
धनगढी – कैलालीको धनगढीमा एक व्यवसायीले आफ्नै घरको छतबाट हाम फालेका छन् ।
धनगढी बसपार्कस्थित सन्दीप स्टोरका सञ्चालकसमेत रहेका अन्दाजी ५३ वर्षीय सन्तोष अग्रवालले आफ्नै घरको पाँचौं तलाबाट हाम फालेका हुन् ।
घटना बुधवार विहान करिब ११ः२० को हो । घरायसी विवादका कारण घरको छतबाट हाम फालेका उनको अवस्था गम्भीर रहेको वडा प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
बेहोस अवस्थामा रहेका अग्रवाललाई उपचारका लागी नवजीवन अस्पताल लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।