संसदको बजेट अधिवेशन आजदेखि, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने
काठमाडौं- संघीय संसद्को बजेट अधिवेशन आज (बिहीबार) दिउँसो १ बजेबाट सुरु हुँदैछ। प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
यसपटक सरकारले विद्यालय शिक्षा विधेयक यही अधिवेशनमा प्रस्तुत गर्ने प्रतिबद्धता जनाएको छ। शिक्षक आन्दोलनका माग सम्बोधन गर्न सरकारले यो अधिवेशन अघिल्लो अभ्यासभन्दा केही साताअघि नै बोलाएको हो।
विद्यालय शिक्षा विधेयक पारित गर्न दबाब दिँदै शिक्षकहरू तीन साता देखिको आन्दोलनमा छन्। साथै, संघीय निजामती सेवा विधेयक छिटो पारित गर्नुपर्ने माग पनि सरकारमाथि छ।
राजनीतिक दलहरू पनि अधिवेशनका लागि आ–आफ्नो रणनीतिमा जुटेका छन्। प्रमुख प्रतिपक्ष माओवादी केन्द्रले संसदमा सशक्त भूमिका खेल्ने बताएको छ। उसले शिक्षा विधेयकलाई अघि बढाउन दबाब दिने निर्णय गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले जनहितमा प्रभावकारी भूमिका खेल्ने जनाएको छ भने नेकप...











