लैङ्गिक समानताका सवाल सम्बन्धि पत्रकार र सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न
बझाङ : लैङ्गिक समानताका सवाल सम्बन्धि पत्रकार र सरोकारवाला बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । दलित सहयोग समाज र युनाईटेड मिसन टु नेपालको साझेदारीमा संचालित समान व्यवहार परियोजना अन्र्तगत दलित सहयोग समाजको आयोजना र नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङको सहकार्यमा आज बुधबार उक्त अन्र्तक्रिया कार्यक्रम सदरमुकाम चैनपुरमा सम्पन्न भएको हो ।
दलित सहयोग समाजका अध्यक्ष मोहनलाल विकको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा जयपृथ्वी नगरपालिकाका उपप्रमुख रतन बहादुर सिंह प्रमुख अथिति रहनुभएको थियो । त्यस्तै विशिष्ट अथिति यु।एम।एन।बझाङ्गका टिम लिडर मोहनचन्द्र भण्डारी रहनुभएको थियो ।
लैङ्गिक हिंसा सम्बन्धि सरोकारवालाहरुले गरिरहेका क्रियाकलापहरुको बारेमा एक अर्कालाई जानकारी आदान प्रदान गर्ने, लैङ्गिकताका सवालहरुमा सहकार्य तथा समन्वयात्मक छलफल गर्ने, लैङ्गिक सवालमा एकरुपताका साथ सञ्चार परि...



