ट्रिय युवा सेवा कोषका अध्यक्ष प्रदीपमान बैद्यले बताएका छन् ।
लोकदोहोरी गाएर पछिल्लो समय सबैतिर चर्चा कमाएकि ईब्सुल मोडलिङ मार्फत चार वर्षदेखि साँगितिक क्षेत्रमा जमेकी छन् ।

