Advertisement

Day: २०८० माघ १०, बुधबार २०:५०

बझाङको जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड झाेतामा

बझाङको जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड झाेतामा

खेलकुद, बझाङ
बझाङ : जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता केदारस्यु गाउँपालीकाकाे झाेतामा हुने भएको छ । जिल्ला खेलकुद समितिका अध्यक्ष पुष्पलाल राेकाया ज्वालाकाे नेतृत्वमा बसेकाे जिल्ला स्तरीय बैठकले केदारस्यु गाउँपालीकाकाे वडा नम्बर ९ झाेतामा गर्ने निर्णय गरेकाे हाे । बझाङ जिल्लाकाे सदरमुकाम चैनपुरमा र अन्य स्थानीय तहमा गतिलाे खेलमैदान नहुदा र सबैकाे सहकार्यमा झाेतामा गर्ने निर्णय भएको जिल्ला खेलकुद अध्यक्ष पुष्पलाल राेकायाले बताए । उनले भने सबैभन्दा राम्रो खेलमैदान केदारस्यु गाउँपालीकाले झाेतामा निर्माण गरेको भन्दै सबैलाई जानकारी गराएको थियाे । जिल्ला खेलकुद समिती बझाङले विभिन्न स्थानीय तहलाई खेलकुद समिति गठन गरेर दिन आग्रह गर्दै आएको छ । यति जिल्ला खेलकुद समितिकाे निर्णय अटेरी गरेमा स्वयंम गाउँपालीका जिम्मेवार हुनुपर्ने बताउदै आएकाे छ । आज बसेकाे खेलकुद समितिले यसपालिकाे राष्ट्र...

धनगढीमा गोठालो : केकमा सरप्राइज, चियामा मसला

समाचार
धनगढी - धनगढीमा चिया र  केकका लागि सबैले सम्झिने नाम बनेको छ  'गोठालो' ।  मसला चियाले ख्याति कमाएको गोठालामा हाल केकको लागि पनि सबैको रोजाईमा पर्ने गरेको छ । गोठालोले केक खरिद गर्ने प्रत्येकलाई दक्षिणा स्वरूप केही रकम सरप्राइज दिने गरेको छ । गोठालोको उक्त शैली सबैले रुचाएका छन् । त्यस्तै जन्मदिन मनाउनेलाई आशीर्वादका लागि गोठालोले शुभकामाना कार्डसमेत दिने गरेको छ ।  गत असार १८ गतेबाट धनगढी- ५ हसनपुरमा सञ्चालन भएको गोठालोले छोटो समयमै सबैको मन जित्न सफल भएको हो । दैनिक तीन सय कपभन्दा बढी चिया बेच्दै आएको गोठालामा सबै प्रकारका चिया उपलब्ध भएपनि मसला चिया भने सबैको रोजाईमा पर्ने गरेको छ । त्यस्तै गोठालोमा दुध, दही, महि, चिया, मिठाइँ, लस्सी, आइसक्रीम र पनिरलगायतका डेरीजन्य पदार्थहरु पाइने गरेका छन् ।...

धनगढीका नगर प्रमुख हमालको घरमा कालो ब्यानर 

समाचार
धनगढी - धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालको घरमा कालो ब्यानर टाँसिएको छ। मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कैलालीले धनगढी उपमहानगरपालिका नगर प्रमुको घरमा कालो ब्यानर टाँसेको हो। बुधबार क्रान्तिकारी युवा सङ्गठनले नगर प्रमुख हमालको घरमा कालो ब्यानर टाँसेको हो।...

सहकारी पीडितको पीडा राज्यको समस्या बन्न नसक्नु चिन्ताको विषय हो : नेता महर

समाचार
काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले समस्याग्रस्त सहकारी व्यवस्थापनमा सरकार गम्भीर बन्नु पर्ने बताएका छन्। धनगढीमा बुधबार बिहान पत्रकारहरूसँगको भेटघाटमा नेता महरले १५ वटा सहकारीबाट २८ हजार बचतकर्ताको १२ अर्ब ९९ करोड ६४ लाख अपचलन भएको पाइएकाले समस्या समाधानमा सरकार गम्भीर बन्नुपर्ने बताएका हुन्। 'सरकारद्वारा गठित काशीराज दाहाल नेतृत्वको ‘समस्याग्रस्त सहकारी व्यवस्थापन समिति’को कार्यालयले कृषि, सहकारी तथा प्रकृति स्रोत समितिमा आइतबार गरेको बिफ्रिङमा १५ वटा समस्याग्रस्त सहकारीबाट २८ हजार १०८ जना बचतकर्ताहरूको १२ अर्ब ९९ करोड ६४ लाख रुपैयाँ बराबरको बचत अपचलन भएको देखाएको छ। १५ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरिए पनि ३१ हजार बढी सहकारी संघ संस्थाहरूमध्ये करिब ५ सय सहकारी समस्यामा रहेका छन्,' उनले भने। पूर्व गृहमन्त्री हुन् वा ठूला व्यापारी जनताको रकम अपचलन गर्ने छुट...
बझाङमा जिपको ठक्करबाट महिलाको मृत्यु

बझाङमा जिपको ठक्करबाट महिलाको मृत्यु

बझाङ, मुख्य समाचार
बझाङ : बझाङमा जिपको ठक्करबाट महिलाको मृत्यु भएको छ । बुधबार विहान ९ बजे जिपको ठक्करबाट घाईते केदारस्युँ गाउँपालिका ४ बागथलाकि ६४ बर्षिया महेश्वरी देवी मल्लको मृत्यु भएको हो । बागथला तल्ला बजारमा घर अगाडीको धारामा पानी लिन जाने बेलामा बागथला बाट चैनपुर तर्फ आईरहेको सुदुरपश्चिम प्रदेश ०१ ००१ ज १३१६ नम्बरको जिपले ठक्कर दिएको थियो ।  जिपले ठक्कर दिदा मल्लको टाँउको र छातिमा चोट लागेको थियो । घाईते मल्लको रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा सामान्य उपचार पश्चात थप उपचारको लागि धनगढी लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । जिप चालक वित्थडचिर गाउँपालिका ६ का २४ बर्षिया विशाल सिंह स्याडालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ...

धनगढीका एक व्यवसायीले  घरको पाँचौं तलाबाट हाम फालेपछि…

समाचार
धनगढी - कैलालीको धनगढीमा एक व्यवसायीले आफ्नै घरको छतबाट हाम फालेका छन् ।  धनगढी बसपार्कस्थित सन्दीप स्टोरका सञ्चालकसमेत रहेका अन्दाजी ५३ वर्षीय सन्तोष अग्रवालले आफ्नै घरको पाँचौं तलाबाट हाम फालेका हुन् ।  घटना बुधवार विहान करिब ११ः२० को हो । घरायसी विवादका कारण घरको छतबाट हाम फालेका उनको अवस्था गम्भीर रहेको वडा प्रहरी कार्यालय धनगढीले जनाएको छ ।  बेहोस अवस्थामा रहेका अग्रवाललाई उपचारका लागी नवजीवन अस्पताल लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।...

३ जना असइसहित २४ प्रहरी सम्पर्कविहीन, हाजिर हुन ताकेता

समाचार
काठमाडौं - नेपाल प्रहरीका विभिन्न पोष्टमा कार्यरत २४ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । लामो समयदेखि हाजिर नभएपछि प्रहरी प्रधान कार्यालयले सम्पर्कमा आउन ताकेता गरेको छ । सम्पर्कविहीन हुनेहरूमा तीन जना सहायक निरीक्षक (असइ), २ जना सहायक हवल्दार र बाँकी जवानहरू रहेका छन् । प्रहरी प्रधान कार्यालयले हाजिरी हुन ताकेता गरेकाहरू भदौदेखि नै सम्पर्कमा नरहेकासम्म छन् । सल्यानका विनोद बिक गत भदौ २४ गतेदेखि नै हाजिरी भएका छैनन् । गैरहाजिर भएका २४ जनालाई नै सात दिनभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन भनिएको छ । यो अवधिमा नआए सेवाबाट हटाउने प्रक्रिया सुरु हुने प्रहरी प्रधान कार्यालयले सूचित गरेको छ ।...

अछाममा भालुको आक्रमणबाट दुई युवती घाइते

समाचार
अछाम - अछाममा भालुको आक्रमणबाट २ युवती घाइते भएका छन्। घाइते हुनेमा रामारोशन गाउँपालिका वडा नम्बर-५ का २० वर्षीया पार्वती शाह र १९ वर्षीया सरस्वती शाह रहेका छन्।  खरमेला जाने क्रममा उनीहरुलाई भालुले आक्रमण गरेको वडा नम्बर ५ का वडा अध्यक्ष केशरबहादुर शाहले जानकारी दिए।  उनीहरुको अवस्था गम्भिर रहेकाले उपचारका लागि जिल्ला बाहिर लैजानको लागि हेलिकप्टरको व्यवस्था गरिरहेको उनले बताए। ...

केएमसीमा व्यक्तित्व विकास र सिर्जनात्मक लेखन सम्बन्धि कार्यशाला सम्पन्न

समाचार
धनगढी - कैलाली बहुमुखी क्याम्पसमा विद्यर्थी गुणस्तर समुहले आयोजाना गरेको सिर्जनात्मक लेखन र व्यक्तित्व विकास सम्बन्धि चार दिने कार्यशाला सम्पन्न भएको छ । क्याम्पसमा अध्ययनरत विद्यर्थीहरुको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्धेश्यले विद्यार्थीहरुकै नेतृत्वमा गत साउन ३२ गते उक्त समुह गठन गरिएको थियो ।  त्यस यता असोज २५ गते विद्यार्थी गुणस्तर समुहको तर्फबाट अध्ययनसंगै उद्यम गरिरहेका विद्यार्थीहरुलाई हौसला बढाउन सम्मान गरियो । जसमा कैलाली बहुमुखी क्याम्पसका विभिन्न क्षेत्रमा स्वरोजगार १४ जना विद्यार्थीहरु सम्मानित भएका थिए ।  कानून संकायमा अध्ययनरत विद्यार्थी ओम प्रकाश वस्तीको संयोजकत्वमा रहेको यो समुहले यहि माघ ६ गते देखि ९ गते सम्म दोस्रो कार्यक्रम सिर्जनात्मक लेखन र व्यक्तित्व विकास सम्बन्धि चार दिने कार्यशाला आयोजना गरेकोहो । विद्यार्थीहरुलाई दैनिक जीवनमा आवश्यक पर्ने...

कैलालीमा चौध महिना अगाडि पुल तयार 

समाचार
धनगढी - कैलालीमा पुलको निर्माण कार्य तोकिएको समयावधिभन्दा १४ महिना अगाडि नै पूरा भएको छ ।  बर्दगोरिया गाउँपालिका–३ स्थित सेती लोकमार्गमा पर्ने काँडा खोला पुल तोकिएको समयावधिभन्दा अगाडि बनेको हो । दुई स्पानको सो पुलको लम्बाइ ८५ मिटर रहेको छ ।  २०७९ साल असार २९ गते काँडा खोला पुल निर्माणको ठेक्का सम्झौता भएको थियो । २०८१ चैत १३ गतेभित्र काम पूरा गर्ने गरी एएनके कन्स्ट्रक्सन कम्पनी प्रालि काठमाडौँले ठेक्का पाएको हो । सो कम्पनीले माघ पहिलो साता नै पुल निर्माणको काम सम्पन्न गरेर जनप्रतिनिधि र जनताबाट वाहवाही पाएको छ । गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले माघ ४ गते भव्य समारोहकाबीच पुलको उद्घाटन गरेका छन् । ...
बझाङको वित्थडमा कृषकलाई सामाग्री वितरण

बझाङको वित्थडमा कृषकलाई सामाग्री वितरण

बझाङ, सुदूरपश्चिम
बझाङ : बझाङकाे बित्थडचिर गाउँपालीकामा कृषकलाई सामग्री वितरण गरिएको छ । बझाङ जिल्लाकाे पहिलाे खुटकिलामा पर्ने स्थानीय सरकार वित्थडचिरमा कृषकहरूलाई सजिलोकाे लागि कृषि सामाग्री वितरण गरिएको हाे । स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा कार्यक्रम अन्तरगत,MPDS, mercy corps world food programe, USAID, आर्थिक सहयाेगमा वित्थडचिर गाउँपालीकाकाे कृषि शाखाकाे सहकार्यमा कृषकहरुलाई कृषि सामाग्री वितरण गरिएको हाे । एक कार्यक्रमका बिच जिल्लाकाे बित्थडचिर गाउँपालीकामा MPDS नामक सस्थाले प्रमुख प्रशासकीय अधिकृत कुमारी गाैमती बाेगटीलाई कृषि सम्वन्धि विभिन्न सामाग्री हस्तान्तरण गरिएको थियाे । हस्तान्तरण गरिएको सामाग्रीमा गाड्ने पाइप प्लास्टिक ट्रम प्लाष्टिक हजारी फिर्फिर पाेलिव्याग लगायतका सामाग्री हस्तान्तरण गरिएको हाे । यसरी स्थानीय तहमा सहकार्य गर्दै विभिन्न सँघ सस्थाले सामाग्री दिएक...

डडेल्धुरामा ४३ वर्षीय फरार प्रतिवादी पक्राउ 

समाचार
डडेल्धुरा - डडेल्धुराबाट फरार प्रतिवादी पक्राउ परेका छन्। डडेल्धुराको अमरगढी नगरपालिका–१ का ४३ वर्षीय प्रेम साउँदलाई मंगलवार दिउँसो जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलिले अमरगढी–५ बसपार्कबाट पक्राउ गरेको हो।  जिल्ला अदालत कैलालीले सवारी ज्यान मुद्दामा २०७१ मा १ वर्ष ९ महिना १९ दिन कैद सजाय तोकेपछि साउँद फरार रहेका थिए। ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज