
धनगढी – कैलाली बहुमुखी क्याम्पसमा संसदीय वहस प्रणलीमा आधारित नमुना संसद अभ्यास कार्यक्रम आयोजना गरिएको छ ।
केएमसी डिबेट क्लबको आयोजनामा कानून संकायमा अध्ययनरत र अन्य गरी ६२ जना विद्यार्थीहरुको सहभागितामा संसदिय प्रणाली, विधेयक प्रस्तुत, छलफल र कानून निर्माण प्रक्रिया बारे जानकारी गराउने उद्धेश्यले विद्यार्थीहरुबिच नमुना संसदीय अभ्यास कार्यक्रम आयोजना गरिएको केएमसी डिबेट क्लबका संयोजक गणेश खत्रीले बताए ।
यस्तै स्वतन्त्र विद्यार्थी युनियन केएमसीका अध्यक्ष यमराज जोशीले संसद र सांसदको भुमिकाबारे सबैले जान्न जरुरी रहेको बताएका छन् ।
संसदिय अभ्यास कानून निर्माण प्रक्रिया मात्र नभएर सामान्य क्लबका मिटिङहरु सञ्चालन र व्यवस्थापनबारे सिकाउने अभ्यास पनि भएको उनको भनाई छ ।
त्यसैगरी क्याम्पस प्रमुख प्राध्यापक तोयराज भट्टले कानूनी अज्ञानता क्षम्य नहुने भएकाले देशको कानून र कानून निर्माण प्रक्रिया बारे जान्नु अत्यन्त महत्वपूर्ण रहेको बताएका छन् । यस्ता कार्यक्रमले प्रत्येक विद्यार्थीलाई इमान्दार, लगनशील र जवाफदेही बन्न प्रोत्साहन गर्ने उनले भनाई छ ।
आज मंगलबार विद्यार्थीहरुलाई सैद्धान्तिक प्रशिक्षण दिईएको हो । बुधबार प्रत्यक्ष सत्तापक्ष र प्रतिपक्षको भुमिकामा अभ्यास गराईने क्लबका संयोजक खत्रीले बताएका छन् ।