Advertisement

Day: २०८० पुष ३, मंगलवार २३:२१

वीरका निर्देशक पौडेललाई पुर्नवहाली गर्न सर्वोच्चको अन्तरिम आदेश

वीरका निर्देशक पौडेललाई पुर्नवहाली गर्न सर्वोच्चको अन्तरिम आदेश

समाचार
सर्वोच्च अदालतले राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानका निर्देशक डा. सन्तोष पौडेलेलाई पुर्नवहाली गर्न अन्तरिम आदेश जारी गरेको छ। मंगलबार सर्वोच्चले दुई वर्ष अवधिसम्म निर्देशकको कार्यभार समाल्ने गरी डा. पौडेलको पक्षमा अन्तरिम आदेश जारी गरेको हो। डा. पौडेलले दुई साता अघि कारण विना मन्त्रालयमा हाजिर गर्न बोलाइएको भन्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतको निर्देशनमा पौडेललाई मंसिर १५ देखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हाजिर हुन पत्र पठाइएको थियो। पत्र पाए पनि न्यायिक प्रक्रिया नभएको भन्दै उनी मन्त्रालयमा हाजिर हुन गएका थिएनन्। डा. पौडेललाई मन्त्रालयले राजनीतिक दल र जनसङ्गठनमा आबद्ध भएको पत्रहरू सहित मन्त्रालयमा  हाजिर गर्न बोलाएकाे थियाे। उनलाई पत्र पठाए लगत्तै वीर अस्पतालमा निमित्त निर्देशकको रुपमा श्रवण कुमार थापाला...
बझाङ जिल्लाको कुल मस्ट्राजन माबी ले बिद्यार्थी बाट अनावश्यक शुल्क लिएको कुरा भ्रामक : प्रधानाध्यापक

बझाङ जिल्लाको कुल मस्ट्राजन माबी ले बिद्यार्थी बाट अनावश्यक शुल्क लिएको कुरा भ्रामक : प्रधानाध्यापक

बझाङ, शिक्षा, सुदूरपश्चिम
पछिल्लो समय बझाङ जिल्लाको मस्टा गाउपालिका अतर्गत पर्ने  कुल मस्ट्राजन माध्यामिक बिद्यालयमा बिद्यार्थीहरुबाट  अनावश्यक शुल्क लिइएको भन्ने कुरा सामाजिक संजालमा देखिएको जस्तो नभएको कुल मस्ट्राजन माध्यामिक बिद्यालय का प्रधानाध्यापक मोहन थापा ले जानकारी गराएका छन । प्रधानाध्यापक थापाले कुल मस्ट्राजन माबी मा बिगत ३/४ बर्ष देखि बिद्यालय बाट ११/१२ कक्षा पढेर  बिदाइ हुने बिद्यार्थीहरुबाट रु ३००० तीन हजार शुल्क लिदै आएको कुरा हाम्रो कामना टूडे लाई जानकारी दिएका छन ।  उक्त शुल्क पनि बिद्यालय प्रशासन , बिद्यालय ब्यवस्थापन समिती र अभिभावकहरुले निर्णय गरेबमोजिम लिईएको र त्यसै शुल्क भित्र ११/१२ पढ्ने सम्पुर्ण बिद्यार्थी भाइबहिनीहरुलाई निशुल्क सबै पाठ्यपुस्तक हरुको सुविधा समेत बिद्यालयले प्रदान गरेको प्रधानाध्यापक थापा ले बताएका छन । यदि उक्त शुल्क बढी भयो तिर्न सकिदैन...
धनगढी सञ्जीवनी पोलि-क्लिनिक को निःशुल्क स्वास्थ्य शिविर

धनगढी सञ्जीवनी पोलि-क्लिनिक को निःशुल्क स्वास्थ्य शिविर

समाचार
धनगढी-कैलालीको धनगढीमा सञ्चालनमा रहेको सञ्जीवनी पोलिक्लिनिकले स्वास्थ्य शिविर मार्फत निःशुल्क सेवा प्रवाह गरेको छ । शनिवार धनगढी उप–महानगरपालिका वडा न १६ भादा गाउँमा स्थानियवासीहरुलाई सेवा प्रदान गरीएको हो । शिविरमा जनरल फिजिसियन डाक्टर सुमन चौधरी र जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर शङ्कर अधिकारीले बिरामीहरूको निःशुल्क चेकजाँच पछि आवश्यक औषधिहरू पनि निःशुल्क रूपमा वितरण गरेका थिए । शिविरबाट एक सय जना बिरामीले निःशुल्क उपचार सेवा पाएका छन्। स्वास्थ्यको पहुँच बाहिर रहेका ग्रामीण बस्तीका नागरिकहरूलाई सेवा दिन शिविर सञ्चालन गरीएको सञ्जीवनी पोलिक्लिनिक सञ्चालक दुश्यान्त बस्नेतले बताए । धनगढीका विभिन्न भित्री गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य शिविरहरू गर्ने योजना रहेको उनको भनाइ छ ।...

अछाममा घाइते गर्भवतीको हेलिकप्टरबाट उद्धार

समाचार
धनगढी - अछाममा घाइते अवस्थामा फेला परेकी पाँच महिने एक गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ ।   घाइते अवस्थामा भेटिएकी ढकारी गाउँपालिका-७ ढुंगाचाल्ना निवासी ३५ वर्षीया कल्धरी बुढाको थप उपचारका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत हेलिकप्टरबाट उद्धार गरिएको हो । घाइते बुढाको स्थानीयस्तरमा उपचार सम्भव नभएपछि हेलिकप्टरबाट थप उपचारका लागि सुर्खेत लगिएको वडा अध्यक्ष रामबहादुर बुढाले जानकारी दिए।   घाँस काट्न भनेर घरबाट निस्किए भनिएकी बुढा घरभन्दा करिब एक किलोमिटर टाढाको जंगलमा अचेत अवस्थामा फेला परेको जनाइएको छ । सोमबार दिउँसो घरबाट बाख्रा गोठालासँग वनतिर गएकी बुढालाई खोजी गर्ने क्रममा घाइते अवस्थामा मंगलबार बिहान आफन्तले फेला पारेका थिए ।...

कैलालीको बर्दगोरियामा सडक पानी पिच गरिँदै 

समाचार
कैलाली - कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकामा सडक पानी पिचको कार्य सुरु भएको छ । मंगलबारबाट बर्दगोरिया वडा नम्बर ६ को जोकाईमा पानी पिचको कार्य सुरु भएको हो । बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ को आर्थिक वर्ष २०८०/०८१ को पानी पिच निर्माण गर्नको लागि बजेट विनियोजन गरेको थियो भने उक्त कार्य सहजरुपमा समाधान गर्नको लागि समिति बनाइएको  छ । समितिका अध्यक्ष भोज बहादुर सुनारको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुवँर र विशिष्ट अतिथि बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष राम कृष्ण चौधरी रहेका थिए । गाउँपालिका अध्यक्ष कुवँरले भने, "जनतालाई सहज होस् भनेर हामीले पानी पिच सुरु गरेका हौं । हामी सबै मिलेर बनाउदा काम गर्नलाई सहज हुन्छ । जनतालाई सडकको छेउमा गाई, गोरु  जस्ता जनावर र ढुङ्गा, बालुवा र इट्टा जस्तालाई सडकको छेउमा...

एनसेलसम्बन्धी रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश 

समाचार
कैलाली - संघीय सांसद डा. अमरेशकुमार सिंहले दायर गरेको एनसेलको सेयर खरिद–बिक्रीसम्बन्धी रिटमा सर्वोच्च अदालतले  सरकारका नाममा कारण  देखाऊ आदेश जारी गरेकाे छ।  मंगलबार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले साे रिटमा यस्तो आदेश दिएको हो।  एनसेलको सेयर बिक्री रोक्न माग गर्दै सांसद सिंहले दायर गरेको रिटमा कारण  देखाऊ आदेश  जारी गर्दै सर्वोच्चले १६ पुसमा  दुवै पक्षलाई छलफलमा  बोलाएको छ। सांसद सिंहले २२ मंसिरमा रिट दर्ता गराएका थिए। ...

कैलालीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

समाचार
धनगढी - कैलालीमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।  गएराति कैलारी गाउँपालिका–७ बड्का वसन्तास्थित हुलाकी राजमार्गमा मोटरसाइकल एक आपसमा ठोक्किँदा सोही गाउँपालिका ५ का २८ वर्षीय शिशिर चौधरीको मृत्यु भएको हो ।  जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार से ५ प ४७७४ र बा ८१ प ४२९८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको थियो ।  मोटरसाइकल दुर्घटनामा गम्भीर चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।  यसैगरी, से ५ प ४७७४ नम्बरको मोटरसाइकल चालक भजनी नगरपालिका–६ का वीरबहादुर चौधरी र सोही मोटरसाइकलमा पछाडि सवार २८ वर्षीय राजेश डङ्गौरा घाइते भएका छन् ।  दुवै जनाको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । ...

अछाममा जिप दुर्घटना हुँदा १३ जना घाइते

समाचार
धनगढी - अछाममा जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । मङ्गलसेन नगरपालिका–६ ठूलासैन नजिकै मध्यपहाडी पुष्पलाल राजमार्गमा जिप दुर्घटना भएको हो ।  हुम्ला जिल्लाको सिमीकोट गाउँपालिका–३ का  कार्बु लामाले चलाएकोे भे १ च २५७६ नं. को जिप दुर्घटनामा परी १४ जनामध्ये १३ जना घाइते र एकजना सामान्य घाइते भएका हुन् ।  घाइतेहरुको जिल्ला अस्पतालमा उपचार  भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख  प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताए । बाजुराबाट सुर्खेततर्फ जाँदै गरेको जिप ओरालोमा एक्कासि ‘ब्रेक फेल’ भई सडकको किनारमा पल्टिएको थियो ।...

भारतमा विपक्षी दलका ७८ जना सांसद निलम्बित

समाचार
कैलाली - भारतको संसदबाट एकैदिन ७८ जना विपक्षी सांसदहरू निलम्बनमा परेका छन् ।  लोकसभाका ३३ र राज्यसभाका ४५ जना सांसदहरू निलम्बित भएका हुन् ।  संसदमा भएको सुरक्षा गल्तीका विषयमा प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको जवाफ मागेर विपक्षी सांसदहरूले लगातार विरोध गर्दै आएका थिए । विपक्षीको विरोधका कारण बैठकमा अवरोध हुँदै आएको थियो । सरकारको प्रस्तावमा दुवै सभाका अध्यक्षहरूले संसदमा विरोध प्रदर्शनमा उत्रिएका विपक्षी दलका सांसदहरूलाई हिजो निलम्बन गरेका हुन् । जारी संसद्को शीतकालीन सत्रभरका लागि सांसदहरूलाई निलम्बन गरिएकाे बीबीसी हिन्दीले जनाएको छ ।  संसद् भवनमा आतङ्कवादी हमला भएको २२ वर्ष पुगेकै दिन पाँच तहको सुरक्षा व्यवस्थालाई झुक्याएर दुई युवाले संसद् बैठक कक्षमै प्रदर्शन गरेका हुन् । यसअघि २००१ को डिसेम्बर  १३ मा संसद् भवनमाथि आतङ्कवादी हमला भएको थियो...

भूकम्प प्रभावितका लागि एक अर्ब निकासा

समाचार
कैलाली - भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा उच्च प्राथमिकता दिएको सरकारले एक अर्ब रुपियाँ निकासा गरेको छ ।  राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले भने, “हिजो (आइतबार) अर्थ मन्त्रालयले एक अर्ब निकासा गरेको थियो, हामीले आज (सोमबार) तत्कालै ९३ करोड रुकम पठाएका छौँ, प्रभावितका लागि सरकारको प्राथमिकता अनुसार नै हामीले रकम पठाएका हौँ ।” यसअघि कोषमा जम्मा भएको रकम पठाइएकामा अहिले भने अर्थ मन्त्रालयबाट प्राप्त रकम जिल्लामा पठाइएको पनि उनले बताए ।  कात्तिक २७ को मन्त्रीपरिषद्को निर्णयले १० अर्ब रुपियाँ पठाउने निर्णय गरेको थियो । सोही अन्तर्गत अर्थ मन्त्रालयले एक अर्ब रुपियाँ भूकम्पपीडितका लागि निकासा गरेको हो ।  प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले निकासा भएको रकम जाजरकोटमा ५४ करोड, रुकुमपश्चिममा ३४ करोड र स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज