
कैलाली – कैलालीमा लागूऔषध खैरोहिरोइनसहित तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गोदावरी नगरपालिका–१ का २२ वर्षीय चन्द्र महता, गोदावरी नगरपालिका–५ का २५ वर्षीय गोकुल श्रेष्ठ र धनगढी उपमहानगरपालिका–१३ का २९ वर्षीय मेघराज बुढाथोकी रहेका छन् ।
उनीहरुको साथबाट १४० मिलीग्राम लागूऔषधसहित गोदावरी नगरपालिका–१ धनगढी रोडबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
उनीहरुलाई लागूऔषध खरिद बिक्री गरिरहेको अवस्थामा पक्राउ गरिएको हो । अहिले तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको बताइएको छ ।

