
कञ्चनपुर – कञ्चनपुरमा समैजी सामुदायिक वनभित्र पुरुषको शव फेला परेको छ।
कृष्णपुर नगरपालिका वडा नम्बर-४ समैजी सामुदायिक वनभित्र रहेको सिस्ने खोलामा पानीमा डुबेको अवस्थामा पुरुषको शव फेला परेको हो।
नाम थर नखुलेको अन्दाजी ६०/६५ वर्षीय पुरुषको शव बुधवार साँझ ४ः३५ बजेको समयमा फेला परेको इलाका प्रहरी कार्यालय झलारीले बताएको छ।

