Advertisement

Day: २०८० माघ १०, बुधबार ०८:४१

कैलालीमा करेन्ट लागेर एकको मृत्यु, एक घाइते 

समाचार
धनगढी - कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। घोडाघोडी नगरपालिका-१० स्थित तुल्सीपुर सामुदायिक वनमा पहलमानपुरका ४० वर्षीय धनबहादुर शाहको बुधवार मृत्यु भएको हो।  करेन्ट लागेर गम्भिर घाईते भएका शाहको उपचारका लागि घोडाघोडी अस्पताल सुखडमा ल्याउँदा डाक्टरले मृत घोषणा गरेको हो। साथै करेन्ट लागेर एक जना घाईते भएका छन्। घाइते हुनेमा मोहन्याल गाउँपालिका-३ की ३६ वर्षीया दुर्गा खत्री रहेकी छिन्।  खत्रीलाई उपचारको लागि घोडाघोडी अस्पताल सुखड हुँदै थप उपचारको लागि मेडिकल कलेज कोहलपुर रिफर गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटनाको कारण भने अहिले सम्म खुल्न नसकेको र यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज