काठमाण्डाैं – राष्ट्रिय सभा अध्यक्षको चुनाव आउँदो फागुन २९ गते हुने भएको छ ।
राष्ट्रिय सभा कार्यव्यवस्था समितिले तयार गरेको सम्भावित कार्यतालिकामा उक्त दिन चुनाव हुने उल्लेख छ ।
राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाको समयावधि सकिएपछि पद रिक्त हुने भएपछि नयाँ अध्यक्ष चयन गर्नुपर्ने अवस्था आएको हो ।
राष्ट्रिय सभा चुनावमा सत्ता गठबन्धनमा रहेका दलहरूले संयुक्त उम्मेदवार उठाएका थिए । राष्ट्रिय सभा अध्यक्षको चुनावमा पनि गठबन्धन गर्ने सम्भावना छ ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३