बझाङ : जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता केदारस्यु गाउँपालीकाकाे झाेतामा हुने भएको छ ।
जिल्ला खेलकुद समितिका अध्यक्ष पुष्पलाल राेकाया ज्वालाकाे नेतृत्वमा बसेकाे जिल्ला स्तरीय बैठकले केदारस्यु गाउँपालीकाकाे वडा नम्बर ९ झाेतामा गर्ने निर्णय गरेकाे हाे ।
बझाङ जिल्लाकाे सदरमुकाम चैनपुरमा र अन्य स्थानीय तहमा गतिलाे खेलमैदान नहुदा र सबैकाे सहकार्यमा झाेतामा गर्ने निर्णय भएको जिल्ला खेलकुद अध्यक्ष पुष्पलाल राेकायाले बताए । उनले भने सबैभन्दा राम्रो खेलमैदान केदारस्यु गाउँपालीकाले झाेतामा निर्माण गरेको भन्दै सबैलाई जानकारी गराएको थियाे ।

जिल्ला खेलकुद समिती बझाङले विभिन्न स्थानीय तहलाई खेलकुद समिति गठन गरेर दिन आग्रह गर्दै आएको छ । यति जिल्ला खेलकुद समितिकाे निर्णय अटेरी गरेमा स्वयंम गाउँपालीका जिम्मेवार हुनुपर्ने बताउदै आएकाे छ । आज बसेकाे खेलकुद समितिले यसपालिकाे राष्ट्रपति रनिङ शिल्ड यति २४ गते देखि केदारस्युकाे झाेतामा सँञ्चालन हुने मिति तय गरेको जिल्ला खेलकुद समिति बझाङले प्रेस विज्ञाप्ती मार्फत जानकारी गराएकाे हाे ।


