काठमाडौं – विभागीय टोली एपीएफले केशवलाल स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
सोमबार भएको फाइनलमा एपीएफले चन्द्रागिरी नगरपालिका न्यू डायमण्ड युथ स्पोर्टस् क्लबलाई ३–१ सेटले पराजित गरेको हो ।
एपिएफले न्यु डायमण्डलाई १९–२५, २५–२०, २५–१७, २५–२३ को सेटमा हरायो ।
मकवानपुर जिल्ला भलिबल संघ र केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको संयुक्त आयोजना तथा हेटौँडा उपमहानगरपालिकाको सहयोगमा भएको प्रतियोगिताको विजेता एपीएफले २ लाख र उपविजेता न्यू डनयमण्डले १ लाख प्राप्त गर्यो ।
च्याम्पियन एपीएफकी निरुता ठगुन्ना उत्कृष्ट खेलाडी घोषित भइन् । उनले १५ हजार प्राप्त गरिन् ।
व्यक्तिगत उत्कृष्टमा न्यू डनायमण्डक र एपीएफमै वर्चस्व रह्यो ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३