बैतडी – बैतडीमा एक विद्यार्थीमाथि धारिलो हतियार प्रहार भएको छ ।
जिल्लाको दोगडाकेदार गाउँपालिकाको चौथो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागी हुन गएका एक विद्यार्थीमाथि धारिलो हतियार प्रहार भएको हो ।
दोगडाकेदारको पन्ज्युनयाँ खेलमैदानमा संचालन भइरहेको प्रतियोगितामा सोमबार राति केदार माबि, पिपलकोटका विद्यार्थी विशाल कार्कीमाथि धारिलो हतियार प्रहार भएको हो ।
हतियार प्रहारबाट घाइते भएका १७ वर्षीय कार्कीको स्थानीय गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । सोमबार साँझ उक्त घटना भएको र त्यसलगत्तै प्रहरी परिचालन गरेर घटनामा संलग्न भएका ६ जनालाई पक्राउ गरिएको बैतडीका निमित्त प्रहरी प्रमुख नन्दराज जोशीले बताए ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३