Advertisement

Day: २०८० मंसिर १९, मंगलवार १०:०२

सुशासनका लागि प्रश्न

सुशासनका लागि प्रश्न

विचार
विश्व कुइँकेल सामान्यत: सुशासन भन्नासाथ भ्रष्टाचारमुक्त समाज भन्ने बुझिन्छ तथापि यो विधिको शासन, जवाफदेहिता, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणरुपी मुख्य पिलरहरुमा अडेको शासन प्रणाली हो । सुशासनका अन्य विशेषताहरुलाई कार्यकारण सम्वन्धमा जोड्ने हो भने प्रमुख प्रतिफलको रुपमा भ्रष्टाचार नियन्त्रण नै आउने हुँदा भ्रष्टाचारमुक्त समाजलाई यसको पर्याय मान्नु अन्यथा पनि होइन । सुशासनको विषय एक गम्भिर विषयको रुपमा हरेक मुद्दाहरुमा टास्सिएर आएको नै देखिन्छ र सबै अविकास र अवाञ्छित अवस्थाको लागि यसलाई जिम्मेवार ठानिन्छ । यसै सन्दर्भमा जब सुशासनको लागि आवाज उठाउने कुरा आउँछ, अधिकांशतः कुनै सार्वजनिक पदाधिकारीले कुनै प्रश्नको जवाफ नदिएको, सूचना लुकाएको, कानुनको अक्षरसः पालना नगरेको विषयभन्दा पनि बढी खास निर्णय लिंदा वा सार्वजनिक खरिद गर्दा घुस, रिसवत, कमिसन लिएको अनावश्यक खर्च गरेको, सार्वजनिक सम्पत्तिको...

दार्चुलाको नौगाडमा राष्ट्रिय प्रसारण लाइनको पहुँच

समाचार
कैलाली - दार्चुलाको नौगाडमा राष्ट्रिय प्रसारण लाइनको पहुँच पुगेको छ ।  नौगाड गाउँपालिकाको २ का विभिन्न बस्तीहरुमा ट्रान्समिटरसहित लाइन तान्ने काम सम्पन्न गरेपछि दल्लेख लगायतका अन्य बस्तीहरुमा राष्ट्रिय प्रसारणको पहुँच पुगेको हो । नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रले गाउँपालिकाको वडा नम्बर २ अन्तरर्गत पर्ने दल्लेख धार, बेडुपाल, टोलमा सोमवारदेखि प्रसारण लाइनको पहुँच पुगेको प्राधिकरण दार्चुला वितरण केन्द्रका प्रमुख आनन्द सापकोटाले जानकारी दिए । उक्त क्षेत्रका दुई बस्तीमा सोमवारबाट ट्रान्सफरमर चार्जगरी विद्युत सेवा सुचारु गरिएको उनले बताए । नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रका अनुसार दुई वस्तीका २५ घरधुरीमा मात्रै राट्रिय प्रसारण लाइनको पहुँच पुगेको जनाएको छ । बाँकी रहेका घरधुरीहरुमा समेत विद्युत विस्तारको काम निरन्तर रुपमा संञ्चालन हुने प्राधिकरणले जनाएको...

आगो ताप्ने क्रममा घरमा आगलागी, एक जनाको मृत्यु

समाचार
कैलाली - सिन्धुपाल्चोकको बाह्रबिसेमा आगो ताप्ने क्रममा घर जल्दा एकजनाको मृत्यु भएको छ । आगलागीमा परी बाह्रबिसे नगरपालिका–८ का ४५ वर्षीय ४५ लोकबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए । सोमबार साँझ भएको आगलागीबाट लोकबहादुरको पूरै शरीर जलेर घटनास्थलमै मृत्यु भएको उनले बताए । लोकबहादुरको परिवारका अन्य सदस्यलाई भने प्रहरीले उद्धार गरेको थियो । घरभित्र आगो बालेर ताप्ने क्रममा आगलागी भई खाना पकाउने ग्यास सिलिण्डर पड्किएको थियो । काठले बारेको जस्तापाताको छानो भएको एकतले घर क्षतिग्रस्त भएको छ । क्षतिको अन्य विवरण भने आउन बाँकी छ ।...

यस्तो छ आजको मौसम 

समाचार
कैलाली - हाल नेपालमा पश्चिमी वायुको साथै भारतको  उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बागमती प्रदेशको पहाडी भूभागमा सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली  रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।  देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति भने कोशी, मधेस, बागमती र गण्डकी  प्रदेशमा आंशिक बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी  प्रदेशका उच्च पहाडी त...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज