
धनगढी – बालकुमारी घटनामा मृत्यु भएका दुई युवकको सम्झनामा धनगढीमा दीप प्रज्वलन गरिएको छ ।
आज मंगलबार धनगढीको पार्क मोडमा साहित्य विशेषको आयोजनामा दीप प्रज्वलन गरिएको हो ।
ललितपुरको बालकुमारीमा शुक्रबार प्रहरीको गोली लागेर दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियोे ।
पानी जहाज निर्माणको कामका लागि कोरियाली भाषा परीक्षा दिएर अनुतीर्ण भएकाहरुले उत्पादनमुलक कामका लागि हुने भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै गरेको प्रदर्शनका क्रममा शुक्रबार प्रहरीले गोली चलाउँदा उनीहरुको मृत्यु भएको थियो ।
उक्त घटनामा मारिएका दैलेखका रावत र अछामका शाहको परिवारलाई सरकारले १०-१० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

