Advertisement

केपि ओली टी–२० क्रिकेट कपको तयारी पूरा !

Advertisement

पोखरा — पोखरामा मंसिर ७ देखि हुने प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ ।

आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीले तयारी पूरा भएको जनाएको हो । प्रतियोगिताको उद्घाटन एकेडेमीका संरक्षक पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तय भएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

मंसिर १५ सम्म पोखरा रंगशालामा हुने प्रतियोगितामा ७ प्रदेशका सात टिम, तीन विभागीय टोली (नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब) र मदन भण्डारी स्पोर्ट्स एकेडेमीका दुई टिम सहभागिता रहने छ ।

समूह ‘ए’ मा वाग्मती प्रदेश, कर्णाली प्रदेश र आयोजक एकेडेमी रातो, समूह ‘बी’ मा एपीएफ, लुम्बिनी र गण्डकी, समूह ‘सी’ मा नेपाल पुलिस, मधेश प्रदेश र सुदूरपश्चिम तथा समूह ‘डी’ मा त्रिभुवन आर्मी, कोशी प्रदेश र मदन भण्डारी स्पोर्ट्स एकेडेमी नीलो छन् ।

विजेताले ५ लाख, दोस्रोले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् । म्यान अफ द सिरिजले ३० हजार, बेस्ट ब्याटार र बलरले जनही २० हजार र म्यान अफ द म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । खेल सम्पन्न गर्नको लागि करिब ७७ लाख खर्च लाग्ने अनुमान गरिएको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले बताए ।

एकेडेमीका उपाध्यक्ष राजेशकुमार गुरुङ, उपमहासचिव सुवर्ण श्रेष्ठ, एकेडेमीअन्तर्गत गठित क्रिकेट विभाग प्रमुख एवं पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनले प्रतियोगिता सफल बनाउन आग्रह गरेका थिए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

वडाध्यक्ष  खड्काद्धारा राष्ट्रिय विभूति मानवतावादी राजा सिंहको स्मृति भवन निमार्णका लागि आर्थिक सहयोग

वडाध्यक्ष खड्काद्धारा राष्ट्रिय विभूति मानवतावादी राजा सिंहको स्मृति भवन निमार्णका लागि आर्थिक सहयोग

धनगढी- बझाङको बित्थडचिर गाउँपालिका– ६ का वडाध्यक्ष हरिश खड्काले राष्ट्रिय विभूति मानवतावादी राजा जयपृथ्वी वहादुर सिंहको स्मृति भवन...
सुँगरे जीप दुर्घटनामा मृत्यु भएकाहरूको सम्झनामा दुर्गाथलि गाउँपालिकाद्वारा एक दिन शोक बिदा

सुँगरे जीप दुर्घटनामा मृत्यु भएकाहरूको सम्झनामा दुर्गाथलि गाउँपालिकाद्वारा एक दिन शोक बिदा

धनगढी- बझाङको दुर्गाथलि गाउँपालिकाले मंगलबार एकदिन शोक विदा दिएको छ। गत सनिवार केदारस्युँ गाउँपालिका-७ र दुर्गाथलि गाउँपालिका- ६ स...
गौरी मावि जाफ्रीद्वारा सुँगरे जिप दुर्घटना घाइतेको उपचारका लागि १४ हजार बढी आर्थिक सहयोग

गौरी मावि जाफ्रीद्वारा सुँगरे जिप दुर्घटना घाइतेको उपचारका लागि १४ हजार बढी आर्थिक सहयोग

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका-५ जाफ्रीमा रहेको गौरी माध्यमिक विद्यालयले जीप दुर्घटनाका घाइतेको उपचारका लागि आर्थिक सहयोग गरेको...

सुँगरे जीप दुर्घटनापछि सर्वदलीय निर्णय, घाइतेलाई आर्थिक सहयोग र सडक मर्मतमा जोड

सुँगरे जीप दुर्घटनापछि सर्वदलीय निर्णय, घाइतेलाई आर्थिक सहयोग र सडक मर्मतमा जोड

बझाङ- बझाङमा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले केदारस्युँ गाउँपालिका-७ सुँगरेमा भएको जीप दुर्घटना प्रति दु:ख व्यक्त गर्...
थलारा गाउँपालिका- २ रानीगाडमा बाढी आउँदा ठूलो क्षति, ४ भैंसी २ गाई बगे, ७ बाख्रा बेपत्ता

थलारा गाउँपालिका- २ रानीगाडमा बाढी आउँदा ठूलो क्षति, ४ भैंसी २ गाई बगे, ७ बाख्रा बेपत्ता

बझाङ- बझाङको थलारा गाउँपालिका-२ मा अविरल वर्षासँगै आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ । आईतवार थलारा-२ रानीगाडमा आएको बाढी पहिरोल...
बिसौनामा सञ्चालनमा आयो न्यू कृष्ण सुनचाँदी गहना पसल

बिसौनामा सञ्चालनमा आयो न्यू कृष्ण सुनचाँदी गहना पसल

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-६, बिसौना बजारमा न्यू कृष्ण सुनचाँदी गहना पसल सञ्चालनमा आएको छ। विगत लामो समयदेखि झोता बजारमा...
आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती

आदिकवि भानुभक्त आचार्यको २ सय १३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। संस्कृत भाषामा लेखिएक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज