Advertisement

Day: २०८० कार्तिक ३०, बिहीबार २२:२५

एमाले दुर्गाथलि गाँउकमिटि को अगुवाईमा पहिरो ले अबरुद्द बाटो बनाईयो! !

एमाले दुर्गाथलि गाँउकमिटि को अगुवाईमा पहिरो ले अबरुद्द बाटो बनाईयो! !

समाचार
बझाँङ , पहिरोले अबरुद्ध रहेको दुर्गाथली गाउपालिका ३ र ४ को बिचमा पर्ने डाडा हुदै मटेला सम्मको २ सय मिटर गोरेटो बाटो निर्माण गरीएको छ । आज नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटी सदस्य दल बहादुर धामीे ,दुर्गाथली गाउपालिका वडा नमबर ३ का वडा अध्यक्ष रमेश बहादुर बोहरा,नेकपा एमाले जिलला कमिटी सदस्य महेश प्रशाद जोशी, दुर्गाथली गाउपालिका वडा नमबर ४ का वडा अध्यक्ष शिबराज जोशी, नेकपा एमाले दुर्गाथली गाउकमिटी उपाध्यक्ष बिष्णु भक्त जोशी, बझाङदिप क्याम्पसका स्वबियु सदस्य हेमराज रोकाया नेतृत्वमा गोरेटोबाटो निर्माण गरीएको हो । उक्त निर्माण कार्यमा स्थानीयहरुसहित ४० जनाको सहभागीता रहेको थियो ।यहि साउन २२ गते आएको अबिरल बर्षाले दुर्गाथली गाउँ पालिका वडा नम्बर ४ र ३ को बिचमा पर्ने डाडा हुदै मटेला सम्मको गोरेटो बाटो अबरुद्ध भएको थियो । बाटो अबरुद्ध हुदा स्थानीयहरुलाइ सो ठाउमा बाटो अबरुद्ध हुदा स्थाीय...
काज फिर्ता भएको १ महिना बित्दा पनि अझै गएनन बझाङ जिल्ला नि.अस्पताल प्रमुख जोशी

काज फिर्ता भएको १ महिना बित्दा पनि अझै गएनन बझाङ जिल्ला नि.अस्पताल प्रमुख जोशी

अन्तर्राष्ट्रिय, बझाङ, मुख्य समाचार, समाचार, स्वास्थ्य
जिल्ला अस्पताल बझाङका नि. कार्यालय प्रमुख तथा डाक्टर नवराज जाेशी काज फिर्ता भएको १ महिना बित्दा पनि अझै गएका छैनन । विगत १५ महिना देखि जिल्ला अस्पताल बझाङकाे नि. कार्यालय प्रमुख रहेका मे.सु नवराज जाेशीकाे नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काज फिर्ता गरेकाे एक महिना बढी भएको छ । तर उनी भने जिल्लामै बसिरहेका छन । डा.नवराजलाई काज फिर्तामा लेखिएको छ । डाक्टर नवराज जाेशीकाे सङकेत नम्बर २१८५४७ मन्त्रालयले खुलाउदै उहाँको पद मेडिकल अधिकृत आठौं तह रहेको प्रष्ट पारेको देखिन्छ । मन्त्रालयले डक्टर जोशिको काज फिर्ता गरेको एक महिना बितेको आधिकारिक पत्र काज फिर्तामा लेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रामशाहपथ काठमाडौ हाल कामकाज मुख्य मन्त्री तथा मन्त्री परिषदकाे कार्यालय सुदुरपश्चिम प्रदेश वा अन्तर्गत काज फिर्तामा लेखिएको छ । यस मन्त्रालयले सचिव स्तरीय काे मिति २०८०/६ म...

हङकङसँग नेपाल ९ विकेटले पराजित

समाचार
कैलाली – चार देशीय महिला टी–२० शृङ्खलाको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएकाे छ ।  याे हारसँगै नेपाल शृङ्खलाकाे फाइनलमा पुग्न असफल भएको छ । हङकङ र तान्जानिया लगातार २ जितसहित फाइनलमा पुगेका छन् ।  आज बिहीवार भएकाे खेलमा नेपाल घरेलु टाेली हङकङसँग ९ विकेटले पराजित भयाे । नेपालले दिएकाे ५७ रनकाे सामान्य लक्ष्य हङकङले ९ ओभरमा १ विकेट गुमाएर भेटायाे ।  हङकङका लागि नताशा मिल्सले ३० र शनजीन शाहजदले २० रन बनाइन् ।  यसअघि टस जितेर ब्याटिङ गरेकाे नेपाल १८ ओभरमा ५६ रन बनाउँदा अलआउट भयो । नेपालकी रुबिना क्षेत्रीले सर्वाधिक २५ रन बनाइन् । बलिङतर्फ हङकङकी इकार सहारले ३ र रुचिथा वेङ्कटेशले २ विकेट लिइन् । हिजो बुधवार भएको पहिलो खेलमा नेपाल तान्जानियासँग २७ रनले पराजित भएको थियो । नेपालले समूह चरणको अन्तिम खेलमा पर्सि शनिवार जापानसँग खेल्ने छ । हङकङमा भैरहेको प्रतियोग...

भैँसीसँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

समाचार
कैलाली - झापामा भैँसीसित मोटरसाइकल ठोक्किंदा एक जनाको युवको मृत्यु भएको छ । झापाको कमल गाउँपालिका–३ सहिदगेट नजिक को२१प ७७ नम्बरको मोटरसाइकल बुधबार भैंसीसँग ठोक्किएको हो ।  उक्त दुर्घटनामा मोटरसाइकल चालक मोरङको सुन्दरहरैचा नगरपालिका-४ का ३१ वर्षीय मदनबहादुर लायमगरको मृत्यु भएको छ । तीव्रगतीका कारण मोटरसाइकल अनियन्त्रित हुँदा भैँसीसँग ठोक्किन पुगेको प्रहरीको भनाइ छ । दुर्घटनामा परी मोटरसाइकलमा सवार सुनसरीको इटहरी–४ का ३० वर्षीय अभिषेक चौधरी घाइते भएको प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए । उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।...

बर्दियामा एक युवकको हत्या प्रकरणमा ८ जना पक्राउ

समाचार
कैलाली - बर्दियामा एक युवकको हत्या भएको घटनामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ। लक्ष्मी पूजाको राति गुलरिया नगरपालिका-६ का २३ वर्षीय वरुण घिमिरेको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो। उक्त घटनामा संलग्न रहेको आरोपमा ८ जनालाई पक्राउ गरिएको बर्दियाका एसपी सुधिरराज शाहीले जानकारी दिए। घटनामा संलग्न ३ जना अझै फरार रहेको र उनीहरूको खोजी भइरहेको उनले जानकारी दिए। प्रहरीले पक्राउ पर्नेको नाम भने गोप्य राखिएको छ।...

आजबाट छठ पर्व सुरु

समाचार
कैलाली - आजबाट छठ पर्वको रौनक सुरु भएको छ । विशेषतः सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वको रुपमा लिईन्छ । यो पर्व नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृति भएका कारण यसका निम्ति आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न नागरिक व्यस्त छन् । छठमा प्रसादका रुपमा केरा, फलफूल, पान, सुपारी, भण्टा, मुला किन्न अहिले तराई–मधेशका प्रमुख बजारमा निकै चहलपहल बढेको छ । लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठ पर्व विधिवत् रूपमा आरम्भ हुन्छ । तराईका जिल्लामा छठ पूजाका लागि चाहिने सामग्री, हरिया तरकारी र फलफूल किन्नेको भिडभाड छ । खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो बोडी, पान...

अछाममा कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ

समाचार
कैलाली – अछाममा श्रीमतीको हत्याको गरेको अभियोग श्रीमान प्रकाउ परेका छन् । जिल्लाको मंगलसेन नगरपालिका–३ लाछिमानाकी ४० वर्षिया उर्मिला बिष्ट भण्डारीको हत्या गरेको अभियोगमा उनका श्रीमान शेरबहादुर भण्डारी प्रकाउ परेका हुन् । प्रहरीका अनुसार घटनाको प्रकृति हेर्दा कुटपिट भएको, टाउको र शरीरमा चोट लागेको छ। घटनाबारे प्रहरीलाई बुधवार बिहान साढे १० बजे मात्रै खबर भएको थियो। मृतकका श्रीमान शेरबहादुर भण्डारीले मदिरा सेवन गरी हत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...

कारागारमा रहेका एक थुनुवाको मृत्यु

समाचार
कैलाली - सिन्धुली कारागारमा रहेका एक जना थुनुवाको मृत्यु भएको छ । दुधौली नगरपालिका-१० का ३० वर्षीय विमल थापाको मृत्यु भएको प्रहरीले बताएको हो । बुधबार राति कारागारमै तिहार मनाएर देउसी खेलिसकेपछि खाना खाएर सुतेका विमल बिहीबार बिहान ३ बजे बेहोस अवस्थामा भेटिएको बताइएको छ । बेहोस अवस्थामा भेटिएपछि उनलाई सिन्धुली जिल्ला अस्पतालमा पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । विमलको मृत्युको कारण खुलेको छैन । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमै रिखएको छ । पोष्टमार्टमपछि थप अनुसन्धान हुने जनाइएको छ । मृतक विमल सवारी ज्यान मुद्दामा गत असोज १७ गतेदेखि पूर्वपक्षका लागि थुनामा थिए ।...

भारतको जम्मु-कश्मिरमा बस दुर्घटना : ३९ जनाको मृत्यु

समाचार
कैलाली - भारतको जम्मु-कश्मिरको डोडा भन्ने स्थानमा बुधबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३९ पुगेको छ । सरकारी अधिकारीहरुका अनुसार घुम्तीमा बस नमोडिँदा करिब ३०० फिट तल खसेको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् । यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री राहत कोषबाट मृतक परिवारलाई २ लाख रुपैयाँ र घाइतेहरुलाई ५० हजार राहत रकम सहयोग गर्ने घोषणा गरेका छन् । बस दुर्घटनाको अनुसन्धान जारी छ।...

अछाममा अटोरिक्सा दुर्घटना हुँदा २ जनाको मृत्युु

समाचार
धनगढी - अछाममा अटोरिक्सा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । कमलबजारबाट दैलेखतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ह ५५४५ नम्बरको अटोरिक्सा गएराति करिब १२ बजे मध्यपहाडी राजमार्गअन्तर्गत टोट्केसालमा दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका अटोरिक्सा चालक कमलबजार नगरपालिका–४ का दीपक बोहरा र वडा नं २ का जनक खड्काको उपचारका लागि जिल्ला अस्पताल मङ्गलसेन ल्याउने क्रममा बीच बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक अर्जुन साउदले जानकारी दिए । त्यस्तै दुर्घटनामा परी कमलबजार–४ का दिनेश साउद, सोही वडाका लक्ष्मण थापा, वडा नं ८ का वीरेन्द्र विष्ट र सोही वडाका देवेन्द्र विष्ट घाइते भएका छन् । उनीहरुको कमलबजार स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।...

कैलालीमा एक युवती बलात्कृत, एक जना पक्राउ

समाचार
धनगढी - कैलालीमा एक युवतीको करणी भएको छ। लम्कीचुहा नगरपालिका–३ ढुंगे बजारकी मानसिक सन्तुलन ठिक नभएकी ३० वर्षीया एक युवतीको करणी भएको हो। करणी गरेको आरोपमा स्थानीय ४५ वर्षीय प्रकाश जैसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। मानसिक सन्तुलन ठिक नभएकी ती युवतीलाई घरमा कोही नभएको मौका छोपी बुधवार साँझ करीव ६ बजे जैसीले करणी गरेको प्रहरीले जनाएको छ। घट्नाको जानकारी पाएपछि प्रहरी निरीक्षक हरीराम डाँगीको नेतृत्वमा खटिएको टोलीले जैसलाई पक्राउ गरेको छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज